मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम),  चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा कुना भएको विशाल ‘माइपोखरी’ । पोखरी यति ठूलो छ कि एउटा कुनाबाट अर्को कुना देख्न सकिँदैन । इलामको सन्दकपुर गाउँपालिका–१ र ३ को सङ्गमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र माइपोखरीले पछिल्लो समय आगन्तुकहरु आकर्षित गरिरहेको छ । यहाँ पुग्ने जो कोहीले एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने र भिडियो बनाउने गरेका छन् । पछिल्लो समय यहाँ तस्बिर लिने, भिडियो बनाउने र पूजापाठ गर्न आउनेको भिड लाग्ने गरेको छ ।

 

 

समुद्री सहतदेखि दुई हजार १०० मिटर उचाइमा अवस्थित माइपोखरी पूर्वी पहाडकै आकर्षक धार्मिक पर्यटकीय क्षेत्र हो । माइपोखरीको एक दशमलव ८ हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेशनशील मानिएको छ । माइपोखरीमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । बलिप्रथा निशेधित माइपोखरीलाई साक्षात देवीका रुपमा पूजा गरिँदै आएको छ । यहाँ मनोकाङ्क्षा पूरा होस् भनेर भाकल गर्ने तथा परेवा उडाउने प्रचलन छ ।द्वापरयुगको अन्त्यमा पाँच पाण्डव वनबासमा रहने क्रममा सुनसरीको बराहक्षेत्र, झापाको अर्जुनधारा हुँदै इलामको माइपोखरीसम्म आएर फर्किएको किंवदन्ती छ । माइपोखरीलाई हिन्दू, बौद्ध र किरात धर्मको आस्थाका रुपमा लिइन्छ ।

 

माइपोखरीप्रतिको आकर्षण पछिल्लो समय स्वदेशी मात्र होइन, विदेशी पर्यटकमा उत्तिकै छ । यसको प्रचारले पर्यटकीय सम्भावनाले भरिपूर्ण सन्दकपुर गाउँपालिकालाई नै थप लोकप्रिय बनाउँदै लगेको छ । माइपोखरी इलाम सदरमुकामबाट उत्तरमा बिब्ल्याँटे बजार हुँदै आधा कालोपत्र र आधा कच्ची गरी १३ किलोमिटर सडक पार गरेर पुग्न सकिन्छ ।

 

 

यहाँ नेपालसहित भारतका विभिन्न क्षेत्र तथा अन्य विदेशी पर्यटक आउने गरेको स्थानीय लीला भट्टराईले बताउनुभयो । “माइपोखरी अवलोकन गर्न दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यातायातको सहजताले माइपोखरी अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।” चारचक्के तथा दुईचक्के सवारीसाधनबाट सहजै माइपोखरी पुग्न सकिने भएकाले युवायुवतीको रोजाइमा माइपोखरी परेको हो ।

 

 

पर्यटकको चहलपहलसँगै माइपोखरी आउने पर्यटकलाई लक्षित गरी होटलसमेत विस्तार हुँदै गएका छन् । स्थानीयले होटल तथा होमस्टे सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको सन्दकपुर गाउँपालिका–३ का होटल सञ्चालन निमतेन्जी शेर्पाले बताउनुभयो ।

 

 

“माइपोखरी अवलोकन गर्नका लागि युवायुवती समूहसमूहमा दिनहुँ आउने जाने गर्दछन्”, शेर्पाले भन्नुभयो, “यसको अझ प्रचारप्रसार गरे प्रशस्त फाइदा सन्दकपुरवासीले लिन सकिन्छ ।” माइपोखरीलाई सन् २००८ अक्टोबर २८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दशौँ बैठकले विश्वसम्पदा सूचीमा राखेको छ ।

 

 

प्रचारप्रसारका लागि बर्सेनि बहुधार्मिक महोत्सव

माइपोखरीको प्रचाप्रसारका लागि बर्सेनि ‘माइपोखरी बहुधार्मिक महोत्सव’ आयोजना हुँदै आएको छ ।  बर्सेनि हरिबोधनी एकादशीका अवसरमा पारेर सन्दकपुर गाउँपालिकाले दुईदिने बहुधार्मिक महोत्सव आयोजना गर्दै आएको छ । माइपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने एवं बहुधार्मिक तीर्थका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्ने गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो । त्यहाँ २०८० सालदेखि गाउँपालिकाले बर्सेनि बहुधार्मिक महोत्सव आयोजना गर्दै आएको छ ।

 

“सन्दकपुर गाउँपालिकाले माइपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न चाहेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “विगत तीन वर्षदेखि यहाँ बहुधार्मिक महोत्सव आयोजना गर्दै आएका छौँ, यसको अझ प्रचारप्रसार गर्नसके सन्दकपुरकै विकास र समृद्धिमा टेवा पुग्ने विश्वास छ ।”

 

 

माइपोखरीलाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको गाउँपालिकाले जनाएको छ । माइपोखरीको प्रवद्र्धनका लागि पालिकाकोतर्फबाट सधैँ साथ रहने गाउँपालिका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीले बताउनुभयो ।

 

 

जैविक विविधताको दृष्टिले महत्वपूर्ण

माइपोखरी धार्मिक दृष्टिले मात्र होइन, जैविक विविधताको दृष्टिलेसमेत महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा चार प्रजातिका लालीगुराँस, तीन प्रजातिका चाँप, १६ प्रजातिका सुनाखरी, ६२ प्रजातिका जडीबुटीसहित ३०० प्रजातिका फूल फुल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्युलगायत वनस्पति पाइन्छ ।

 

 

त्यस्तै, यहाँ १२ प्रजातिका जलचर, छ प्रजातिका उभयचर, तीन प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २०० बढी प्रजातिका चराचुरुङ्गीहरु पाइन्छन् । माइपोखरीमा धार्मिक आस्थाका, प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न र वातावारणीय पक्षको अध्ययन अनुसन्धान गर्न पर्यटक पुग्ने गर्दछन् । माइपोखरी पुग्नेले माइपोखरीको दर्शनसँगै माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्ध गुम्बा, तीनचुलो, युमाथानलगायको अवलोकन गर्न पाउँछन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९