काठमाडौँ–२ का मतदाताका मुद्दाः भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौँ, आज बिदाको दिन, कागेश्वरी मनोहरा नगरपालिकाको भवन अगाडिको बिसौनीमा भेटिए, शिव सिम्खडा, शिव पराजुली र इन्द्र श्रेष्ठ । हामीले उहाँहरुसँग आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे कुरा गर्न खोज्यौँ ।

 

कुराकानीका क्रममा उहाँहरुले अहिलेसम्म कसलाई मत दिने भन्नेमा निर्णय नगरिसकेको बताउनुभयो । तर उहाँहरुबीच भ्रष्टाचार नियन्त्रण र रोजगारी सृजना गर्नसक्नेलाई मत दिनेमा भने एकमत देखियो । प्रचारप्रसारको समय सकिँदै गर्दा यहाँ आउने राजनीतिक दल र उम्मेदवार पनि पातलिन थालेका छन् । तर आक्कलझुक्कल चुनावी गीत र केही झण्डा भने देखिन्छन् ।

 

विसं २००७ को निर्वाचनको अनुभव भएका ८५ वर्षीया सिम्खडा आफूले २०१५ सालको निर्वाचनदेखि लगातार मत दान गर्दै आएको बताउनुभयो । उहाँका परिवारका अधिकांश सदस्य विभिन्न कारणले विदेशिएका छन । सिम्खडा भन्नुहुन्छ, “रोजगारीका लागि विदेशिन पर्ने बाध्यता नबनोस्, हामी मत व्यक्तिको अनुहार मात्र हेरेर हाल्दैनाँै । सङ्गठन र सिद्धान्तले संसद्मा काम गर्न सहज हुन्छ, यद्यपि नयाँ आएका अनुहारसँग पनि उत्तिकै अपेक्षा छ ।”

 

सिम्खडासँगै बसिरहनुभएका पराजुलीले पहिलो पटक २०४८ सालको निर्वाचनमा मत हाल्नुभएको हो । उहाँले आफूले उम्मेदवारले ल्याएको एजेण्डाका आधारमा भोट हाल्न तयार भए पनि अहिलेसम्म कुनै उम्मेदवारकोे घोषणापत्र आफ्नो हातमा पर्न नसकेको सुनाउनुहुन्छ ।

 

“यसअघि निर्वाचित जनप्रतिनिधिको भूमिकासँग सन्तुष्ट छैनौँ, काम गरेका पनि छैनन”, पराजुली भन्नुहुन्छ, “व्यावहारिक र प्राविधिक शिक्षा प्राथमिकता हो । पढ्ने एक काम अर्को गुर्नपर्ने बाध्यता छ । अब विद्यार्थीको अध्ययन र उसले भविष्यमा अपनाउने पेसाबीच तालमेल मिलाउनुसँगै स्वरोजगार बनाउन पनि प्राविधिक शिक्षाको आवश्यकता छ ।”

 

 

उहाँले आफूले अहिलेसम्म राजनीतिक दलको घोषणापत्र पढ्न नपाएको बताउनुभयो । “घोषणापत्रमा देखाउनका लागि मात्रै एजेण्डाहरु ल्याएर पुग्दैन नि । भिजन के हो हेर्नै प¥र्यो । जसको कुरा गर्विलो हुन्छ, उसैलाई मत दिने हो”, उहाँले भन्नुभयो ।

 

पराजुलीले सङ्गठनभित्रै पनि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने बताइरहँदा ६९ वर्षीया इन्द्र श्रेष्ठले नयाँ दल एवं नेतृत्वमाथिको अपेक्षा सुनाउनुहुन्छ । “नयाँ पुस्तालाई नै दिने हो । अन्य भूमिकामा अब्बल साबित भइसकेका राजनीतिमा प्रवेश गर्ने उम्मेदवारलाई किन कम आक्ने ?”, श्रेष्ठ भन्नुहुन्छ ।
कागेश्वरी नगरपालिकाबाट झण्डै तीन किलोमिटर पर अघि बढ्दै गर्दा बस्तीहरु पातलिदै जान्छन् । खेतीयोग्य फाँटहरु देखिन थाल्छन्, अनि शङ्खरापुर नगरपालिका प्रवेश हुन्छ । यस नगरपालिकाको वडा ९ का मतदाताहरु कृषक र कृषि प्रथामितकतामा राख्ने उम्मेदवार रोज्न चाहन्छन् । साँखुको सांस्कृतिक सम्पदा, रोजगारी र शिक्षा उहाँहरुको प्राथमिकता भएको उहाँहरुबीचमै भइरहेको संवादका क्रममा सुनिन्छ ।

 

यो वडामा लामो समयदेखि किराना व्यापार गर्दै आउनुभएकी ३६ वर्षीया शान्ति खड्काले भन्नुभयो, “छोराछोरी रोजगारीका लागि विदेशीन नपरोस । हाम्रा छोराछोरीको भविष्य चाहि केही बन्ला भन्ने आशाले मत हाल्छौ ।” कक्षा ११ मा अध्ययनरत छोरीको भविष्य देशभित्रै फस्टाएको हेर्ने उहाँको चाहना छ ।

 

खड्काले यस क्षेत्रका कृषि उत्पादनलाई बजारको आवश्यकता स्मरण गराउँदै भन्नुभयो, “स्थानीय उत्पादनका लागि बजार व्यवस्थापन हुुनुपर्यो । यसपटक स्थानीय उम्मेदवारलाई मत दिन्छु । यसअघि निर्वाचित हुनुभएको नेताहरुले अपनत्व ग्रहण नगर्दा किसानका समस्या समाधान नभएको उहाँका गुनासो छ । कमसेकम चुुनावपछि हाम्रो घरदैलोमा फर्केर आउनेलाई मत हाल्छु ।”

