विपद् जोखिम घटाउन पाँच पालिकामा पूर्वतयारी

कञ्चनपुर,  कञ्चनपुरका पाँच स्थानीय तहमा विपद् पूर्वतयारीलाई समुदायस्तरसम्म विस्तार गर्ने अभियान सञ्चालन गरिएको छ ।सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले वडा तहका विपद् व्यवस्थापन समितिलाई सशक्त र क्रियाशील बनाउन विभिन्न कार्यक्रम अघि बढाइएका छन् ।बाढी, डुबान, अत्यधिक गर्मी (लू) र आगलागीका घटना बाट हुने क्षति न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको छ ।

 

 

विपद्को उच्च जोखिममा रहेका शुक्लाफाँटा, भीमदत्त, बेलौरी र पुनर्वास नगरपालिका तथा लालझाडी गाउँपालिकाका वडास्तरीय विपद् व्यवस्थापन समितिका सदस्यलाई उद्धार, प्राथमिक उपचार, पूर्वसूचना प्रणाली सञ्चालन, राहत व्यवस्थापन तथा विपद् सचेतनासम्बन्धी अभिमुखीकरण प्रदान गर्न थालिएको छ ।वातावरण संरक्षण तथा समाज कल्याण सङ्घ (पेसवान) र प्राक्टिकल एक्सनको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ अन्तर्गत स्थानीय तहसँगको सहकार्यमा अभियान सञ्चालन गरिएको हो ।

 

 

पेसवानका प्राविधिक सुपरभाइजर जनक लेखकका अनुसार जलवायु परिवर्तनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वडास्तरीय समितिलाई प्रशिक्षण दिइएको हो ।“विपद् भएपछि मात्र उद्धारमा जुट्नेभन्दा पनि त्यसअघि समुदायलाई तयारी अवस्थामा राख्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “त्यसैअनुसार पूर्वसूचना, उद्धार, प्राथमिक उपचार र राहत व्यवस्थापनसँग सम्बन्धित समूहलाई सक्रिय बनाउने काम भइरहेको छ ।”

 

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तोकेका मापदण्डअनुसारका उद्धार सामग्रीसमेत समितिलाई उपलब्ध गराइनेछ । ती सामग्रीको प्रयोग तथा व्यवस्थापनबारे व्यावहारिक अभ्यास गराउने कार्य पनि जारी छ ।कार्यक्रममार्फत बाढी, आगलागी र तातो हावाबाट जोगिन अपनाउनुपर्ने सावधानी तथा पूर्वतयारीबारे विपद् विज्ञहरूले जानकारी दिइरहेका छन् । खोज तथा उद्धारमा प्रयोग हुने उपकरणको प्रयोगबारे समेत प्रशिक्षण प्रदान गरिएको छ ।

 

 

विपद् विज्ञ प्रभूनिधि पन्तले स्थानीय विकास योजना निर्माण गर्दा जोखिम मूल्याङ्कन र जलवायु अनुकूलनलाई अनिवार्य रूपमा समेट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।“दिगो विकासका लागि योजना निर्माणको चरणमै जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तन र विपद् व्यवस्थापनका विषयलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्न सके मात्र दीर्घकालीन उपलब्धि हासिल गर्न सकिन्छ ।”

 

 

कार्यक्रमअन्तर्गत पाँचवटै पालिकाका १७ समुदायमा बाढीजन्य विपद्सम्बन्धी कृत्रिम अभ्यास (मक ड्रिल) सम्पन्न गरिएको छ । सम्भावित बाढीको सूचना प्रवाह, सुरक्षित स्थानमा स्थानान्तरण, उद्धार परिचालन तथा राहत वितरणका प्रक्रियाबारे समुदायस्तरमै अभ्यास गराइएको जनाइएको छ ।

 

 

जोखिम न्यूनीकरणलाई व्यवहारमा उतार्न विभिन्न संरचनात्मक तथा वातावरणीय उपायसमेत अवलम्बन गरिएका छन् । कार्यक्रम अन्र्तगत नदी कटानबाट प्रभावित क्षेत्रमा जैविक तटबन्ध निर्माण गरिएको छ भने बेलौरी र भीमदत्त नगरपालिकामा विपद्का बेला आश्रय लिन सकिने ‘सेफ हाउस’ निर्माणको काम अघि बढाइएको छ । नदी किनारका क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

 

 

त्यसैगरी गर्मीको प्रभाव कम गर्न सार्वजनिकस्थलमा चौतारा निर्माण गर्ने योजना पनि समावेश गरिएको छ । विद्यालयस्तरमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी विषयलाई विद्यालय सुधार योजनासँग आबद्ध गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले समुदायमा आधारित यस्ता कार्यक्रमले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

 

 

“जलवायु परिवर्तनका असर गाउँ–बस्तीमै प्रत्यक्ष देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “समयमै जनचेतना, सीप र समन्वय बढाउन सकियो भने विपद्का कारण हुने क्षति उल्लेखनीय रूपमा घटाउन सकिन्छ । स्थानीय तह, समुदाय र विकास साझेदारबीचको सहकार्य अहिलेको आवश्यकता हो ।”समुदायको सहभागितामा सञ्चालन भइरहेका यस्ता पूर्वतयारी कार्यक्रमले स्थानीयवासीको क्षमता विकासका साथै विपद्का बेला छिटो र प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुग्ने बताइएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

राष्ट्रियसभाः प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण

काठमाडौँ,  राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्तले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिका विषयमा प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा समय माग गर्दै उहाँले राष्ट्रियसभा विशेष प्रकृतिको भएकाले अनिर्णयको बन्दी बनाएर राख्न नहुने उल्लेख गर्दै सीमासम्बन्धी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९