आलेखः विश्वविद्यालयको लक्ष्यमा अगाडि बढ्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

भक्तपुर, बागमती प्रदेशको राजधानी हेटौँडामा गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरी काठमाडौँ बाहिरका उत्कृष्ट मेडिकल कलेजका रुपमा विकास गर्ने लक्ष्य बोकेर अगाडि बढ्दैछ मदन भण्डारी विज्ञान स्वास्थ्य प्रतिष्ठान । देशका सातै प्रदेशमध्येका पहिलो स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापित हँुदै सेवा प्रवाहमा निरन्तर अगाडि बढेको संस्थाका रुपमा यसले पहिचान बनाउन सफल भएको छ । बागमती प्रदेशमा ठूलो अस्पताल सञ्चालन गर्ने मात्र नभई बागमती प्रदेशभित्रका प्रदेशस्तरीय अस्पतालहरुका लागि आवश्यक स्वास्थ्यका जनशक्ति उत्पादन गर्ने मूल लक्ष्यका साथ २०७६ असोज २ गते बागमती प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सेवा र अनुसन्धानमूलक कार्यको लक्ष्यसहित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ मार्फत सञ्चालनमा ल्याएको यस प्रतिष्ठानले छोटो समयमा आफ्नो लक्ष्य हासिल गर्न सफल भएको छ ।

 

 

 

ऐन जारी भएपछि प्रतिष्ठानले औपचारिक रूपमा २०७७ सालदेखि आफ्नो कार्य सुरु गरी हेटौँडालाई मात्र नभई बागमती प्रदेशका १३ जिल्लालाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षा उपलब्ध गराउने केन्द्रका रूपमा प्रदेश सरकारबाट अधिकार प्रदान गरेको छ । प्रदेशको मुख्यमन्त्री कुलपति र स्वास्थ्यमन्त्री सहकुलपति रहने ऐनमा व्यवस्था गरेअनुसार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रतिष्ठानको कुलपति, स्वास्थ्यमन्त्री किरण थापा मगर सहकुलपति र प्रदेश सरकारले नियुक्त गरेको प्राडा प्रदीप ज्ञवाली उपकुलपतिका रुपमा कार्य गर्दै आउनुभएको छ ।

 

 

प्रतिष्ठानका कुलपति एवं प्रदेशका मुख्यमन्त्री बानियाँले हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेश सरकारद्वारा स्थापना गरिएको नेपालको पहिलो प्रदेशस्तरीय स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको बताउनुहुन्छ । यसको मुख्य उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्सा शिक्षामा जनशक्ति उत्पादन र स्वास्थ्य अनुसन्धानलाई एकै संस्थामार्फत अगाडि बढाउनु नै रहेको उहाँ बताउनुहुन्छ ।मुख्यमन्त्री बानियाँ भन्नुहुन्छ, “प्रदेश सरकारले प्रतिष्ठानलाई प्रदेशस्तरको प्रमुख स्वास्थ्य शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजनाका साथ हामी अगाडि बढेका छौँ, यसका लागि प्रदेश सरकारले आवश्यक बजेट र कार्यक्रम अगाडि सारेको छ ।”

 

 

प्रतिष्ठानका सहकुलपपति एवं स्वास्थ्यमन्त्री मगर प्रदेशको १३ जिल्लाको स्वास्थ्यको ‘हब’का रुपमा यसलाई विकास गर्ने लक्ष्यसहित सरकार अगाडि बढेको बताउनुहुन्छ । प्रतिष्ठानबाटै जनशक्ति उत्पादन, व्यवस्थापनदेखि स्वास्थ्य सवाको विस्तारका कार्यक्रम र शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

 

 

उहाँ भन्नुहुन्छ, “प्रतिष्ठानले गैरनाफामूलक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, आङ्गिक क्याम्पसहरुका रुपमा शैक्षिक सेवा सञ्चालन गर्ने, मल्टिस्पेसालिटी अस्पतालका रुपमा विकास गर्ने, क्याथ ल्याबसहित मुटुको सेवा विस्तार गर्ने, गुणस्तरीय औषधि उत्पादनको ल्याब स्थापना गर्ने लक्ष्यका साथ प्रतिष्ठान अगाडि बढिरहेको छ । विश्वविद्यालय सञ्चालनसम्मको सपना पूरा गर्छौं ।”

 

 

मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले प्रतिष्ठानलाई प्रदेशस्तरमा देशकै नमूना अस्पतालका रुपमा विकास गर्न लागिपरेको बताउनुभयो । उहाँले अस्पतालमा सघन उपचार सेवा, सुत्केरी वार्ड, शल्यक्रिया कक्ष, डायलासिस सेवा विस्तारसंगै नयाँ भवनबाट मुटुको उपचारका लागि क्याथ ल्याब, ओपन हार्ट सर्जरी, कार्डियो भास्कुलर सर्जरी, युरो सर्जरी, (पिसाब÷किड्नीसम्बन्धी), ग्यास्ट्रोलोजी, युरो सर्जरी, आँखासम्बन्धी उपचार, नाक, कान, घाँटीको विशिष्टीकृत सेवा, मिर्गौला प्रत्यारोपण सेवा, डायलोसिस सेवालाई ३० शय्यामा विस्तार गरी चौबिसै घण्टा सञ्चालन गर्ने, दन्त सेवा, मनोरोग तथा लागूऔषध दुव्र्यसन उपचार तथा पुनस्र्थापना केन्द्रसहितको विशेषज्ञ सेवाहरू सञ्चालनलाई साकार बनाउन लागिरहको छ ।

 

 

प्रतिष्ठानका उपकुलपतिका रुपमा प्राडा ज्ञवाली २०८१ असोज १८ गते जिम्मेवारी सम्हालेपछि विकासको गति लिएको थियो । डा ज्ञवालीका अनुसार प्रतिष्ठानले दक्ष स्वास्थ्य जनशक्ति उत्पादन, सरकारी मेडिकल शिक्षाको विस्तार, स्वास्थ्य क्षेत्रमा अनुसन्धान प्रवद्र्धन, आधुनिक प्रविधिमैत्री चिकित्सा शिक्षा र गुणस्तरीय तथा पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यलाई स्थापित गरेको छ ।

 

 

प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्नातक तथा स्नातकोत्तर स्वास्थ्य शिक्षा कार्यक्रम, एनेस्थेसिया टेक्निसियन तालिम, स्वास्थ्यकर्मीहरूको क्षमता विकास तालिम, मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान सङ्काय विस्तारको लक्ष्यका साथ अगाडि बढिरहेको छ । स्थानीय स्वास्थ्य समस्यामाथि अध्ययन, प्रमाणमा आधारित उपचार पद्धतिको विकास, चिकित्सा क्षेत्रमा नवीनता र प्रविधिको प्रयोगमा लागिरहेको यस प्रतिष्ठानले सामुदायिक स्वास्थ्य सेवा, स्वास्थ्य शिविर, जनचेतना कार्यक्रम, स्थानीय तहसँग सहकार्य, प्रदेशका जिल्ला अस्पतालहरुँंगको सहकार्य र विशेष रोगहरूको उपचार सेवा विस्तार गर्दै आएको छ ।

 

 

यसै शैक्षिक सत्रबाट एमबिबिएस कार्यक्रम सुरु गर्न सफल भएका छ । अहिले सात वटा कार्यक्रम संस्थागत रूपमा सञ्चालनमा छ भने बिएससी नर्सिङ कार्यक्रममा पनि १० सिट थप गरेर ३० पु¥याइएको छ । हाल स्नातक तहमा ४५९ र स्नातकोत्तर तहमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । स्नातक तहको पहिलो ब्याचका ३३ जना विद्यार्थी लाइसेन्स परीक्षाको तयारीमा छन् । एमबिबिएसको ५० सिटमा अध्ययन सुरु भएको छ ।

 

 

 

हाल नेपालमा विशेषज्ञ चिकित्सकको आवश्यकता बढ्दो अवस्थामा छ । धेरै विद्यार्थी विशेषज्ञ अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यतालाई कम गर्दै यहाँ विशेषज्ञ जनशक्ति उत्पादनमा प्रतिष्ठान लागेको छ । प्रथम वर्षमा सात वटा कार्यक्रम सुरु भएकामा छ वटा कार्यक्रम विस्तार गरी १३ वटा स्नातकोत्तरतर्फका कार्यक्रम सञ्चालन भइरहेको छ । यसले प्रदेशमै विशेषज्ञ शिक्षा प्राप्त गर्ने अवसर सिर्जना मात्रै गरेको छैन, प्रदेशमा आवश्यक जनशक्ति परिपूर्तिको काममा सहजता हुने भएको छ ।

 

 

