बजेट अर्धवार्षिक समीक्षाः प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ, चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकारहरूको खर्च अवस्था निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘आव २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’अनुसार प्रदेशहरूको खर्च निकै कमजोर देखिएको हो ।चालु आवका लागि सातवटै प्रदेशको कुल बजेट रु दुई खर्ब ८७ अर्ब ७० करोड ३३ लाख रहेकामा पुस मसान्तसम्ममा १४ दशमलव १६ प्रतिशत मात्र खर्च भएको देखिएको छ ।

 

प्रतिवेदनअनुसार प्रदेशहरूको चालुतर्फ २१ दशमलव ४३ प्रतिशत र पुँजीगततर्फ नौ दशमलव ३३ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेशमा वित्तीय व्यवस्थातर्फ विनियोजन भएको रु ९७ करोड ५० लाखमध्ये पुससम्ममा शून्य खर्च देखिएको प्रतिवेदनमा उल्लेख छ ।

 

मधेस प्रदेशमा पुँजीगत खर्च सबैभन्दा न्यून तीन दशमलव ३६ प्रतिशत मात्रै देखिएको छ भने लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १८ दशमलव ०४ प्रतिशत पुँजीगत खर्च भएको छ । विशेषगरी विकास र संरचनागत रूपान्तरणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्चको अवस्था कमजोर देखिनुले प्रदेशहरूको बजेट कार्यान्वयन क्षमतामाथि समेत प्रश्न उब्जाएको छ ।

 

प्रदेशगत रूपमा बागमती प्रदेश खर्चका हिसाबले तुलनात्मक रूपमा अगाडि देखिएको छ । बागमतीले यस वर्ष रु ६७ अर्ब ४७ करोड ७३ लाख बराबरको बजेट ल्याएकामा पुस मसान्तसम्म कुल बजेटको १४ दशमलव २० प्रतिशत खर्च गरेको छ । यो प्रदेशको चालुगततर्फ २२ दशमलव ४८ र पुँजीगततर्फ आठ दशमलव ९९ प्रतिशत खर्च भएको देखिन्छ ।

 

सबैभन्दा कमजोर प्रदर्शन मधेस प्रदेशको देखिएको छ । मधेसले कुल बजेटको सात दशमलव ७१ प्रतिशत मात्र खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि रु ४६ अर्ब ९८ करोड ३४ लाखको बजेट ल्याएको यो प्रदेशले पुस मसान्तसम्ममा रु तीन अर्ब ६२ करोड ३६ लाख बराबर मात्रै खर्च गर्न सकिएको देखिएको हो । यो अवधिसम्मको मधेसको चालुगत खर्च १५ दशमलव ५८ र पुँजीगत खर्च तीन दशमलव ३६ प्रतिशत रहेको छ ।

 

कोशी प्रदेशले कुल बजेटको १६ दशमलव ८४ प्रतिशत खर्च गरेको छ । कोशीको चालुगत खर्च २३ दशमलव २३ प्रतिशत, पुँजीगत खर्च नौ दशमलव ९६ प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्च शून्य छ । वित्तीय व्यवस्था शीर्षकमा यस प्रदेशले चालु आवका लागि रु १० करोड विनियोजन गरेकामा हालसम्म कुनै पनि रकम खर्च गर्न सकेको देखिँदैन ।

 

गण्डकी र लुम्बिनी प्रदेशको अवस्था पनि खासै उत्साहजनक छैन । गण्डकीले कूल वार्षिक बजेटको १६ दशमलव ६८ प्रतिशत र लुम्बिनीले २० दशमलव ४५ प्रतिशत खर्च गरेका छन् । दुवै प्रदेशमा पुँजीगत खर्च क्रमशः १४ दशमलव १३ र १८ दशमलव ०४ प्रतिशत रहेको छ ।

 

विकासको दृष्टिले पछाडि पारिएका क्षेत्रका रूपमा लिइने कर्णाली र सुदूरपश्चिम प्रदेशको पुस मसान्तसम्मको खर्च क्षमता कमजोर देखिएको छ । चालु आवका लागि कुल रु ३२ अर्ब ९९ करोड ६७ लाख बराबरको बजेट ल्याएकामा हालसम्म रु चार अर्ब ५३ करोड ३४ लाख अर्थात् वार्षिक विनियोजनको १३ दशमलव ७४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

 

