कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।
वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन थालेपछि ती समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयवासी, छरछिमेकी तथा सरोकारवाला निकायसँग सल्लाह–सुझाव लिन भेला आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ।
भेला २०८२ साल माघ ७ गते बिहान १० बजे बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय, खैरेनी कैलालीमा आयोजना हुनेछ। वडा अध्यक्ष मनऋषी आचार्यले वडावासीलाई आफूसहित छरछिमेकी लिएर अनिवार्य रूपमा उपस्थित हुन आग्रह गर्नुभएको छ।
वडा कार्यालयका अनुसार भेलामा लागु पदार्थ दुव्र्यसन नियन्त्रणका उपाय, आगलागी न्यूनीकरणका सम्भावित उपाय, समुदायस्तरको सतर्कता, सहकार्य र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिनेछ। भेलाबाट प्राप्त सुझावका आधारमा आवश्यक कार्यक्रम तथा रणनीति तय गरिने जनाइएको छ।




















































































































































