अन्तर्वार्ता– ‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल

काठमाडौँ, नेपालमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा ग¥यो । गणतन्त्रको घोषणासँगै यस प्रणालीको कार्यान्वयन हुँदै गयो भने २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संस्थागत भयो । प्रस्तुत छ, गणतन्त्र प्राप्तिको १८ वर्षका सन्दर्भमा नेकपा (एमाले) संसदीय दलका उपनेता पद्ममा अर्यालसँग राससका समाचारदाता कालिका खड्काले गरेको कुराकानीको अंश ः

 

 

 

नेपालमा निकै ठूलो सङ्घर्ष र बलिदानीबाट गणतन्त्र स्थापना गरियो । तत्कालीन अवस्थामा गणतन्त्रको आवश्यकता किन महसुस गरिएको थियो ?

सर्वप्रथम म गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु । लामो सङ्र्घष र बलिदानीबाट प्राप्त गरेको छ । गणतन्त्र इतिहासको आवश्यकता हो । लामो सयमदेखि नेपाली समाज विभेद, अन्याय, अवसरबाट वञ्चित भएर बस्यो । राज्यको अवसर प्राप्त गर्न नेपाली जनतालाई कठिन भयो । समान अवसर प्राप्त गर्न, समाजको विभेद उत्पीडन अन्त्य गर्न, लोकतन्त्रमा मानिसको वैयत्तिक स्वतन्त्रतासँग जोडेर, समाजको सबै खालको विभेद अन्त्य गर्न, समावेशीता र लोकतन्त्रतालाई संस्थागत गर्ने उद्देश्यका साथ मुलुकमा गणतन्त्रको आवश्यकता महसुस भयो । त्यहीअनुसार तिनै असमानताको जगबाट आन्दोलन सुरु भएर गणतन्त्र स्थापना भएको छ । गणतन्त्र कुनै सत्ताको परिर्वतन होइन, जनताको अधिकार र विकासलाई स्थापित गर्ने एउटा शासन प्रणाली हो । त्यो आज प्राप्त भएको छ ।

 

 

 

निकै सङ्र्घष र बलिदानीबाट गणतन्त्र स्थापना गरियो । जुन उद्देश्यले गणतन्त्र स्थापना गरियो, जनताले चाहेअनुसार भएको पाउनुभएको छ ?
गणतन्त्र स्थापना गर्न जनता लडेका थिए । त्यो बेलाको अवस्था र अहिलेको अवस्थामा धेरै अन्तर छ । आज मुलुकको लोकतन्त्र स्थापना भएको छ । जनताले निर्धक्क तरिकाले आफ्ना कुराहरु राख्न पाएका छन् । आफ्ना अधिकारहरु संविधानमा लेखेका छन् । सामानुपातिक सहभागिता र समावेशीताको सिद्धान्त संविधानमा प्रष्ट लेखिएको छ । त्यो कार्यान्वयनका चरणमा छ । जनताले पाएका छन् । विकास पनि भएको छ । नेपाल हरेक क्षेत्रमा अघि बढिरहेको छ । स्थानीय सरकारमार्फत गाउँगाउँमा विकास पुगेको छ । जति अपेक्षा गरिएको हो, त्यो अनुसार भएको छैन । हिजो के थियो र आज के छ हामीले तुलना गरेर हेर्ने हो भने पनि काफी अन्तर छ ।

 

 

 

गणतन्त्रपछि नेपाली जनतामा छुट्टै मीठो सपना थियो । साँच्चै गणतन्त्रको महसुस जनताले गर्न पाएका छन् त ?

जनताको अपेक्षाअनुसार सुशासन, रोजागरी र विकासले जुन गति लिनुपर्ने हो । त्यो अनुसार हुन सकेको छैन । हामीले सोचेअनुसार सुशासन हुन सकेको छैन । जनताको सुशासनको चाहना छ । त्यो दिशातर्फ अघि बढ्नुपर्ने छ । विकासको कुरा गर्दा त हिजोको विकास र आजको विकासमा हामी धेरै फड्को मारेको छौँ तर पनि जनताको अपेक्षा र चाहना यति मात्रै होइन । अझै अगाडि बढ्ने क्रम जारी छ । यतिमै चित्त बुझाउने पनि होइन । गणतन्त्रको गन्तव्य पनि यति मात्रै होइन, हाम्रो सपना सकिएको छैन । सपनाहरु धेरै बाँकी छन् । हामी नेपाली समाजलाई गन्तव्यमा पु¥याउने अभियानमा छौँ । समाजवादोन्मुख राज्य व्यवस्थाको परिकल्पना संविधान निर्माताहरुको सङ्कल्प छ । नेपाली समाजलाई विस्तारै रुपान्तरण गर्दै अघि बढ्ने हो ।

 

 

 

नेपालमा सूचना प्रविधिको विकाससँगै भौतिक पूर्वाधारदेखि हरेक क्षेत्रका विकास क्रमश भइरहेको छ । तर नेपाली जनताले किन महसुस गर्न सकेनन् ?

