कर्णाली, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेतका दुवै क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नं १ मा एक हजार ९८७ मतगणना हुँदा खड्काले ७९८ मत मत प्राप्त गर्नुभएको छ ।यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले ५४५, नेकपा (एमाले) का ध्रुवकुमार शाहीले ४२७ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ७७ मत प्राप्त गर्नुभएको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यस्तै, क्षेत्र नं २ मा एमालेका कुलमणि देवकोटाको अग्रता छ । यहाँ ७८१ मतगणना हुँदा उहाँले ३१६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले २१८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले १०७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)














































































































