हाल प्रतिष्ठानमा स्नातक तहमा ४५९ जना विद्यार्थी अध्ययनरत छन् भने स्नातकोत्तर तहमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । एमबिबिएसतर्फ पहिलो ब्याचका ३३ जना विद्यार्थी उत्तीर्ण भई लाइसेन्स परीक्षामा सहभागी हुँदैछन् । अस्पतालको गुणस्तरीय सेवा विस्तारमा यसले दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन महत पु¥याउने छ ।

 

 

प्रतिष्ठानले हाल स्नातक तहका कार्यक्रममा चार वर्ष अवधिको ब्याचलर अफ पब्लिक हेल्थका साथै सरुवारोग, स्वास्थ्य प्रणाली व्यवस्थापन, जनस्वास्थ्य अनुसन्धान, स्वास्थ्य प्रवद्र्धन, शिक्षालगायत विभिन्न विषय सञ्चालन गर्दै आएको छ । त्यस्तै सन् २०२३ बाट चारवर्षे अवधिको बिएसी नर्सिङ अध्ययन सञ्चालन गरेको छ भने चार वर्ष अवधिको स्नातक तहको फार्मेसी अर्थात् बी फर्मा, चारवर्षे अवधिको ल्याब टेक्निसियनलगायतको शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नाका साथै यसै वर्षदेखि एमबिबिएसको अध्ययन सञ्चालनमा ल्याएको छ ।

 

 

तालिमतर्फ एनेस्थेसिया प्राविधिक उत्पादनका लागि विशेष तालिम कार्यक्रम सञ्चालन गर्नाका साथै जनस्वास्थ्यमा स्नातकोत्तर, ब्याचलर अफ नर्सिङ साइन्सलगायत स्वास्थ्य विज्ञान कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्यमा रहेको छ । प्रतिष्ठानले प्रदेशका १३ जिल्लाका विद्यार्थीलाई शैक्षिक कार्यक्रममा समावेश गरी यहीँका जिल्ला अस्पतालहरुमा सेवा गर्ने अवसर दिने गरी योजना अगाडि बढाएको छ । सङ्घीय सरकार र विश्वविद्यालय अनुदान आयोगले छात्रवृत्ति अनुदानको व्यवस्था गरे जनशक्ति उत्पादनमा निकै सहज हुने भएकाले प्रतिष्ठान त्यसका अनुदानका लागि पहल गरिरहेको छ ।

 

 

विसं २०८२ फागुन २८ गते रु आठ करोड ६१ लाख लागतमा प्रतिष्ठानका लागि मुख्यमन्त्री बानियाँ र स्वास्थ्यमन्त्री मगरले शिलान्यास गर्नुभएको प्रिफ्याब भवनको आउँदो असारमा सम्पन्न गरी सेवा प्रवाह गरिने बताइएको छ । त्यसैगरी, प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा रु २८ करोड ५४ लाखको लागतमा निर्माण सम्पन्न भएको हेटौँडा अस्पतालको पाँचतले नयाँ भवनको मुख्यमन्त्रीले उद्घाटन गरेपछि थप सेवाहरु विस्तार भएका छन् । प्रतिष्ठान स्थापना हुनुअगाडि हेटौँडा अस्पतालमा जम्मा १०० शय्या थिए । अहिले त्यो सङ्ख्या बढेर ३१३ पुगेको छ । प्रदेश सिनेटले पास गरेसँगै ५०० शय्याको शिक्षण अस्पतालका रुपमा सेवा विस्तार गर्ने लक्ष्य तयारी गरेको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरी ‘मोडुलर ओटी’ सञ्चालनमा आएपछि जटिल शल्यक्रिया यहीँ हुन थालेपछि बिरामीको विश्वास जित्दै गएको छ ।

 

 

पाँच बिघा क्षेत्रफलमा फैलिएको अस्पताल भवनसहितका संरचनाहरुसँगै नजिकै रहेको साढे सात बिघा जमिनको सदुपयोग गर्दै भाडाका भवनमा छरिएर रहेका शैक्षिक सेवालाई आउँदो असार–साउनदेखि एकै ठाउँमा ल्याएर सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटीले हड्पेर भाडा उठाइरहेको संरचना फिर्ता ल्याउनेदेखि प्रदेश आपूर्ति केन्द्र, स्वास्थ्य निर्देशनालयलाई स्थानान्तरण गर्ने प्रयास पनि भइरहेको छ ।

 

 

