आधुनिकताको छायाँमा राना थारु समुदायको होली

कञ्चनपुर,  कैलाली र कञ्चनपुरका राना थारु समुदायको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने होली पर्व रङको उत्सव मात्र नभई धार्मिक आस्था, सामाजिक एकता र परम्परागत अभ्यासको आधार पनि हो । पछिल्ला वर्षमा आधुनिक प्रभाव र देखासिकी प्रवृत्तिका कारण यसको मौलिकता क्रमशः हराउँदै गएको छ । शुक्लाफाँटा नगरपालिका–६, कसरौलका मुनिराम रानाका अनुसार राना थारुहरूको होली पर्व समुदायको इतिहास र धार्मिक विश्वासको सजीव दस्तावेज हो । “पहिला होली गाउँभित्रै सीमित हुन्थ्यो”, मुनिरामले बताउनुभयो, “हरेक घरमा परम्परागत विधिअनुसार होली खेलिन्थ्यो, जसको घरमा खेलिन्थ्यो, त्यहीँ रमाइलो हुन्थ्यो, त्यहीँ पकाइएको खाना खाइन्थ्यो ।”

 

पहिलाको होलीमा सगुनका रूपमा भेली दिने, फगुवास्वरूप केही रकम आदानप्रदान गर्ने चलन थियो । सम्पन्न परिवारले मासु र दालभात खुवाउँथे भने आर्थिक अवस्था कमजोर परिवारले आफ्नो सीमाभित्र दालभात खुवाएर अतिथि सत्कार गर्थे । सबैभन्दा महत्वपूर्ण कुरा धनसम्पत्ति होइन, सामुदायिक सद्भाव र सांस्कृतिक निरन्तरता रहेको उहाँ उल्लेख गर्नुहुन्छ । आजको अवस्था भने फरक छ । मुनिराम रानाले व्याख्या गर्दै भन्नुभयो, “अहिले होली गाउँमै सीमित छैन, बजार क्षेत्र, सार्वजनिकस्थल र पैसा कमाउने माध्यमका रूपमा होली खेलिन थालेको छ यो हाम्रो मौलिक चलन होइन ।”

 

पूर्ववडाध्यक्ष जगता रानाले यस्तै कुरा जोड्दै भन्नुभयो, “पहिला धार्मिक कथा, देवीदेवताको प्रसङ्ग र सामाजिक सन्देश बोकेका गीत गाइन्थे, अहिले नयाँ शैलीका गीत र नाचगानले पुराना गीत विस्थापित गरिरहेका छन् ।” राना थारु समुदायमा होली केबल एकदिनको पर्व होइन । कसरौला गाउँका ७१ वर्षीय चन्द्रसेन रानाका अनुसार माघ शुक्ल पूर्णिमादेखि नै होलीको प्रतीक स्थापना गरी पर्वको सुरुआत गरिन्छ । गाउँको दक्षिण–पूर्व दिशामा प्रतीक राखिन्छ र त्यसपछि एक महिनासम्म प्रत्येक रात महिला र पुरुष भेला भएर ‘जिउँदो होली’ खेल्छन् ।

 

यस अवधिमा भगवान्का कथा, धार्मिक आख्यान र सामाजिक प्रसङ्ग गीतमा ढालेर प्रस्तुत गरिन्छ । गीतको नेतृत्व गर्ने महिलालाई ‘मोढी’ भनिन्छ भने उनलाई पछ्याएर गाउनेलाई ‘पिछडिया’ भनिन्छ । ढोलक बजाउनेलाई ‘ढोलिया’ भनिने चलन छ । फागुन शुक्ल पूर्णिमाका दिन होलिका दहन गरिन्छ । त्यसको भोलिपल्ट मात्र खरानीको टीका लगाइन्छ । त्यसअघि टीका लगाइँदैन । त्यसपछि सात दिनसम्म ‘मरेकी होली’ खेलिन्छ भने आठौँ दिन बेलुका ‘खखडेहरा’ नामक विशेष विधि सम्पन्न गरिन्छ । यस क्रममा खप्टा, घल्ला र घोडाका माटोका प्रतिमा फोडिन्छन् । यो कार्य गाउँका सीमित अगुवा व्यक्तिले मात्र गर्ने चलन छ । विश्वासअनुसार यसरी गर्दा दुष्टआत्मा गाउँमा प्रवेश गर्न सक्दैन । फोड्ने कार्य सम्पन्न गरेर फर्कंदा पछाडि फर्केर हेर्न नहुने मान्यता छ, हेरेमा दुष्टआत्मा पुनःफर्कने विश्वास छ ।

 

पुरुषको होली त्यहीँबाट समाप्त हुन्छ भने महिलाको होली चैत चराईसम्म जारी रहन्छ । यसरी होली पर्व धार्मिक आस्था, सामाजिक संरचना र सांस्कृतिक अभ्यासको सङ्गमका रूपमा विकसित भएको देखिन्छ । राना थारु समुदायको होलीसँग मौलिक पहिरन र गहनाको गहिरो सम्बन्ध छ । उनान्नसत्तरी वर्षीय रामकली रानाले भन्नुभयो, “पहिलाको होलीमा महिलाले लगाउने घँघरिया, अँगिया, फतुई, उढनियाजस्ता घरमै बुनेका कपडा, शिरदेखि पाउसम्मका गहना समाजमा उच्च सम्मानको सूचक हुन्थ्यो ।”

 

महिलाले कपालमा चाँदीको चाँबी, कानमा वीर, नक्बेसर, नथुनी, घाँटीमा चाँदीको धागो, कठुला–हसुला, कण्ठ–गरिया, घिच्ची, पाखुरामा लगौरा, नाडीमा पुग्ने गहना, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्रीवाला कँधनी, पैँतलामाथि ढुन्नी र पायल लगाउने चलन थियो । “यसरी सजिएकी महिलालाई समाजले सभ्य र संस्कारयुक्त मान्दथ्यो”, उहाँले जोड दिँदै भन्नुभयो । आज ती परम्परागत गहना र पहिरन सीमित महिलासँग मात्र बाँकी छन् । बजारमा पाइने आधुनिक गहनाले परम्परागत गहनाको स्थान लिन थालेको छ । पुरुषले प्रयोग गर्ने झगिया, फेटा र हातमा बिल्ला लगाउने चलन पनि हराउँदै गएको छ । केही वर्षदेखि महिलाको पहिरन जोगाउने प्रयास भए पनि पुरुषको पहिरन जोगाउन चुनौती अझै छ ।

 

समुदायका बुढापाकाले होलीका पुराना गीत लिपिबद्ध नहुँदा हराउने जोखिम बढेको बताउँछन् । मौखिक परम्परामा आधारित गीत नयाँ पुस्तासम्म हस्तान्तरण हुन नसक्दा सांस्कृतिक निरन्तरता कमजोर भएको छ । रामसहाय रानाका अनुसार होलीलाई मौलिक स्वरूपमै जोगाउन सामुदायिक पहल आवश्यक छ । “हामी राना थारु भएको कुरा चिनाउने नै हाम्रो फरक संस्कृति हो, संस्कृति हरायो भने पहिचान नै गुम्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर...

प्रतिनिधिसभा निर्वाचनः तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

दमौली (तनहुँ),  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ ।  मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँ क्षेत्र नं १ को...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९