जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की सदस्य गीता बुढा रहनु भएको थियो। कार्यक्रममा अतिथिका रूपमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, सम्झनाबजार कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रदेश प्रमुख बिमल खनालले सहभागीहरूलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको सुरुवातमा शिवालय शाखाका शाखा प्रमुख प्रेम बहादुर चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन मसुरिया स्टेसन कार्यालयका स्टेसन प्रमुख अशोक कुमार बोगटीले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय स्तरका बुद्धिजीवी, समाजसेवी तथा महिला गरी १ सय १९ जनाको सहभागिता रहेका थिए।


























































































































