सूचना प्रविधिको विकास आज विश्वमै उच्च गतिमै भइरहेको छ । नेपाली समाज भर्खरै विकास हँुदै गरेको समाज हो तर अत्याधुनिक सूचना प्रविधिको पहँुच सबैमा पुगेको छ । त्यसको कसरी प्रयोग गर्ने ? त्यसको सही प्रयोग गरेको हो ? वा दुरुपयोग गरी सूचना प्रवाह गरेको हो, आमनागरिकले छुट्टयाउन सकिरहेको अवस्था छैन । नेपाली समाजमा सकारात्मक पाटो लुकाएर नकारात्मक कुरा मात्रै देखाउने काम भइरहेको छ । खाली भएन, भएन भन्ने मात्रै सन्देश प्रवाह भएको छ । यसले समाजलाई अराजक बनाउन, जवाफदेही बनाउने काम भएको छ । समाजमा अनास्था पैदा गर्ने काम भएको छ । सूचना प्रविधिको विकास जरुरी छ । अझ उन्नत खालको प्रविधि जरुरी छ । नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, मावनीय र भौतिक क्षेत्रको विकासमा प्रयोग गर्नुपर्छ । तर सूचना प्रविधिको गलत र अनियन्त्रित प्रयोग गर्नाले राज्य, राजनीतिक दल, राजनीतिक नेतृत्व दलप्रति पनि नागरिकको विश्वासको सङ्कट पैदा गर्ने काम भयो । राज्यप्रति जनताको विश्वास नभएपछि राज्य बन्दैन । राज्यप्रति विश्वास जगाए मात्रै नेपाली समाजको विकास हुन्छ । राज्यप्रति अस्वभाविक असन्तुष्टिको भाव पैदा गर्न खोजिएको छ । त्यसलाई चिर्दै सही तरिकाले प्रयोग गर्नुपर्ने देखिन्छ ।

 

 

 

गणतन्त्र स्थापनापछि मुलुक एउटा लयमा गइरहेको अवस्थामा सुशासन नारा लगाउँदै जेन्जी आन्दोलन भयो । त्यस क्रममा ठूलो जनधनको क्षति भयो । यस्ता घटनाले गणतान्त्रिक व्यवस्थालाई थप सुदृढ गर्छ त ?नेपाली समाज गत भदौ २३ र २४ गतेको घटनाले अहिले पनि शिथिल अवस्थामा छ । नागरिकमा मनोवैज्ञानिक असर परेको छ । एउटा सुरक्षा व्यवस्था र अर्कोतिर यो देशमा केही पनि हुँदैन भनेर युवा जमातमा चरम निराशा पैदा भएको छ । यसले गर्दा विदेश पलायनको दर अझै बढेको छ । निजी क्षेत्र, व्यवसायीहरु त्रसित छन् । लगानी गर्ने हो तर सुरक्षाको ग्यारेन्टी छैन । नेपाली समाज पनि विक्षिप्त अवस्थामा छ । जेनजी आन्दोलनको सुशासन, विकास र रोजगारीको नारा राम्रो थियो । सबै नेपालीले चाहेको पनि त्यही हो । नारा राम्रो थियो तर त्यसको जगमा जुन खालको विध्वश भयो । त्यसले मुलुकको विकासमा धेरै पछाडि परेको छ । सामाजिक मनोविज्ञानलाई पनि धेरै असर परेको छ । यस्ता घटनाले गणतन्त्रलाई दख्खल पार्ने काम गरेको छ । देश बनाउने खरानी बनाएर होइन, सिर्जनाले हो । नेपालमा केही गरौँ भन्ने व्यावसायिक व्यक्तिलाई पनि लगानी गर्ने वातावरण दिन नसके त्यसले ठूलो नोक्सान पु¥याउँछ ।

 

 

नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट गणतन्त्र प्राप्त भएको हो । यसलाई थप सुदृढ बनाउन राज्य, सरकार र राजनीतिक दलले के गर्नुपर्छ ?

