प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर,  सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कञ्चनपुरको खेलकुद विकास एवं विस्तारका लागि बजेट विनियोजन गरेको छ । यहाँको मिनी स्टेडियम निर्माणदेखि कवर्डहल परिसरमा इन्डोर क्रिकेट हल निर्माणसम्मका लागि आगामी आवमा बजेट विनियोजन भएको हो ।

 

 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ मा खेलकुद मिनी स्टेडियम निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी  दोधारा चाँदनी-८ मा फुटसल स्टेडियम निर्माणका लागि रु ३० लाख ४० हजार विनियोजन गरिएको छ ।

 

बेदकाट नगरपालिका-१ मा गौँडी खेल मैदान निर्माणका लागि रु ३८ लाख, शुक्लाफाँटा नगरपालिका-१० मा बाल व्यायमशाला निर्माणका लागि रु सात लाख ६० हजार विनियोजन गरिएको बजेटमा उल्लेख छ । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित ब्याडमिन्टन, फुटबल, कबड्डी, बक्सिङ, कराते क्रिकेटका लागि पनि बजेट विनियोजन गरिएको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले बताउनुभयो ।

 

उहाँका अनुसार प्रदेश सरकारले जिल्ला ब्याडमिन्टन सङ्घ सामग्री खरिदका लागि रु सात लाख ६० हजार, बक्सिङ हल मर्मतसम्भारमा रु सात लाख ६० हजार, कुस्ती प्रशिक्षण केन्द्रलाई रु तीन लाख ८० हजार, कबड्डी सङ्घको प्रशिक्षण हल मर्मतसम्भार रु १५ लाख २० हजार र कञ्चनपुर फुटबल सङ्घको भवन निर्माणमा रु ५३ लाख २० हजार विनियोजन गरेको छ ।

 

 

त्यसैगरी महेन्द्रनगरमा क्रिकेट इन्डोर हल निर्माण रु १९ लाख, भीमदत्त नगरपालिका-९ रिडौना खेल मैदानमारु ७ लाख ६० हजार खेलमैदानको पर्खाल निर्माणमा रु ११ लाख ४० हजार विनियोजन गरिएको छ । भीमदत्त नगरपालिका-३ मा कराते तालिम हल निर्माणका लागि रु २२ लाख ८० हजार, बेदकोट नगरपालिका-१० चतहरीमा रहेको अधुरो ब्याडमिन्टन हल निर्माणका लागि रु १९ लाख, कृष्णपुर नगरपालिका-५ पुरानो पञ्चायत खेल मैदानका लागिका लागि रु १९ लाख, सयपत्री खेलमैदान स्तरोन्नतिका लागि रु १९ लाख विनियोजन गरिएको छ ।
 

 

दोधारा चाँदनी-७ मा खुला व्यायमशाला निर्माणका लागि रु सात लाख, चाँदनी क्रिकेट मैदान निर्माण एवं खेल सामाग्री खरिदका लागि रु ११ लाख ४० हजार, बेलौरी खुल्ला व्यायमशालाको सामग्री खरिदका लागि रु सात लाख ६० हजार र कृष्णपुर-८ मा राजघाट क्रिकेट मैदान मैदान स्तरोन्नति गर्न रु ११ लाख ४० हजार रकम प्रदेश सरकारबाट विनियोजन भएको जिल्ला खेलकुद समितिका प्रमुख भट्टले जानकारी दिनुभयो ।

 

 

आगामी आर्थिक वर्ष महेन्द्रनगरस्थित कवर्डहल परिसरमा निर्माणाधीन क्रिकेट मैदानका लागि सङ्घीय सरकारबाट भने रु तीन करोड रकम विनियोजन भएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
 

सुदूरपश्चिम प्रदेश सरकारको चालु वर्षको बजेटमा महेन्द्रनगरस्थित कवर्डहल परिसरमा रहेको बक्सिङ हल मर्मत, हक्की खेल मैदान निर्माण, क्रिकेट मैदानमा माटो भरान, हुस्ती सङ्घको हल निर्माण भइरहेको छ भने यहाँ ४०० मिटर एथ्लेटिक्स ट्रयाक निर्माणको पनि गृहकार्य भइसकेको छ ।
 

जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँ निर्माणाधीन बहुउद्देश्यीय कवर्डहल हलका लागि पनि प्रदेश सरकारबाट थप बजेट विनियोजन भएको बताउनुभयो । “बहुउद्देश्यीय हलका लागि रु एक करोड ५० लाख विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “अब प्रदेश सामाजिक विकास मन्त्रालयले बजेट कार्यान्वयनमा पनि तदारुपता देखाउनुपर्छ । सरोकार भएका निकायलाई सक्रिय बनाउनुपर्छ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९