काठमाडौँ, समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ ।निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ३ः३० सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख पाँच हजार ६१४ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ५८ हजार ५८०, नेकपा (एमाले)ले १३ लाख ७९ हजार ७५८, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४५ हजार ८१९, श्रम संस्कृति पार्टीले तीन लाख ४५ हजार ६७४, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २१ हजार २७७ मत प्राप्त गरेको छ ।यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ८२४, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६३ हजार ६४६ र जनमत पार्टीले ७४ हजार ९०५ मत प्राप्त गरेको छ । मतगणना जारी छ । राष्ट्रिय समाचार समिति (रासस)


















































































































































