शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानबाट संसद्सम्म पुग्नुभएका राजन गौतम

मध्यविन्दु (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानमार्फत स्थापित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।

 

हालै सम्पन्न निर्वाचनमा ५० हजार ९४५ मत प्राप्त गर्दै संसद् पुग्नुभएका गौतमले नेपाली कांग्रेसका बालकृष्ण घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गर्नुभएको थियो ।देवचुली नगरपालिका–१६, रजहर निवासी गौतम विसं २०४३ असोज १० गते जन्मनुभएको हो । बुबा पूर्णप्रसाद गौतम र आमा जितकुमारी गौतमका सन्तान उहाँ पारिवारिक तथा सामाजिक जीवनसँगै सार्वजनिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।

 

 

शिक्षालाई समाज रूपान्तरणको आधार मान्ने गौतमले शिक्षाशास्त्र, व्यवस्थापन शास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । हाल उहाँ विद्यावारिधि (पिएचडी) अध्ययनरत हुनुहुन्छ । शैक्षिक क्षेत्रमा उहाँको लामो अनुभव रहेको छ । देवचुली कलेज रजहरमा विसं २०७१ देखि २०७७ सम्म क्याम्पस प्रमुखका रूपमा कार्यरत रहँदा उहाँले कलेजको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

 

युवा नेतृत्व र उद्यमशीलताका क्षेत्रमा पनि उहाँ सक्रिय रहनुभएको छ । युवा प्रतिभा तथा युवा उद्यमी सञ्जालका केन्द्रीय उपाध्यक्ष रहनुभएका गौतम रजहर जेसिज–२०२० का अध्यक्ष तथा नेपाल जेसिजका पूर्वकेन्द्रीय उपाध्यक्ष (२०२१) रहनुभएको छ ।

 

 

जेसिजमार्फत नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवा सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै उहाँले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म युवालाई सङ्गठित गर्ने प्रयास गर्नुभएको थियो ।साथै सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको सञ्चालक समिति सदस्यका रूपमा स्वास्थ्य क्षेत्रमा पनि योगदान दिनुभएको छ । विभिन्न विद्यालयमा शिक्षक तथा शैक्षिक संस्थामा प्रशासनिक जिम्मेवारी सम्हाल्दै उहाँले शिक्षा क्षेत्रसँगको सम्बन्ध निरन्तर कायम राख्नुभएको छ ।

 

युवा र सामाजिक क्षेत्रमा गरेको योगदानका आधारमा उहाँलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८’ बाट सम्मानित गरेको थियो ।राजनीतिक रूपमा सक्रिय गौतम राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभापति रहनुभएको छ । नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्दै सुशासन, पारदर्शिता र विकासको मुद्दा उठाउँदै आउनुभएका गौतमलाई यसपटक नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ का मतदाताले प्रतिनिधिसभामा पठाएका छन् ।

 

स्थानीय तहदेखि शिक्षा, युवा अभियान र सामाजिक क्षेत्रको अनुभव बोकेर सङ्घीय संसद्मा पुग्नुभएका गौतमले जिल्लाको विकास, रोजगारी सिर्जना र शिक्षा सुधारलाई प्राथमिकतामा राख्ने बताउँदै आउनुभएको छ । स्थानीय सरोकारसँग नजिक रहेर सार्वजनिक जीवन बिताएको उहाँको राजनीतिक यात्राले अब सङ्घीय संसद्मा नयाँ जिम्मेवारी पाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९