काठमाडौँ, समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ६६ लाख ६६ हजार ६०७ मत गणना भएको छ ।निर्वाचन आयोगले उपलब्ध गराएको मध्यरातसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३२ लाख ५२ हजार १७९ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले नौ लाख ३४ हजार ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नौ लाख ६७ हजार १२५, नेपाली कम्युनिस्ट पार्टीले चार लाख ६७ हजार १२५, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३० हजार ५३२ मत प्राप्त गरेको छ ।श्रम संस्कृति पार्टीले एक लाख ९० हजार १०९, जनता सामाजवादी पार्टी नेपालले ९३ हजार ४३४, राष्ट्रिय परिवर्तन पार्टीले ८० हजार १२३, जनमत पार्टीले ४० हजार ६८६ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































