सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला

दमौली (तनहुँ), जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीमा आयोजित तालिममा कोही महिला कागज काटिरहेका छन्, कसैले धूप बनाउन आवश्यक सामग्री मिसाइरहेका छन् भने केही महिला अचारको मसला तयार पार्न व्यस्त छन् । घरायसी कामकाजमा मात्रै सीमित देखिने महिला नयाँ सीप सिक्दै उद्यमी बन्ने सपना बनाइरहेका छन् ।

 

 

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको सीपमूलक उद्यम विकास तालिमले मनहरीका महिलामा आत्मविश्वास र आशाको नयाँ सञ्चार गरेको हो । म्याग्दे–४ को सहजीकरणमा सञ्चालित तालिममा ३५ जना महिला सहभागी छन् । तालिममा सहभागीले आफ्नो भविष्यको आर्थिक आधार निर्माण गर्दै आत्मनिर्भर बन्ने तयारीमा जुटिरहेका छन् ।

 

 

 

महिलालाई आत्मनिर्भर बनाउन स्थानीय स्रोतसाधनको उपयोग गरेर आयआर्जन गर्न सकिने सीप सिकाउन थालिएको म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले बताउनुभयो । उहाँका अनुसार नेपाली कागजबाट पूजाआजामा प्रयोग हुने सुगन्धित धूप, विभिन्न प्रकारका बत्ती तथा हस्तकलाजन्य सामग्री उत्पादन गर्ने विधि सिकाइएको छ । त्यस्तै स्थानीयस्तरमा उपलब्ध हुने कृषि उत्पादन प्रयोग गरेर विभिन्न प्रकारका अचार बनाउने सीपसमेत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

 

 

तालिमस्थलमा सहभागी महिलाले करेला, आँप, कागती, खुर्सानीलगायत शाकाहारी अचार तयार गरिरहेका छन् । साथै मांसाहारीमा कुखुराको मासु, भैँसी तथा बँदेलको मासुको अचार बनाउने विधि सिक्दै उत्पादनलाई व्यावसायिक रूपमा कसरी बजारमा लैजान सकिन्छ भन्ने विषयमा जानकारी हासिल गरिरहेका न्यौपानेले बताउनुभयो ।

 

 

आर्थिक विकास शाखा प्रमुख न्यौपानेले महिलालाई केबल सीप सिकाउने मात्र नभई उहाँहरूलाई उद्यमीका रूपमा स्थापित गराउनु मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । “हामीले महिलाले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न सकुन् भन्ने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय स्रोत र सीपको प्रयोग गरेर महिलाले आफ्नै गाउँमा बसेर आयआर्जन गर्नसक्ने वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । तालिमले उहाँहरूलाई सिर्जनशील र नवप्रवर्तनात्मक सोचतर्फ प्रेरित गरेको छ ।”

 

 

तालिमकी प्रमुख प्रशिक्षक पवित्रा लामिछानेले महिलाको सिकाइप्रतिको उत्साह निकै प्रेरणादायी रहेको बताउनुभयो । “सहभागीहरू नयाँ कुरा सिक्न अत्यन्त उत्साहित हुनुहुन्छ । उहाँहरूले उत्पादन बनाउने मात्र होइन, कसरी बजारमा बिक्री गर्ने, ग्राहकको आवश्यकता बुझ्ने र व्यवसायलाई दिगो बनाउने भन्ने विषयमा पनि चासो देखाउनुभएको छ”, उहाँले भन्नुभयो ।

 

 

 

तालिममा सहभागी सरस्वती श्रेष्ठले तालिम सीप सिक्ने अवसर मात्र नभएर जीवनमा नयाँ सम्भावना खोज्ने माध्यम पनि बनेको बताउनुभयो । “हामीले यसअघि झोल साबुन उत्पादन गरेर सानो व्यवसाय गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “अब धूप, बत्ती र विभिन्न अचार उत्पादन गरेर बजारमा लैजाने योजना बनाएका छौँ ।”

 

 

 

म्याग्दे–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले महिलाको माग र आवश्यकतालाई ध्यानमा राखेर गाउँपालिकासँग समन्वय गरी तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । “महिलामा क्षमता छ, आवश्यक अवसर र सीप दिनुपर्छ, यसले आत्मनिर्भर बनाउँछ भन्ने लागेर सीप सिकाउन लागेका हौँ”, उहाँले भन्नुभयो, “यो तालिमले उहाँहरूलाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ । अब सिकेको ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्ने जिम्मेवारी उहाँहरूकै हो ।”

 

 

तालिमको सफलताका लागि बजारीकरण पक्षलाई पनि प्राथमिकता दिइएको छ । गाउँपालिकाले पोखरास्थित साइनो किचन कर्नरसँग सहकार्य थालेको छ । उक्त संस्थाले आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने तथा तालिमबाट उत्पादित सामग्रीको बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९