कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ मा बढ्दो लागुऔषध दुर्व्यसन तथा यस वडामा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले सल्लाह–सुझाव संकलनका लागि आज बुधबार आयोजित वडास्तरीय आमभेलाबाट ३१ सदस्यीय वडा स्तरीय सुरक्षा तथा संरक्षण समिति गठन गरिएको छ।
वडा नं. ३ का विभिन्न टोलबाट प्रतिनिधित्व हुने गरी गठन गरिएको उक्त समितिको अध्यक्षमा लालसिंह विश्वकर्मा चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा सरिता विश्वकर्मा, सचिवमा केशव ताप्राकार र सहसचिवमा मनोज सुनार चयन हुनुभएको छ।
समितिका सदस्यहरूमा दलबहादुर तिरुवा, वीरबहादुर सुनार, रोशन घर्ती मगर, उदयराम बिष्ट, अशिराम चौधरी, शोभा जोशी, दिलबहादुर बिष्ट, नरेन्द्र महतरा, नवीन बोहरा, अन्जु बिक, रमेश वाग्ले, नरेन्द्र नेपाली, कल्पना बिक, पुष्पराज थारु, नरबहादुर बिक, कविराज गुरुङ, कल्लु चौधरी, परुदेवी बिक, जानकी गिरी, सरिता बिक, दानबहादुर बिक, जयराज भट्ट, टेकसरा हमाल, महेश थापा, बिनिता रिजाल, रोशन नेपाली र यमबहादुर पुन चयन हुनुभएको छ।
नवगठित समितिले वडाभित्र लागुऔषध दुर्व्यसन नियन्त्रण, आगलागी जोखिम न्यूनीकरण, समुदायस्तरमा सचेतना अभिवृद्धि तथा सुरक्षा निकायसँग समन्वय गर्दै प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।


















































































































































