प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ,  मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन् । यसअघिको संसद्मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये ११३ जना नयाँ छन् ।
प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नौ, नेपाली कम्युनिष्ट पार्टीले आठ, श्रम संस्कृति पार्टीले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ । एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।
अधिकांश नयाँ अनुहार जितेको रास्वापाबाट झापा निर्वाचन क्षेत्र नं १ बाट निशा डाँगी, क्षेत्र नं २ बाट इन्दिरा राना मगर, क्षेत्र नं ३ बाट प्रकाश पाठक, क्षेत्र नं ४ बाट शम्भुप्रसाद ढकाल र क्षेत्र नं ५ बाट बालेन्द्र शाह निर्वाचित हुनुभएको छ । मोर¬ङ क्षेत्र नं १ बाट यज्ञमणि न्यौपाने, क्षेत्र नं २ बाट कृष्णकुमार कार्की, क्षेत्र नं ३ बाट गणेश कार्की, क्षेत्र नं ४ बाट सन्तोष राजवंशी, क्षेत्र नं ५ बाट आशा झा र क्षेत्र नं ६ बाट रुबिना आचार्य निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
 

सुनसरी निर्वाचन क्षेत्र नं २ बाट लालविक्रम थापा, क्षेत्र नं ३ बाट अशोककुमार चौधरी, क्षेत्र नं ४ बाट दीपककुमार साह, ओखलढुङ्गा क्षेत्र नं १ विश्वराज पोखरेल, उदयपुर क्षेत्र नं १ बाट पारशमणि गेलाल र क्षेत्र नं २ बाट सूर्यबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।
सप्तरी क्षेत्र नं १ बाट पुष्पाकुमारी चौधरी, क्षेत्र नं २ बाट रामजी यादव, क्षेत्र नं ३ बाट अमरकान्त चौधरी र क्षेत्र नं ४ बाट सीताराम साह, सिराहा क्षेत्र नं १ बाट बब्लु गुप्ता, क्षेत्र नं २ बाट शिवशङ्कर यादव, क्षेत्र नं ३ बाट शम्भुकुमार यादव र क्षेत्र नं ४ बाट तपेश्वर यादव निर्वाचित हुनुभएको छ ।
 

धनुषा क्षेत्र नं २ बाट रामविनोद यादव, क्षेत्र नं ३ बाट मनिष झा र क्षेत्र नं ४ बाट राजकिशोर महतो, महोत्तरी क्षेत्र नं १ बाट प्रमोदकुमार महतो, क्षेत्र नं २ बाट दीपकुमार साह, क्षेत्र नं ३ बाट उज्ज्वलकुमार झा र क्षेत्र नं ४ बाट गौरीकुमारी विजयी हुनुभएको छ ।
सर्लाही क्षेत्र नं १ मा नितिमा भण्डारी (कार्की), क्षेत्र नं २ मा रविन महतो, क्षेत्र नं ३ मा नरेन्द्र साह कलवार र क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट क्षेत्र नं १ मा राजेशकुमार चौधरी, क्षेत्र नं ३ मा रवीन्द्र पटेल र क्षेत्र नं ४ मा गणेश पौडेल निर्वाचित हुनुभएको छ ।
सोही पार्टीबाट बारा क्षेत्र नं १ बाट गणेश धिमाल, क्षेत्र नं २ बाट चन्दनकुमार सिंह, क्षेत्र नं ३ बाट अरबिन्द साह र क्षेत्र नं ४ बाट रहबर अन्सारी, पर्सा क्षेत्र नं १ बाट बुद्धिप्रसाद पन्त, क्षेत्र नं २ बाट सुशीलकुमार कानु, क्षेत्र नं ३ बाट रामाकान्तप्रसाद चौरसिया र क्षेत्र नं ४ बाट टेकबहादुर शाक्य निर्वाचित हुनुभएको छ ।
 

दोलखा क्षेत्र नं १ बाट जगदीश खरेल, रामेछाप निर्वाचन क्षेत्र नं १ बाट कृष्णहरि बुढाथोकी, सिन्धुली क्षेत्र नं १ बाट धनेन्द्र कार्की र क्षेत्र नं २ बाट आशिष गजुरेल, धादिङ क्षेत्र नं १ बाट आशिका तामाङ र क्षेत्र नं २ बाट बोधनारायण श्रेष्ठ, नुवाकोट क्षेत्र नं १ बाट विक्रम तिमिल्सिना र क्षेत्र नं २ बाट अचुत्तम लामिछाने निर्वाचित हुनुभएको छ ।

 

 

