गोरखा, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी हुनुभएको छ ।भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बेल्वासेले बताउनुभयो । नेकपा (एमाले) का उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गर्नुभयो । कूल एक लाख ८ हजार ५३३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो । खसेकोमध्ये ५४ हजार १४७ मत सदर र तीन हजार नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































