सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

बहरथवा (सर्लाही),  सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीय हर्षित भएका छन् । हरिवन –१, भोक्टेनी क्षेत्रका स्थानीय लामो समयदेखि खानेपानीको समस्या रहेको थियो । अहिले घरघरमा पानीको धारा जडान भएपछि आफूहरूलाई निकै सुविधा भएको हरिवन–१, भोक्टेनीकी कविता कुमारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘पहिला इनारको पानी खानुपथ्र्यो । त्यो पनि हिउँद लागेपछि विस्तारै पानीको सतह घट्दै जाँदा चैत, वैशाखमा धमिलो पानी खान लडाइँ हुन्थ्यो ।’’

 

 

हिउँद महिना लागेपछि पानीको लागि दैनिक इनारमा झै–झगडा हुने गरेको सोही स्थानकी कुल्सुम खातुनले बताउनुभयो । ‘‘अहिले घरघरमै धारा झरेको छ । दैनिक बिहान, बेलुका दुई समय पानी आउँछ । निकै सुविधा भएको छ ।’’ खातुनले सुनाउनुभयो । आफू विवाह गरेर आउँदा एक गाग्री खानेपानीको लागि गाउँका महिला बालबालिका चुरे फेदीमा झरेको झोरासम्म पुग्नुपर्ने बाध्यता रहेको खातुनले बताउनुभयो ।

 

 

केही समय पहिलासम्म गाउँमा सम्पन्न केहीले खनेको इनारमा पानी झिक्न नपाउँदाको दुःख कविताको मानसपटलमा अहिले पनि ताजै छ । २०० घर धुरीको लागि यस क्षेत्रमा ५२ वटा भन्दा धेरै साना ठूला इनार खनिएको छ । केही वर्षयता उक्त इनारमा पानी भरिन छाडेपछि स्थानीय थप खानेपानी सङ्कटमा परेका हुन । गाउँ नै खानेपानीको चपेटामा परेपछि २०७९ सालदेखि यहाँ खानेपानी योजना सुरु भएको थियो ।

 

 

वडा कार्यालयको रु ३५ लाख र मधेस प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहाको क्षेत्र विकास बजेटबाट छुट्याएको ३७ लाख गरी ७२ लाख लागतमा खानेपानीको व्यवस्था गरिएको अत्रौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मुकेश साहले बताउनुभयो । तत्काललाई डिप बोरिङबाट पानी निकालेर सिधैँ दिनको दुई टाइम उपभोक्ताको धारामा पठाउने गरिएको उहाँको भनाइ छ ।

 

 

‘‘संस्थाको सम्पूर्ण संरचना निर्माणको लागि ठूलो लगानी आवश्यक छ । अहिलेलाई पानीको प्रयोगशालाबाट परीक्षण गर्दा खान उपयुक्त देखिएपछि वितरण गरिएको हो ।’’ यसको दिगो व्यवस्थापनको लागि वडा, नगर, प्रदेश र सङ्घ सरकार मातहतका निकायसँग निरन्तर पहल गरिरहेको अध्यक्ष साहले बताउनुभयो । आयोजनाको लागि कम्पाउण्ड, ओभरहेड ट्याङ्की सहितको संरचना निर्माण नभइ दिगो व्यवस्थापन नहुने उहाँले सुनाउनुभयो ।

 

 

यस आयोजनाको लागि स्थानीय हरिनारायण ठाकुरबाट दुई कठ्ठा र वडा सदस्य रहनुभएका उदयनारायण ठाकुरबाट एक कठ्ठा गरी तीन कठ्ठा जग्गा प्राप्त भएको वडाध्यक्ष टमबहादुर घिसिङले बताउनुभयो । स्थानीयले बर्सेनि खानेपानीको लागि गरेको लडाइँ र स्थानीयले भोग्नु परेको काकाकुल अवस्था समाधानको लागि वडाले पहल गरेर खानेपानीको व्यवस्थापन गरेको उहाँको भनाइ छ ।

 

 

यसलाई दिगो रुपमा सञ्चालनको लागि आवश्यक भौतिक संरचना लगायतको लागि आफूले निरन्तर पहल गरिरहेको उहाँले दाबी गर्नुभयो ।‘‘स्थानीयले सधैँ पानी खान नपाएको गुनासो गरेपछि वडाको स्थानीय जग्गा दातासँग पहल गरेर प्राप्त जग्गामा ३५ लाख बजेटबाट विद्युत् लाइन विस्तार, ट्रान्समिटर खरिद गरेर जडान गरी ५०० फिट गहिरो डिप बोरिङ गरेर विद्युतीय मोटर जडान गरी तत्काललाई पानी खुवाउने प्रबन्ध गरेको हो ।’’ वडाध्यक्ष घिसिङले भन्नुभयो । उहाँका अनुसार २०० घर मध्य अहिले सम्म १५५ घरमा धारा जडान गरेर पानी वितरण भइरहेको छ ।

 

 

बाँकी परिवार धारा जडानको गर्ने प्रक्रियामा रहेका संस्थाका अध्यक्ष साहले बताउनुभयो । यस आयोजनाबाट हरिवनको भोक्टेनी तथा आसपासका गाउँका स्थानीयलाई पानी खुवाउने योजना रहेको उहाँको भनाइ छ ।राष्ट्रिय समाचार समिति(रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

राँझा (बाँके), ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवन निर्माण सम्पन्न हुन सकेका छैनन् । ठेकेदारले काम नगरे पनि स्थानीय तहले...

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभएको छ । उहाँले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।   नेपाल र जापान बीचको...

सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

काठमाडौँ,  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला रु तीन लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर रु दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   महासङ्घका अनुसार आज चाँदीको...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’

वाशिङ्गटन डिसी (अमेरिका), अमेरिकामा जनवरी महिना यसै चिसो हुन्छ । मानिसहरू हरेक काम र यात्राका लागि जनवरी महिनामा योजना बनाउँदैनन् । तर मानव हितका लागि भनेर विश्वभरि शान्तिको सन्देश सम्प्रेषण गर्नका लागि बौद्ध भिक्षुहरू भने हिउँका पहाड छिचोल्दै र शून्य डिग्रीको तापक्रमलाई समेत बेवास्ता...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

आज जगदम्बिके भगवती माविमा ४४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा ४४ औँ अभिभावक दिवस कार्यक्रम आज माघ १९ गते (सोमबार) हुँदैछ।   विद्यालय प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

आज जगदम्बिके भगवती माविमा ४४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा ४४ औँ अभिभावक दिवस कार्यक्रम आज माघ १९ गते (सोमबार) हुँदैछ।   विद्यालय प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुने...

कास्की जिल्ला अदालत परिसरमा निःशुल्क आँखा शिविर : अधिकांशमा आँखाको समस्या

गण्डकी, १९ माघः नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित  हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की जिल्ला अदालत परिसरमा सञ्चालित निःशुल्क आँखा शिविरमा २१५ जना लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्ये १५६ जनालाई सामान्य आँखाको समस्या देखा परेकाले निःशुल्क औषधि वितरण गरिएको थियो भने २४ जनालाई थप...

सातौँ झापा गोल्डकपः उद्घाटन खेलमा झापा–११ र नेपाल पुलिस भिड्ने

झापा,  बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप’ (विनोद बस्नेत स्मृति संस्करण) को खेल तालिका आज सार्वजनिक गरिएको छ ।   आयोजक झापा गोल्डकपले यही माघ २४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९