रास्वपाबाटै काठमाडौँ क्षेत्र नं १ बाट रन्जु न्यौपाने, क्षेत्र नं २ बाट सुनिल केसी, क्षेत्र नं ३ बाट राजुनाथ पाण्डे, क्षेत्र नं ४ बाट पुकार बम, क्षेत्र नं ५ बाट सस्मित पोखरेल, क्षेत्र नं ६ बाट शिशिर खनाल, क्षेत्र नं ७ बाट गणेश पराजुली, क्षेत्र नं ८ बाट विराजभक्त श्रेष्ठ, क्षेत्र नं ९ बाट डोलप्रसाद अर्याल र क्षेत्र नं १० बाट प्रदीप विष्ट, भक्तपुर क्षेत्र नं १ बाट रुकेश रन्जित र क्षेत्र नं २ बाट राजीव खत्री, ललितपुर क्षेत्र नं १ बाट बुद्धरत्न महर्जन, क्षेत्र नं २ बाट जगदीश खरेल र क्षेत्र नं ३ बाट तोसिमा कार्की विजयी हुनुभएको छ ।
 

काभ्रेपलाञ्चोक क्षेत्र नं १ बाट मधुकुमार चौलागाई र क्षेत्र नं २ बाट बदनकुमार भण्डारी, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट भरतप्रसाद पराजुली, मकवानपुर क्षेत्र नं १ बाट प्रकाश गौतम र क्षेत्र नं २ बाट प्रशान्त उप्रेती, चितवन क्षेत्र नं १ बाट हरि ढकाल, क्षेत्र नं २ बाट रवि लामिछाने र क्षेत्र नं ३ बाट सोविता गौतम निर्वाचित हुनुभएको छ ।
 

गोरखा क्षेत्र नं १ मा सुधन गुरुङ र क्षेत्र नं २ मा कविन्द्र बुर्लाकोटी, लमजुङ क्षेत्र नं १ मा धर्मराज केसी, कास्की क्षेत्र नं १ मा खडकराज पौडेल, क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल र क्षेत्र नं ३ मा बिना गुरुङ, तनहुँ क्षेत्र नं १ मा स्वर्णिम वाग्ले र क्षेत्र नं २ मा श्रीराम न्यौपाने निर्वाचित हुनुभएको छ ।
 

सोही पार्टीबाट स्याङ्जा क्षेत्र नं १ मा धनन्जय रेग्मी, क्षेत्र नं २ मा झविलाल डुम्रे, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १ मा राजन गौतम, क्षेत्र नं २ मा मनिष खनाल, बागलुङ क्षेत्र नं १ मा सुशील खड्का र क्षेत्र नं २ मा सोम शर्मा तथा पर्वत क्षेत्र नं १ मा सागर भुसाल विजयी हुनुभएको छ ।
 

गुल्मी क्षेत्र नं १ मा सागर ढकाल र क्षेत्र नं २ मा गोविन्द पन्थी, पाल्पा क्षेत्र नं २ मा माधवबहादुर थापा, अर्घाखाँची क्षेत्र नं १ मा हरिप्रसाद भुसाल, रुपन्देही क्षेत्र नं १ मा सुनिल लम्साल, क्षेत्र नं २ मा सुलभ खरेल, क्षेत्र नं ३ मा डा लेखजङ्ग थापा, क्षेत्र नं ४ मा कन्हैया बनिया र क्षेत्र नं ५ मा तौफिक अहमद खान निर्वाचित हुनुभएको छ ।
 

कपिलवस्तु क्षेत्र नं १ मा मोहनलाल आचार्य र क्षेत्र नं २ मा विक्रम थापा, प्यूठान क्षेत्र नं १ मा सुशान्त वैदिक, दाङ क्षेत्र नं १ मा देवराज पाठक, क्षेत्र नं २ मा विपिनकुमार आचार्य र क्षेत्र नं ३ मा कमल सुवेदी, बाँके क्षेत्र नं १ मा कमल सुवेदी र क्षेत्र नं ३ मा खगेन्द्र सुनार र बर्दिया क्षेत्र नं १ मा ठाकुरसिंह थारू र क्षेत्र नं २ मा श्रीधर पोख्रेल, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा विक्रम खनाल र क्षेत्र नं २ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित हुनुभएको आयोगले जनाएको छ ।
 

 

सुर्खेत निर्वाचन क्षेत्र नं २ मा रमेशकुमार सापकोटा, सुदूरपश्चिम प्रदेशको कैलाली क्षेत्र नं १ मा कोमल ज्ञवाली, क्षेत्र नं २ मा केपी खनाल, क्षेत्र नं ३ मा जगतप्रसाद जोशी, क्षेत्र नं ४ मा खेमराज कोइराला र क्षेत्र नं ५ मा आनन्दबहादुर चन्द, बैतडी क्षेत्र नं १ मा हरिमोहन भण्डारी, डडेल्धुरा क्षेत्र नं १ मा ताराप्रसाद जोशी, कञ्चनपुर क्षेत्र नं १ मा जनकसिंह धाँमी, क्षेत्र नं २ मा दीपकराज बोहरा र क्षेत्र नं ३ मा ज्ञानेन्द्रसिंह महता निर्वाचित हुनुभएको छ ।
 

