तनहुँमा भजन संस्कृति संरक्षणको पहल

दमौली (तनहुँ),  पछिल्लो समय आधुनिकता र प्रविधिको तीव्र प्रभावका कारण गाउँघरमा परम्परागत भजन संस्कृतिमा कमी आउन थालेपछि यसको संरक्षणका लागि स्थानीयले पहल थालेका छन् । धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनको अभिन्न अङ्गका रूपमा रहेको भजनलाई जोगाउन स्थानीय भजन समूह, युवा पुस्ता, आमा समूह तथा सांस्कृतिक संस्थाहरू एकीकृत रूपमा सक्रिय देखिएका छन् ।व्यास नगरपालिका–५ पतेनीस्थित जलेश्वर भजन समूहका अगुवा तेजप्रसाद लामिछानेका अनुसार पछिल्लो पुस्तामा भजनप्रतिको आकर्षण घट्दै गएको चिन्ताका बीच संरक्षणका प्रयासलाई तीव्र बनाइएको छ ।

 

 

उहाँले भन्नुभयो, “भजन हाम्रो पहिचान हो, यसले गाउँघरको आत्मा बोल्छ । तर पछिल्लो समय मनोरञ्जनका आधुनिक माध्यमहरू बढेसँगै भजन ओझेलमा पर्न थालेको छ । त्यसैले हामीले यसलाई निरन्तरता दिन विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।” उहाँले नियमित भजन अभ्यास, स्थानीय उत्सवहरूमा प्रस्तुति तथा नयाँ पुस्तालाई सिकाउने कार्यक्रममार्फत भजनलाई जीवित राख्ने प्रयास भइरहेको बताउनुभयो ।

 

 

व्यास नगरपालिका–५ स्थित सिन्धु भजन समूहका रामबाबु रेग्मीले पछिल्ला केही वर्षयता युवापुस्तामा भजनप्रति सकारात्मक परिवर्तन देखिन थालेको बताउनुभयो । “पहिले भजनमा ज्येष्ठ नागरिकको मात्र उपस्थिति देखिन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले युवाहरू पनि सहभागी र सिक्न थालेका छन् । यो संरक्षणका लागि अत्यन्त उत्साहजनक पक्ष हो ।” उहाँका अनुसार युवाहरूलाई भजनसँग जोड्नका लागि आधुनिक शैलीमा प्रस्तुति, प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम प्रभावकारी सावित भइरहेका छन् ।

 

 

व्यास नगरपालिका–१ गल्वुवेसीस्थित नवआदर्श आमा समूहका सावित्री हड्खलेका अनुसार भजन संरक्षणमा आमा समूहहरूको योगदान उल्लेखनीय छ । “हामी भजन संरक्षण गर्नुपर्छ भनेर लागिपरेका छौँ । हाम्रो उद्देश्य केवल पूजा गर्नुमात्र होइन, नयाँ पुस्तालाई संस्कार सिकाउनु पनि हो ।” उहाँका अनुसार आमा समूहहरूले भजनमार्फत सामाजिक एकता, नैतिक शिक्षा र सांस्कृतिक चेतना फैलाउने कामसमेत गरिरहेका छन् ।

 

 

पराशर आश्रम संरक्षण समितिका सचिव महेन्द्र गिरीले भजन केवल धार्मिक अनुष्ठानमा सीमित विषय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “भजन हाम्रो इतिहास, संस्कृति, जीवनशैली र सामुदायिक एकताको प्रतीक हो । यसले मानिसहरूलाई जोड्ने, सहकार्य र सहिष्णुता बढाउने काम गर्छ ।”

 

 

 

भजनले केवल आध्यात्मिक सन्तुष्टिमात्र होइन, सामाजिक एकता र मानसिक शान्ति प्रदान गर्ने माध्यमका रूपमा पनि काम गर्छ । युवा पुस्तामा बढ्दो विदेशमोह, व्यस्त जीवनशैली, आधुनिक सङ्गीतप्रतिको आकर्षण तथा परम्परागत सीप हस्तान्तरणको अभावजस्ता कारणले भजन संस्कृति सङ्कटमा परेको सरोकारवालाहरू बताउँछन् । यस्ता चुनौतीलाई सम्बोधन गर्न स्थानीय तह, विद्यालय, सांस्कृतिक सङ्घसंस्था तथा समुदायबीच सहकार्य आवश्यक रहेको व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९