जिल्ला अस्पतालको सेवा सुधारको माग

इनरुवा (सुनसरी),  जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला अस्पताल सुधारको माग गर्दै सोमबार ध्यानाकर्षणपत्र बुझाइएको छ । जिल्ला अस्पताल इनरुवा सुधार सङ्घर्ष समितिले ३४ बुँदे मागसहित अस्पताल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको समितिका संयोजक दिलीपचन साहुले जानकारी दिनुभयो ।

 

 

मेसु, प्रशासन र अस्पताल विकास समितिका अध्यक्ष राजन मेहतासँग छलफल र अन्तरक्रिया गर्दै ध्यानाकर्षण पत्र बुझाइएको उहाँले बताउनुभयो ।एन्टिरेबिज भ्याक्सिन (एआरभी)को अभावमा बिरामी विराटनगर वा अन्य निजी क्लिनिकमा जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, बिरामी, कुरुवा र नागरिक समाजमैत्री सेवा हुनुपर्ने, ल्याब नियमित सञ्चालन, ब्लड बैंक, सघन उपचार कक्ष (आइसियू), भेन्टिलेटर र सिटीस्क्यान सेवा सञ्चालन गर्नुपर्नेलगायत ३४ बँुदे मागसहित ध्यानाकर्षण पत्र बुझाइएको सङ्र्घष समितिका संयोजक साहुले जानकारी दिनुभयो ।

 

 

निरन्तर पाँच वर्षदेखि अस्पातल सेवा सुधारको आवाज उठाइरहेको समितिले जिल्ला अस्पतालको सेवा सुधारदेखि भौतिक पूर्वाधारको व्यवस्था र बिरामीलाई बस्ने ठाउँदेखि ल्याबसम्मको सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको समितिका प्रतिनिधि पशुपति दाहालले बताउनुभयो ।

 

 

केही समययता अस्पतालका सेवा सुविधाका विषयमा अस्पतालमा आउने नागरिकको गुनासो बढेकाले ती समस्या समाधानका माग राखेर मेडिकल सुपरिडेन्ट अमरेन्द्र कुशवाहालाई ध्यानाकर्षण पत्र बुझाइएको समितिले जनाएको छ । अस्तालमा अल्ट्रासाउण्ड (युएसजी) सेवा बिहान ८ः०० बजेदेखि साँझ ५ः०० बजेसम्मका लागि सञ्चालनको व्यवस्था मिलाउनुपर्ने, अस्पताल फार्मेसीमा बिमाबापत प्राप्त गर्ने औषधि पर्याप्त मात्रामा राख्नुपर्ने, छाडा कुकुरको बिगबिगी देखिएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने, समान तहको कर्मचारीलाई समान तलबको व्यवस्था गर्नुपर्नेलगायत माग राखिएको समितिका संयोजक साहुले बताउनुभयो ।

 

 

त्यसैगरी विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नुपर्ने, आवास, भत्ताको व्यवस्था र समयमा तलब दिनुपर्ने, सुरक्षाको प्रत्याभूति दिनुपर्ने, आकस्मिक कक्षमा २४सैँ घण्टा चिकित्सक बस्नुपर्ने, हाडजोर्नीका बिरामीलाई चाहिने स्टिल, धागो तथा अन्य सामग्री बिरामीले खरिद गर्नुपर्ने ठाउँमा चिकित्सकले फार्मेसी सिफासिर गर्न नहुने, अस्पतालको सामाजिक लेखापरीक्षण गर्नुपर्ने, आकस्मिक ल्याब सञ्चालन गर्नुपर्ने, आँखा विभागमा औषधि र चस्मा बिरामीलाई उपलब्ध गराउनुपर्नेलगायत माग राखिएका छन् ।

 

 

समितिले मागअनुसार सल्लाह र सुझाव १५ दिनभित्र पूरा गर्न आग्रह गरेको छ । माग पूरा नभए वा अन्यथा भए अस्पताल प्रशासनविरुद्ध सङ्घर्षका कार्यक्रम गर्न बाध्य हुने साहुले बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष राजन मेहताले जायजमाग सात दिनभित्र सम्बोधन गर्ने जनाउँदै सेवा सुधार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताको स्वास्थ्य सेवाप्रति आफू गम्भीर रहेकाले तत्काल गर्नसक्ने सुधार आजैदेखि हुने, केही समय लाग्नेको हकमा अल्पकालीन र दीर्घकालीन समाधान गर्नेगरी माग सम्बोधन गर्ने उहाँले जानकारी दिनुभो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९