राजनीतिक दलहरुले दलीय स्वार्थभन्दा राष्ट्रलाई शिरमा राख्नुपर्छ । दलीय स्वार्थभन्दा राज्यको स्वार्थ ठूलो हो भनेर हेर्नुपर्छ । राज्यको ठाउँबाट हेर्दा, जनताको चाहना सुशासन र पारदर्शीको हो । त्यो चाहना परिपूर्ति गर्ने गरी अघि बढ्नुपर्छ । भ्रष्टाचार नियन्त्रण दीर्घकालीन हिसाबले नै सरकारका कदम हुनुपर्छ । युवाहरु भनेको यो देशको भविष्य हो । युवाहरुलाई आशा नजगाएसम्म देश बन्दैन । ‘बन्छ मेरो देश’ भन्ने आशा, विश्वास र भावना जगाउन जरुरी छ । देशभित्र सम्भावना देखाउनुपर्छ ।

 

 

 

देशभित्र गर्न सकिन्छ, देशभित्र बाँच्न सकिन्छ भनेर आशा जगाउनुपर्छ । रोजगारीका सम्भावना देशभित्र सरकारले देखाउनुपर्छ । वर्तमान सरकारको यही जगमा बनेको छ । शिक्षा र स्वास्थ्यमा समान हक राज्यको कायम गर्नुपर्छ । संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । नेपालको संविधानमा मौलिक हकदेखि लिएर समृद्ध नेपाल र सुखी नेपालको सङ्कल्प साकार पार्ने समाजवादोन्मुख राज्यव्यवस्था र अर्थव्यवस्थाको सबै व्यवस्था त्यही छ । संविधानमा सबै विषयहरु छन् । संविधान संशोधन गर्दा राष्ट्रिय सहमति गरेर जानुपर्ने हुन्छ । बन्नुपर्ने कानुनहरु अझै बनेका छैनन् । संविधान संशोधनको विरोधी हामी होइनौँ तर के विषयमा संविधान संशोधन हो भन्ने त प्रष्ट हुनुप¥यो । गणतान्त्रिक व्यवस्थामा जनताले अनुभूत गर्ने गरी लोकतान्त्रिक सरकार र राजनीतिक उत्तरदायित्व हुन आवश्यक छ ।

 

 

 

अन्त्यमा, गणतन्त्र दिवसका अवसरमा थप केही भन्न चाहनुहुन्छ कि ?

गणतन्त्रले समावेशीता, समानुपातिक प्रतिनिधित्व, लोकतान्त्रिक स्वतन्त्रता, वाक स्वतन्त्रता प्रदान गरेको छ । विभेदका पर्खाल तोड्ने कुराको अभ्यास गणतन्त्रणको उपहार हो । एउटा गृहिणी राज्य सञ्चालनको महत्वपूर्ण ठाउँमा पुगेका छन् । यो गणतन्त्रकै उपहार हो । जनताले गणतान्त्रिक व्यवस्थामा राम्रा कुरा प्राप्त गरेका छन् । देख्ने र भोग्ने गरी राम्रा कामहरु भएका छन् । गर्न बाँकी अझै धेरै छन् । अझै सिर्जनशील तरिकाले काम गर्न जरुरी छ । थप सुविधा जनालाई दिनुपर्छ । जनताको अपेक्षाअनुसार पूरा गर्ने सङ्कल्पका काम गर्ने आजको दिनको आवश्यकता हो । यस कार्यमा सरकार र सबै राजनीतिक दलहरु जवाफदेही, जिम्मेवार, उत्तरदात्यिव निर्वाह गर्न सकौँ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जलजलामा ‘गोठस्टे’ सञ्चालन

जलजला (म्याग्दी),  म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ ।समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरुले गोठबास सञ्चालन गरेका हुन् । गुरिल्ला...

एक करोडमा अतिथि गृह निर्माण

पर्वत  समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा अतिथि गृह निर्माण गरिएको छ ।जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थानमा अवस्थित कालाञ्जर पहाडमा अध्ययन, अवलोकन र घुम्नका लागि आउने पर्यटकहरुलाई लक्षित गरी रु एक करोडभन्दा बढीको लागतमा अतिथि...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  सङ्केत बत्ती...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन, जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो ।       उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी, जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९