कर्णाली, प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।निर्वाचनपश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले पाँच, नेपाली कम्युनिष्ट पार्टीले चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक स्थानमा जित हात पारेका छन् । नेपाली कांग्रेसका उम्मेदवारहरु सुर्खेत क्षेत्र नं १बाट बिष्णुबहादुर खड्का, दैलेख क्षेत्र नं १बाट बासना थापा, जाजरकोटबाट खडकबहादुर बिसी, मुगुबाट खड्गबहादुर शाही र हुम्लाबाट जयपति रोकाया निर्वाचित भएका छन् ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारहरु सल्यानबाट रमेश मल्ल, रुकुमपश्चिमबाट गोपाल शर्मा, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । सुर्खेत क्षेत्र नं.२ बाट रास्वपाका रमेशकुमार सापकोटा, दैलेख क्षेत्र नं.२ बाट नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल र एक मात्रै निर्वाचन क्षेत्र भएको जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही निर्वाचित भएका हुन् ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