प्रतिष्ठानका शिक्षाध्यष प्राडा दिनेशकुमार लम्सालले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा सम्झौता गरेर अनुसन्धानको काम अगाडि बढिरहेको बताउनुहुन्छ । प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा अनुसन्धानको माध्यमबाट त्यहाँको समस्या पहिचान गरी योजना बनाउन सकिने उहाँ बताउनुहुन्छ । प्रतिष्ठानको आफ्नै परीक्षा बोर्ड छ । प्रतिष्ठानलाई यतिमा मात्रै सीमित नराखी विश्वविद्यालयका रुपमा विकास गरी १३ वटै जिल्लामा शैक्षिक कार्यक्रमको स्वीकृति दिई स्वास्थ्यको जनशक्ति उत्पादनमा लैजानुपर्ने आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।

 

 

प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईंले हेटौँडा अस्पताल बागमती प्रदेशकै गौरवको आयोजना भएको बताउनुहुन्छ । नयाँ प्रिफ्याब भवन निर्माण भएसँगै प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरू आफ्नै पूर्वाधारबाट सञ्चालन गर्न सकिने अवस्था सिर्जना हुने, भवनमा कक्षाकोठा, प्रशासनिक कक्ष, प्रयोगशालालगायत आवश्यक पूर्वाधार समावेश गरिने भएको छ ।

 

 

यहाँ मकवानपुरबाट मात्रै नभई सिन्धुली, सर्लाही, बारा, महोत्तरी, बर्दिवासलगायत विभिन्न ठाउँबाट बिरामीको चाप बढ्दै गएको छ । भैतिक पूर्वाधारको विकास, गुणस्तरीय सेवा, टिकट काउण्टर, फार्मेसी काउण्टरको विस्तार, मोडुलर ओटी सञ्चालन, आइसियू लगायतका सेवाहरु विस्तारसँगै अस्पतालको गुणस्तरीय सेवा प्रवाहले दैनिक एक हजार ६०० सम्म बिरामी आउन थालेको बताउनुहुन्छ, प्रतिष्ठानका रजिष्ट्रार गुरागाईं ।

 

 

प्रतिष्ठानका डिन डा इन्दिरा अधिकारी पौडेलले यहाँ सञ्चालन शैक्षिक कार्यक्रममा सहभागीहरुलाई कम्युनिटी फिल्डमा पठाउने गरेको बताउनुहुन्छ । प्रतिष्ठानमा हाल ११० जना शिक्षक सेवारत रहेका छन् । प्रतिष्ठानले सानातिना सर्जरी मात्रै नभई ठूला सर्जरी सेवा पनि यहीँबाट दिन थालेको छ । क्यान्सर, ठूला हर्नियालगायत विभिन्न शल्यक्रिया सेवा यहीँबाट सञ्चालन भएपछि चितवनदेखि काठमाडौँसम्म पठाउनुपर्ने बाध्यता हटेको छ । प्रदेश र सङ्घीय सरकारले आधुनिक प्रविधि पठाउने र जनशक्तिलाई तिालिम दिने व्यवस्था गर्न सके प्रदेशका १३ वटै अस्पतालको ‘रेफर सेन्टर’का रुपमा यस अस्पताललाई विकास गर्न सकिने सर्जरी विभागका विभागीय प्रमुख प्राडा सुजन मानन्धर बताउनुहुन्छ । यहाँ रोबोटिक सर्जरी सुरु गर्नसके र मुटु सेवालाई विशेषज्ञ केन्द्रका रुपमा लानसके प्रभावकारी हुने उहाँ बताउनुहुन्छ ।

 

 

अस्पतालका निमित्त निर्देशक एवं बाल रोग विशेषज्ञ डा राजु सेढाईंले अस्पतालमा बालरोगका लागि एनआइसियू र आइसियूको छिट्टै सञ्चालनमा आउन लागेको बताउँदै अस्पतालको विभिन्न सेवा विस्तारको कार्य जारी रहेको बताउनुहन्छ । अस्पतालप्रति बिरामीको विश्वाससँगै चाप बढेको अवस्थामा जनशक्ति उचित व्यवस्थापन गर्नसके अझै प्रभावकारी हुने बताउनुहुन्छ । अस्पतालमा उपचारका लागि आउने मिर्गौलाका बिरामीका लागि ओपिडी सेवा सहज भए पनि डायलासिका लागि भने पालो कुर्नुपर्ने अवस्था रहेको अस्पतालकी मिर्गौला रोग विशेषज्ञ एवं प्रमुख दिव्यश्वरी श्रेष्ठ बताउनुहुन्छ । मिर्गौला रोगका बिरामीलाई सहज सेवा प्रवाह गरेको उहाँको भनाइ छ । रमेश गिरी / रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९