कानुन व्यवसायीमा ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ आवश्यक

काठमाडौँ,  न्याय क्षेत्रमा कार्यरत कानुन व्यवसायीमा ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ आवश्यक रहेको बताइएको छ ।विशेष अदालत बार एशोसियसनले आइतबार यहाँ आयोजना गरेको ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा न्याय क्षेत्रमा कार्यरत न्यायधीश तथा कानुन व्यवसायी तनावमुक्त हुनुपर्ने बताइएको हो ।कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश सुनीलकुमार पोखरेलले कानुन र संविधानका धारामा केन्द्रित हुने न्यायिक क्षेत्रमा पहिलोपटक मानसिक स्वास्थ्य र मनोसामाजिक पक्षकाबारेमा छलफल हुनु सकारात्मक कुरा भएको बताउनुभयो ।

 

 

 

उहाँले न्यायिक निर्णय प्रक्रिया र कानुनी अभ्यासमा संलग्न व्यक्तिमा उच्च मानसिक तनाव हुने गरेको भन्दै यसको व्यवस्थापनका लागि सचेतना आवश्यक रहेको बताउनुभयो ।न्यायाधीश पोखरेलले ५१ प्रतिशत प्रमाण पुग्नेले मुद्दा जित्ने र ४९ प्रतिशत प्रमाण हुनेले मुद्दा हार्ने भएकाले हार्ने पक्षले सामाजिक सञ्जाल र अन्य माध्यमबाट गर्ने आलोचनाले न्यायाधीशमा ठूलो मानसिक दबाब सिर्जना हुने गरेको उल्लेख गर्नुभयो । “जुन दिन तपाईंले ठूलो मुद्दाको फैसला गर्नुहुन्छ, त्यो दिन बेलुका सामाजिक सञ्जाल नहेर्नुस्, यसले मानसिक शान्ति दिन्छ”, उहाँले भन्नुभयो ।

 

 

 

उहाँले राष्ट्रिय न्यायिक प्रतिष्ठानले दिने तालिममा एक महिनाको अवधिमा मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको एक छुट्टै कक्षा राख्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।नेपाल बार एशोसियशनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले मानसिक तनावका कारण कतिपय न्याय क्षेत्रका मानिसले अकालमै आत्महत्या भएको भन्दै यसो हुन नदिन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले ठूला कानुन व्यवसायी अफिसले आफ्ना कर्मचारीलाई ‘मानसिक सु स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी तालिम प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी तालिमलाई नेपाल बारलेसमेत अगाडि बढाउने स्पष्ट पार्नुभयो ।

 

 

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश सुदर्शनदेव भट्टले पछिल्लो समय हरेक क्षेत्रमा मानसिक तनाव बढ्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न जरुरी रहेको उल्लेख गर्नुृभयो ।विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवरले न्याय क्षेत्रमा हुने निरन्तरको कार्यबोझ र मानसिक चापकाबीच काम गर्ने कानुन व्यवसायीलाई राहत पु¥याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा कानुन व्यवसायीको मानसिक स्वास्थ्य परीक्षणका लागि ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरिने बताउनुभयो ।

 

 

मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा ऋषभ कोइरालाले विभिन्न मुद्दाबारे चिन्ता लिँदा कानुन व्यवसायी मानसिक समस्यामा पर्ने गरेको भन्दै यसलाई कम गर्न योगा, ध्यान आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा १० जनामध्ये एक जना मानसिक समस्याको सिकार परेको बताउनुभयो ।अमेरिकामा २८ प्रतिशत अधिवक्तामा ‘डिप्रेसन’ र १९ प्रतिशत अधिवक्तामा ‘एन्जाइटी’को समस्या देखिने गरेको डा कोइरालाले बताउनुभयो । नियमित शारीरिक गतिविधि, योगा, ध्यान, विपश्यना, सन्तुलित आहारविहार, सागसब्जी सेवन गरेमा मानसिक समस्यामा केही कमी आउने उहाँको भनाइ थियो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’

काठमाडौँ,  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उहाँले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको हो ।     मन्त्री श्रेष्ठले...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९