कर्णालीको चालुगत २३ दशमलव ८३, पुँजीगत सात दशमलव ९० प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्च शून्यमा खुम्चिएको छ । वित्तीय व्यवस्था शीर्षकमा उक्त प्रदेशले चालु आवका लागि रु ६१ करोड ५० लाख विनियोजन गरेकामा हालसम्म कुनै पनि रकम खर्च भएको देखिँदैन ।

 

सुदूरपश्चिमको खर्च १० दशमलव ९४ प्रतिशत छ । चालु आवका लागि कुल रु ३३ अर्ब ४७ करोड ६० लाखको बजेट ल्याएको उक्त प्रदेशले पुस मसान्तसम्म रु तीन अर्ब ६६ करोड २१ लाख बराबर मात्रै खर्च गर्न सकेको देखिएको हो । सुदूरपश्चिमको चालुगत खर्च प्रगति १९ दशमलव ४७ र पुँजीगत खर्च प्रगति पाँच दशमलव ०८ प्रतिशत छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

महाशिवरात्रि पर्व २०८२ लाई सभ्य र भव्य बनाउन गुठी संस्थानको तयारी

कीर्तिपुर (काठमाडौँ),  गुठी संस्थानले यस वर्षको महाशिवरात्रि पर्व परम्पराअनुसार पाँच दिनसम्म मनाउन अन्तिम तयारी भइरहेको छ । संस्थानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जनक पोखरेलले संस्थानले पशुपतिनाथको मन्दिर तथा देशका विभिन्न शिवालय नजिक रहेका अखडा (साधुसन्तको थलो)मा  आगामी फागुन १ देखि ५ गतेसम्म भोजन, धुनी...

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता, नेपाल–कतार द्विपक्षीय लगानी, निजी क्षेत्रबीचको सहकार्यबारे छलफल

काठमाडौँ : कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ ।     भेटवार्तामा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी, नेपाल उद्योग वाणिज्य महासङ्घका...

बजेट अर्धवार्षिक समीक्षाः प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ, चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकारहरूको खर्च अवस्था निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘आव २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’अनुसार प्रदेशहरूको खर्च निकै कमजोर देखिएको हो ।चालु आवका लागि सातवटै प्रदेशको कुल बजेट रु दुई...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

महाशिवरात्रि पर्व २०८२ लाई सभ्य र भव्य बनाउन गुठी संस्थानको तयारी

कीर्तिपुर (काठमाडौँ),  गुठी संस्थानले यस वर्षको महाशिवरात्रि पर्व परम्पराअनुसार पाँच दिनसम्म मनाउन अन्तिम तयारी भइरहेको छ । संस्थानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जनक पोखरेलले संस्थानले पशुपतिनाथको मन्दिर तथा देशका विभिन्न शिवालय नजिक रहेका अखडा (साधुसन्तको थलो)मा  आगामी फागुन १ देखि ५ गतेसम्म भोजन, धुनी...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ । युरोपियन यूरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

मतदाता रिझाउँदै मोहन्याली बस्तीमा पुगे काँग्रेस उम्मेदवार स्वाँर

कैलाली । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै मतदाता रिझाउन उम्मेदवारको दौडधुप जारी छ । निर्वाचनको सरगर्मी बढेसँगै राजनीतिक दलका उम्मेदवार मतदातासँग घरदैलो अभियानमा व्यस्त देखिन थालेका हुन् ।   मतदातालाई रिझाउन उम्मेदवार ग्रामीण बस्तीका मतदातासम्म पुग्न थालेका छन् । काँग्रेसका उम्मेदवार बिजय बहादुर स्वाँर कैलालीको मोहन्यालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट (उदयपुर),  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका आठ पालिकामा कक्षा ६ मा अध्ययनरत ११ देखि १४ वर्ष उमेरका चार हजार ४३८ बालिकालाई एचपिभी खोप दिन सुरुआत गरिएको हो ।   जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबारदेखि जिल्लाका ती...

इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपः लखनउ र डडेल्धुरा सेमिफाइनलमा

झापा, भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपको सेमिफाइनल समीकरण पूरा भएको छ ।समूह बीअन्तर्गत सोमबार भएका दुई खेलमा भारतको लखनउ र नेपालको डडेल्धुराले जितका साथ आफ्नो एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।     सोमबार भएको पहिलो खेल पोखरा र...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९