 

हामीले कुरा गरिरहँदा सोही स्थानकी ५० वर्षीया भवारी बास्कोटा संवादमा जोडिनुभयो । “देशै रित्तो हुने भइसक्यो ! यहाँ देशमा बूढाबूढी मात्र बाँकी रहने भइसक्यौँ । सन्तान नभएकाको नि सुरक्षा हुनुप¥यो । उनीहरुको गाँस बास र कपासको व्यवस्था हुनुपर्यो । भोक र पैसा नहुँदा उपचारको अभावले मर्न नपरोस”, बास्कोटाले भन्नुभयो ।

 

सोही वडाका स्थानीय ४३ वर्षीय नारायण खड्का, ५६ वर्षीया नातिराम खड्का र ६२ वर्षीया माधव श्रेष्ठले कृषिसँगै धर्म संस्कृति र समाज बुझने नेतृत्व आफूहरुले चाहेको बताउनुहुन्छ ।

 

 

उहाँहरुले राजनीतिक स्थिरता, विकास निर्माण, भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रशासनिक सेवामा सुधारका आवश्यकता उत्तिकै प्राथमिकतामा रहेको बताउनुहुन्छ । किसानलाई मलबीउको सहज उपलब्धता र कृषि योग्य भूमिको व्यवस्थापनका लागि अब बन्ने सरकार र जनप्रतिनिधिले विशेष ध्यान केन्द्रित गर्नुपर्ने उहाँको चाहना छ ।
“घोषणापत्रमा एउटा भन्छन् काम गर्दा अर्कै गर्छन । घोषणापत्र हेरेर मत कसरी दिनु ?”, ५६ वर्षीय खड्का भन्नुहुन्छ, “हाम्रो शङ्करापुर यो नगरपालिका किसानहरु बढी छौँ । यहाँका किसानले उत्पादन गरेका आलु, दूध जस्ता उत्पादनले बजार पाउन मुस्किल छ । पटकपटक नयाँनयाँ सांसद पठायो । तर किसानको समस्या उही छ ।”

 

 

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर दुईमा कूल २८ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये १६ जना विभिन्न राजनीतिक दलका र १२ जना स्वतन्त्र उम्मेदवार छन् । नेकपा (एमाले)बाट मणिराम फुयाँल, नेपाली कांग्रेसबाट कविर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनील केसी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कुन्ती देवी पोखरेल हुनुहुन्छ ।

 

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट शर्मिला माली, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाल चन्द्र श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी(संयुक्त)का उपेन्द्र कार्की, राष्ट्रिय परिवर्तन पार्टीका अनुप बोहरा, जय मातृभूमि पार्टीका आनन्द सिम्खडा, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का प्रकाश बुढाथोकी, उज्यालो नेपाल पार्टीका पवन पोखरेल, त्रिमुल नेपालका कृष्णबहादुर खत्री, राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिह्न)का नर्वदाकुमारी भट्टराई र आमजनता पार्र्टी (एकल चुनाव चिह्न)का तिलकबहादुर मगर हुनुहुन्छ ।
यस्तै, स्वतन्त्रतर्फ अर्जुन ढु.्गाना, इरा श्रेष्ठ, टपबहादुर थापा, तिर्थ राज पौडेल, विश्वास बस्नेत, मञ्जु लामा, राजकुमार श्रेष्ठ, रुपक बस्ताकोटी, रुपक सिम्खडा, वीरेन्द्रकुमार साह, सीता तिवारी र त्रिलोकबहादुर चन्द उम्मेदवार हुनुहुन्छ ।

 

कूल उम्मेदवारमध्ये २२ जना पुरुष र छ जना महिला छन् । दलतर्फबाट तीन र स्वतन्त्रतर्फबाट तीन जना महिला उम्मेदवार रहेका छन् । समावेशिताका आधारमा ७५ प्रतिशत उम्मेदवार खस आर्य, २१.४३ प्रतिशत आदिवासी जनजाति र ३.५७ प्रतिशत मधेसी समुदायका छन् । यस क्षेत्रका कूल मतदाता ८८ हजार ७०८ छन् । तीमध्ये ४३ हजार ३९३ पुरुष र ४५ हजार ३१५ महिला मतदाता रहेका छन् । महिला मतदाताको हिस्सा ५१.०८ प्रतिशत छ । ४० मतदानस्थल र १०० मतदान केन्द्र तोकिएका छन् ।सृजना राई/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक...

नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान

नेपालगञ्ज,  नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो गर्मीका कारण नेपालगञ्ज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले सङ्कटमा पर्ने भन्दै यहाँका केही युवाले अभियान सुरु गरेका हुन् । नेपालगञ्ज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चराचुरुङ्गीका लागि पानी पिउने व्यवस्था सुरु गरिएको जानकारी दिनुभयो...

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

काँक्रेविहार (सुर्खेत),  सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफँैले निर्माण गर्ने भएको छ ।  ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिनुभयो ।   डोल्पामा निर्माणाधीन जगदुल्ला (ए...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

झापामा हुरी र वर्षाले केराखेती नष्ट

सुरुङ्गा (झापा),   गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती नष्ट भएको छ झापामा यसवर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो । हावा र वर्षाका कारण रु दुई करोड १२ लाख ८६ हजार २९२ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान छ ।...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित

विराटनगर,   विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ ।पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुु¥याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले बताएको छ ।     महानगरपालिकाका अनुसार पूर्णखोप प्राप्त गर्ने...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९