सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै

सुदूरपश्चिम, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चि प्रदेशमा चुनावी सरगर्मी बढेको छ । राजनैतिक दलका र स्वतन्त्र उम्मेदवारले आन्तरिक बैठक तथा भेला गरेर चुनावी रणनीतिसहित प्रचारप्रसार थालेसँगै चुनावी चहलपहल बढेको हो ।

 

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायत ठूला दलका प्रत्यासी पार्टीको पुरानो बिरासत जोगाउन रणनीति बनाएर प्रचारप्रसारमा होमिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलका प्रत्यासी र स्वतन्त्र प्रत्यासीहरूले चुनाव केन्द्रित गतिविधिमा सक्रियता बढाएका छन् ।

 

धेरै प्रत्यासीले सामाजिक सञ्जालको प्रयोग गरेर मतदातालाई रिझाउने आसयका सामग्रीको प्रयोग बढाएको देखिन्छ । कतिपय दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरिसकेका छन् । निर्वाचन प्रचारप्रसारमा होमिएका कतिपय उम्मेदवारले सामाजिक सञ्जालमार्फत जथाभावी प्रचारप्रसार सामग्रीको प्रयोग बढाउँदा मतदातामा अन्योल देखिएको स्थानीयको भनाइ छ ।

 

स्थानीय चेतराज ओझाले भन्नुभयो, “सामाजिक सञ्जालको जथाभावी प्रयोग गर्ने प्रवृत्ति बढ्दा मतदातामा सही सूचना प्रवाह भइरहेको छैन, यस्तो प्रवृत्तिलाई नियमन गर्न जरुरी छ, अनि मात्र स्वच्छ, निष्पक्ष निर्वाचन हुन्छ ।”

 

जेनजीको आन्दोलनपछिको राजनीतिक परिवेशमा हुन लागेको निर्वाचनको प्रचारप्रसार शैली भने फेरिएको छ । उम्मेदवारहरूले सूचना प्रविधिका विभिन्न माध्यमलाई मुख्य प्रचार सामग्री बनाएका छन् । पूरै कार्यकाल पूरा नगरी बीचमै हुन लागेको यो निर्वाचनलाई लिएर कतिपय मतदाता निराश देखिन्छन् । धनगढीका मतदाता भोजराज पाण्डेयले भन्नुभयो, “अस्थिरता देखिनुमा दलहरू बढी जिम्मेवार देखिन्छन्, यसले गर्दा जनतमा निराशा छ, तर पनि निर्वाचनलाई सम्पन्न गरेर अस्थिरता टार्न दलहरूनै बढी जिम्मेवार हुनुपर्छ ।”

 

सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, कैलाली निर्वाचन क्षेत्र ४ र ५, अछाम क्षेत्र–१ कञ्चनपुर २ र ३ लाई बढी चासोका साथ हेरिएको छ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०४८ देखि २०७९ सम्म भएका निर्वाचनमा विजयी हुँदै आएको डडेल्लधुरा क्षेत्र सर्वाधिक चासोको केन्द्र बनेको छ ।

 

यो निर्वाचनमा देउवा चुनावी प्रतिस्पर्धी हुनुहुन्न । देउवा प्रत्यासी नहुँदा कांग्रेसको विरासत जोगाउन चुनौती थपिएको छ । यहाँ कांग्रेसले युवा नेता एवं नेविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरलाई चुनावी मैदानमा उतारेको छ ।

 

 

सो क्षेत्रमा रास्वपाका डा तारा जोशी, नेकपा (एमाले) का चक्रप्रसाद स्नेही, नेपाली कम्युनिष्ट पार्टीका मानसिंह माल, राप्रपाका गोविन्द खडायत, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगरलगायत १३ जना प्रतिस्पर्धी हुनुहुन्छ ।

 

 

निवर्तमान गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक विजयी हुँदै आएको कञ्चनपुर–३ मा आउने चुनावमा कांग्रेसले पूर्वपार्टी सभापति हरि बोहरालाई प्रत्यासी बनाएको छ । लेखक प्रत्यासी नहुँदा सो क्षेत्रमा मतदातामा चासो बढेको हो । सो क्षेत्रमा नेकपा (एमाले) का दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीका मानबहादुर सुनार, रास्वपाका ज्ञानेन्द्रसिंह महतासहित १७ जना प्रत्यासी हुनुहुन्छ ।

