अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी,  जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।

 

रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहका अध्यक्ष मनकुमारी पुनले १२ जना महिला उद्यमीले अल्लोबाट कपडा बनाउने काम गरिरहेका जानकारी दिनुभयो । “एक जनाले वार्षिक रूपमा ४५ देखि एक सय ५० मिटरसम्म अल्लोबाट कपडा बनाउँछौँ”, उहाँले भन्नुभयो, “प्रतिमिटर रु पाँच सयदेखि रु सात सय पचासका दरले अल्लो कपडा बिक्री हुन्छ ।”

 

 

हिउँदयाममा लेकाली क्षेत्रको जङ्गलमा अल्लोको पुवा सङ्कलन, प्रशोधन गरी धागो बनाउने र घरायसी कामबाट बचेको फुर्सदको समयमा धागो बनाउने गरेको उद्यमी हिमदेवी घर्तीले बताउनुभयो । उहाँका अनुसार चाल्से सिस्नोको डाँठको बाहिरी भागबाट पुवा निकाल्ने गरिन्छ । पुवालाई तातोपानीमा पकाएर तयार पारिएको रेसादार धागोलाई तानको सहायताले कपडा बुन्ने गरिन्छ ।

 

 

“वातावरणमैत्री, बलियो, टिकाउ, आकर्षक र मौलिक सीपमा आधारित भएकाले अल्लोको धागो र कपडाको खपतसँगै माग पनि बढेको छ”, घर्तीले भन्नुभयो, “खेतीकिसानी र घरायसी कामबाट बचेको समयको सदुपयोगसँगै भएको आम्दानीले घरखर्च चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ ।”

 

 

उद्यमीहरूले कपडाका विभिन्न सामग्री बनाएर विविधिकरण गर्न थालेका छन् । ग्राहकको माग अनुसार कोट, झोला, सपिङ ब्याग, सल, पछ्यौरा, ‘पर्स’ बनाएर बिक्री गर्दा थप आम्दानी हुने उद्यमी गौमाया पुनले बताउनुभयो । “यसअघि परम्परागत शैली र डिजाइनमा कुर्ता सुरुवाल मात्रै सिलाउने गरेका थियौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय ग्राहकको माग अनुसार नयाँनयाँ डिजाइनमा कपडा सिलाउन थालेपछि थप आम्दानी भएको छ ।”

 

 

अल्लोबाट बनेको एउटा कोटलाई रु पाँच हजार मूल्य पर्ने गौमायाले जानकारी दिनुभयो । उहाँका अनुसार रुम घुम्न आउने पर्यटक र पाहुनाले कोशेलीका रूपमा अल्लोका कपडा किनेर लैजाने गरेका छन् । बेनी, पोखरा, बागलुङ, कुश्माका मेला तथा महोत्सवमा प्रदर्शनीमा लगेर सामानको प्रवर्द्धन गरिएको छ । छुट्टी र चाडपर्व मनाउन जन्मथलो आएका प्रवासीहरू पनि अल्लोका कपडाका ग्राहक बनेको उहाँको अनुभव छ ।

 

 

मालिका गाउँपालिकाकी उद्यम विकास सहजकर्ता होमदेवी खत्रीले रुमका उद्यमीलाई अल्लोको कपडाबाट सामग्री बनाउन स्तरोन्नतिसम्बन्धी तालिमका साथै तान सहयोग गरिएको बताउनुभयो । उहाँका अनुसार गरिबी निवारण कोष, गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमलगायत सङ्घसंस्था तथा सरोकार भएका निकायले तालिम, प्रविधि र पूर्वाधार निर्माणमा सहयोग गरेका छन् ।

 

 

सामूहिक रूपमा कपडा बुन्ने उद्यमीका लागि साझा सुविधा केन्द्रको भवन पनि निर्माण गरिएको मालिका-२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय स्रोतसाधनमा आधारित उद्यमले महिलाको आर्थिक सशक्तीकरणसँगै गाउँमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

 

 

पहिले जङ्गलमा खेर जाने अल्लो आज रुमका महिलाको जीवन परिवर्तन गर्ने माध्यम बनेको छ । परिश्रम, सीप र सामूहिक प्रयासले उनीहरूले गाउँमै आयआर्जनको दिगो आधार तयार गरेका छन् । स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तार गर्न सके अल्लो उद्यम ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९