जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै हिमाली जिल्ला जुम्लामा त्यतिबेला चुनावी सरगर्मी ह्वात्तै बढेको छ । हिउँदेयाममा परेको हिउँसँगै बढेको जाडोको कुनै प्रवाह नगरी उम्मेदवारहरू आफ्नो ‘एजेन्डा’सहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । गाउँबस्तीदेखि सदरमुकाम खलङ्गा बजारका सार्वजनिक स्थल र चिया पसलमा चुनावी बहस गर्माएको छ ।

 

 

एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा एक जना स्वतन्त्र र नौ विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । नेकपा (एमाले) बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नरेश भण्डारी उम्मेदवार छन् ।

 

 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही, नेकपा (माओवादी) बाट बिर्खबहादुर शाही र भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ७१ हजार ७३९ जना मतदाता रहेको जिल्लामा महिला ३४ हजार २८० जना र पुरुषतर्फ ३७ हजार ४५९ जना रहेको  जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिनुभयो ।

 

 

एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेले निर्वाचनसम्बन्धी गतिविधि तीव्र पारेको छ । वडास्तरदेखि टोलस्तरसम्म छलफल, भेला र बैठकहरू भइरहेका छन् । पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई तीव्र बनाएको नेकपा एमालेले जनाएको छ ।

 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि निर्वाचन लक्षित गतिविधि बढाउँदै लगेको छ । मतदाता भेटघाट, पार्टीको आन्तरिक भेला, जनवर्गीय सङ्गठनका बैठक तथा प्रशिक्षण कार्यक्रमलगायतका गतिविधि गरेको छ । निर्वाचनका लागि एक हजार ९९९ जना निर्वाचन परिचालन समिति गठन गरिएको निर्वाचन परिचालन समितिका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य गोमा गौतमले बताउनुभयो ।
फागुन ४ गतेपछि मात्रै खुला प्रचार प्रसार गर्न पाइने भएकाले नेपाली कांग्रेसले भने पार्टीले आन्तरिक तयारीमा जोड दिएको छ । सङ्गठन सुदृढीकरण र कार्यकर्ता परिचालन नै अहिलेको मुख्य एजेन्डा रहेको कांग्रेस जुम्लाका नेताहरूको भनाइ छ ।

सङ्गठनात्मक प्रभाव, व्यक्तित्व र माहोल बन्न सक्छ निर्णायक

सामान्यतया जुम्लाका मतदाताहरूले स्वविवेकका आधारमा प्रत्येक निर्वाचनमा मत परिवर्तन गरिरहेको पनि पाइन्छ । यहाँका कतिपय निर्वाचन क्षेत्रमा चुनावैपिच्छे फरक दल र उम्मेदवारलाई निर्वाचित गराउने गरेका छन् । २०७९ को आधारमा तुलना गर्दा यसपटकको निर्वाचनमा जुम्लाको चुनावी परिणाममा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।

पहिले के थियो   
जुम्लामा २०६४ को संविधान सभाको निर्वाचनमा नेकपा माओवादीबाट नरेश भण्डारी विजयी हुनुभएको थियो । विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसका ललितजङ्ग शाही विजयी हुनुभयो । विसं) २०७४ मा भएको निर्वाचनमा माओवादी र नेकपा एमालेलगायत अरु पाटीसँग गठबन्धन हुँदा माओवादीबाट पुनः गजेन्द्र महत उम्मेदावर बने कांग्रेसका दीपेन्द्र शाहीलाई पराजित गरेर महत  निर्वाचित भए ।

 

विसं २०७९ को निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका दलको गठबन्धन भएको थियो । गठबन्धनबाट उम्मेदावर बनेकी माओवादीका गोमा गौतमलाई पराजित गरी राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही निर्वाचित भएका थियो । प्रपाका शाहीले २२ हजार ८१९ मत ल्याएका थियो भने गठबन्धनका साझा उम्मेदवार गौतमले ११ हजार ९५९ मत आएको थियो । एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरेको थियो ।

बदलिँदो राजनीतिक वातावरण
विसं २०७९ पछि देशले सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका थुप्रै चरण भोगिसकेको छ । पछिल्ला सरकारप्रतिको बढ्दो असन्तुष्टि र युवा मतदाताको राजनीतिक चेतनाले २०८२ को माहोल परिवर्तन हुने देखिन्छ । साथै नयाँ मतदाताको प्रवेश र सामाजिक सञ्जालमार्फत धारणा निर्माणले पनि निर्वाचन २०८२ लाई अछुतो नछोड्ने निश्चित छ । यी सबै कारणले २०८२ को निर्वाचन २०७९ भन्दा फरक बन्ने सम्भावना बढाएको छ । सरकार सञ्चालनप्रति उठेका प्रश्न, युवा मतदाताको बदलिँदो प्राथमिकता र पुराना पार्टीलाई धक्का पुग्ने अनुमान गरिएको छ ।

बढ्यो राजनीतिक गतिविधि
घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा जुम्लामा राजनीतिक गतिविधि बढेको छ । दलहरु चुनाव लक्षित अभियान र कार्यक्रममा केन्द्रित बनेका छन् । जेनजी आन्दोलनपछि केही समय सुस्ताएको दलीय गतिविधि पुनःपुरानै लयमा फर्किएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९