 

नेपाली कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित १८ मध्ये चार जनाबाहेक सबै नयाँ अनुहार छन् । सो पार्टीबाट पाँचथर क्षेत्र नं १ मा नरेन्द्रकुमार केरुङ, इलाम क्षेत्र नं १ मा निश्कल राई, तेह्रथुम क्षेत्र नं १ मा सन्तोष सुब्बा, सोलुखुम्बु क्षेत्र नं १ मा प्रकाश सिंह कार्की, रौतहट क्षेत्र नं २ मा फिरदोश आलम, रसुवा क्षेत्र नं १ मा मोहन आचार्य, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ ।
 

यस्तै, पाल्पा क्षेत्र नं १ मा सन्दीप राना, कपिलवस्तु क्षेत्र नं ३ मा अभिषेकप्रताप शाह, मुगु क्षेत्र नं १ मा खड्ग शाही, हुम्ला क्षेत्र नं १ मा जयपति रोकाया, जाजरकोट क्षेत्र नं १ मा खडकबहादुर बुढा, दैलेख क्षेत्र नं १ मा बासना थापा, सुर्खेत क्षेत्र नं १ मा विष्णुबहादुर खड्का, बाजुरा क्षेत्र नं १ मा जनकराज गिरी, अछाम क्षेत्र नं १ मा भरतकुमार स्वार र डोटी क्षेत्र नं १ मा भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फबाट विजयी नौ मध्ये तीन जना नयाँ अनुहार हुनुहुन्छ । सो पार्टीबाट निर्वाचित प्रत्यक्षतर्फको सांसद सदस्यमा ताप्लेजुङ क्षेत्र नं १ मा क्षितिज थेबे, इलाम क्षेत्र नं २ मा सुहाङ नेम्वाङ, सङ्खुवासभा क्षेत्र नं १ मा अर्जुनकुमार कार्की, धनकुटा क्षेत्र नं १ मा राजेन्द्रकुमार राई, बाँके क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राई, दैलेख क्षेत्र नं २ मा लक्ष्मीप्रसाद पोखरेल, अछाम क्षेत्र नं २ मा यज्ञबहादुर बोगटी, बझाङ क्षेत्र नं १ मा ऐनबहादुर महर र दार्चुला क्षेत्र नं १ मा गणेशसिंह ठगुन्ना विजयी हुनुभएको आयोगले जनाएको छ ।

 

नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित आठमध्ये तीन जना सङ्घीय संसद्मा नयाँ अनुहार हुनुहन्छ । सो पार्टीबाट धनुषा क्षेत्र नं १ मा मातृकाप्रसाद यादव, सिन्धुपाल्चोक क्षेत्र नं २ मा युवराज दुलाल, रुकुम (पूर्वीभाग) क्षेत्र नं १ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पा क्षेत्र नं १ बाट वर्षमान पुन, सल्यान क्षेत्र नं १ बाट रमेशकुमार मल्ल, डोल्पा क्षेत्र नं १ बाट धनबहादुर बुढा, कालिकोट क्षेत्र नं १ बाट महेन्द्रबहादुर शाही र रुकुम (पश्चिम भाग) क्षेत्र नं १ बाट गोपाल शर्मा विजयी हुनुभएको छ ।
यस निर्वाचनदेखि उदाएको श्रम संस्कृति पार्टीबाट विजयी तीनै जना नयाँ अनुहार हुनुहुन्छ । सो पार्टीबाट भोजपुर क्षेत्र नं १ मा ध्रुवराज राई, सुनसरी क्षेत्र नं १ बाट हर्कराज राई र खोटाङ क्षेत्र नं १ बाट आरेन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्ला क्षेत्र नं १ मा ज्ञानबहादुर शाही पुरानै सांसद हुनुहन्छ ।म्याग्दी क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन नयाँ अनुहारका रुपमा विजयी हुनुभएको छ ।
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा

यही फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । आज अपराह्न २ बजेसम्म एक करोड पाँच लाख मतगणना भइसकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर केसीका अनुसार समानुपातिकतर्फको मतगणना आज साँझसम्म सकिने अनुमान गरिएको छ ।जारी मतगणनाअनुसार हालसम्म छवटा राजनीतिक दलले कुल गणना मतको तीन प्रतिशत मत कटाएका छन् । समानुपातिकतर्फ ११० सिटका लागि ५७ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए ।राष्ट्रिय समाचार समिति (रासस)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

काठमाडौँ,  इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ ।नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आज दिउँसो यहाँ ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी,  पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ ।महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।  उहाँका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९