 

 

कञ्चनपुर–२ मा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउद प्रत्यासी हुनुहुन्छ । तीन वर्षअघिको चुनावमा विजयी हुनुभएका साउदसँग नेकपा (एमाले) का युवा नेता बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्त, रास्वपाका दीपकराज बोहरा, राप्रपाका तीर्थराज चटौतसहित १९ जनाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कैलाली क्षेत्र–४ मा नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वमन्त्री लेखराज भट्ट प्रत्यासी हुँदा चासो देखिएको हो ।

 

अघिल्लो निर्वाचनमा कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलाएर विजयी भएको यो क्षेत्रमा आउने चुनावमा उहाँ प्रत्यासी हुनुहुन्न । कांग्रेसले आनन्द विष्टलाई प्रत्यासी बनाएको छ । यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले हरिराम चौधरी, रास्वपाले खेमराज कोइराला, राप्रपाले कमल रजवार, राष्ट्रिय जनमोर्चाका हेमराज भट्टलगायत १६ प्रतिस्पर्धी हुनुहुन्छ ।

 

अछाम–१ मा नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावल प्रत्यासी हुनुहुन्छ । उहाँसँग नेपाली कांग्रेसका भरतकुमार स्वाँर, नेकपा (एमाले) का दीपकबहादुर साउद, रास्वपाका ओमप्रकाश रावललगायत उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको छ । सो क्षेत्रमा यसअघिको निर्वाचनमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुवँर विजयी हुनुभएको थियो ।

 

प्रदेशको राजधानी सहर धनगढी (कैलाली निर्वाचन क्षेत्र–५) मा अघिल्लो निर्वाचनमा विजयी कांग्रेसका डिल्लीराज पन्त अहिले प्रतिस्पर्धी हुनुहुन्न । कांग्रेसले यो क्षेत्रमा युवा नेता एवं प्रदेशका महामन्त्री नरनारायण शाहलाई प्रत्यासी बनाएको छ । नेकपा एमाले) का जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, रास्वपाका आनन्दबहादुर चन्द, उज्यालो नेपाल पार्टीका चन्द्र साउदसहित १५ जना प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्वमन्त्रीसमेत रहनुभएका आले यसअघिको निर्वाचनमा डोटीबाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) का तर्फबाट विजयी हुनुभएको थियो ।

 

कैलाली क्षेत्र–५ (धनगढी) सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका र प्रमुख व्यापारिक केन्द्र भएकाले यो क्षेत्रको चुनावप्रति बढी चासो बढेको हो । प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको...

‘सहिदको त्यागलाई दलले उपेक्षा गर्दा युवाको विद्रोह’

मकवानपुर,  बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुलुकको स्वतन्त्रता, संसदीय प्रजातन्त्रको स्थापना र नागरिकलाई अधिकार दिलाउन सहिदहरूको त्याग, तपस्यालाई राजनीतिक नेतृत्वले उपेक्षा गर्दा गत भदौ २३/२४ मा जेनजी विद्रोह भएको बताउनुभएको छ ।   उहाँले सहिद दिवसका अवसरमा बागमती प्रदेश मूल समारोह समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित...

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको छ...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

श्रीमतीको हत्या गरेको भन्दै प्रहरीसमक्ष आत्मसमर्पण

पाटन (ललितपुर),  ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद तामाङले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।   जिल्ला प्रहरी ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार आज बिहान ६ः०० बजेको समयमा २३ वर्षीया कोपिला नेपाली र निजका श्रीमान् ३० वर्षीय...

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बरहथवा (सर्लाही), सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाको १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन थालिएको हो ।     विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जिल्लाका २० पालिकालाई...

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर (काठमाडौँ), आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बङ्गलादेशले स्कटल्यान्डमाथि  ९० रनको फराकिलो  जित हात पारेको छ ।   यसअघि नै महिला विश्वकप प्रतियोगिताका लागि छनोट भइसकेको बङ्गलादेशले आजको खेलमा छनोट प्रतियोगिताकै सर्वाधिक १९१...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९