बाद्यवादनमा भविष्य खोज्दै

रामपुर (पाल्पा), १० साउन (रासस) : सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुग्नुभएको छ, पाल्पाको रामपुरका अनुप काफ्ले । उहाँ १५ वर्षको हुनुभयो । उहाँलाई बाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ । विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ ताल सिक्ने गर्नुहुन्छ । चार वर्षदेखि काफ्लेको दैनिकी यसरी नै बितिरहेको छ । उहाँको घर अहिले बाद्यवादन सिक्ने थलो नै बनेको छ । काफ्लले आफूले जानेको सीप अन्य साथीहरूलाई पनि सिकाउनुहुन्छ ।

 

घर नै सङ्गीतको मीठो धुनले गुञ्जयमान छ । “सङ्गीत नभई बस्न सकिँदैन, घरमा बसेर विभिन्न ताल सिक्ने र यसमै आनन्द लिने गरिरहेको छु”, काफ्लले भन्नुभयो, “घरमा बाजा पर्याप्त छन्, स्कुलमा सँगै पढ्ने तथा गाउँका साथी घरमै आउँछन्, उनीहरूलाई आफूले जानेको सिकाउने गरेको छु ।” गाउँघरमा हुने भजनकीर्तन र महायज्ञबाट प्रभावित भएर घरमा मादल बजाउन सुरु गर्नुभएका काफ्लेले क्रमशः सारङ्गी, तबला, ढोलक, हार्मोनियम र अक्टोप्याड बजाउन सिक्नुभयो । अहिले उहाँ गाउँमा आयोजना गरिने महायज्ञ, भजनकीर्तन, धार्मिककार्यलगायतमा सहभागी भइ बाद्यवादनको काम गर्नुहुन्छ । घरमा रहेका विभिन्न थरिका बाजा बजाउन थालेपछि छुट्टै आनन्दको अनुभूति हुने गरेको काफ्ले बताउनुहुन्छ । “विद्यालय समयबाहेक साँझ–बिहान घरमा बसेर सिक्ने गरिरहेको छु, अहिले गाउँका महायज्ञ, भजनकीर्तनजस्ता धार्मिक कार्यमा बोलाउनुहुन्छ, यस क्षेत्रमा धेरै आनन्द लागिरहेको छ”, उहाँले भन्नुभयो ।

 

भजनकीर्तन र महायज्ञमा सहभागी भई आर्जन गरेको रकमले आवश्यक बाद्यवादनका सामग्री खरिद गर्ने गरेको काफ्ले बताउनुहुन्छ । धार्मिक कार्यमा सहभागी भएवापत उहाँले छ घन्टाको समय बाद्यवादनमा खटिएवापत रु पाँच हजारसम्म रकम बुझ्नुहुन्छ । भविष्यमा राम्रो सङ्गीतकार बन्ने काफ्लले लक्ष्य छ । घरमा बुवाआमाको राम्रो साथ सहयोग पाउनुभएका काफ्लेले एसइई परीक्षा उत्तीर्णपश्चात सङ्गीत र संस्कृत शिक्षा पढ्ने योजना बनाउनुभएको छ । यसैगरी काफ्लेको जस्तै रामपुरकै विष्णु पोखरेलको पनि सङ्गीतमा औधी रुचि छ । घरमा काका ऋषि पोखरेलबाट मादल बजाउन सिक्नुभएका १४ वर्षीय पोखरेललाई यतिबेला बाद्यवादनप्रति प्रेम नै बसेको छ ।

 

मादल, हार्मोनियम र गीतारमा उहाँले राम्रो ताल भर्नुहुन्छ । पोखरेललाई यसका अलवा अन्य बाजाको मोह उत्तिकै छ । विद्यालय बिदाको समय अहिले उहाँ अन्य बाजा बजाउन सिकिरहनुभएको छ । पोखरेल भन्नुहुन्छ, “सिक्न थालेपछि सङ्गीतबिना एकछिन बस्नै सकिँदैन, विद्यालय समयबाहेक घरमा बाजासँगै समय बिताउने गरेको छु, विद्यालयमा सङ्गीत कक्षा भएको भए सिक्न धेरै सजिलो हुन्थ्यो, तैपनि घरमा भएका तथा साथीसँग भएका बाद्यवादनका सामग्रीलाई आलोपालो गरेर सिक्दै छु ।” पोखरेलको घरमा हार्मोनियम, मादल, खैजडी, सारङ्गी, बाँसुरी, गितारलगायत बाजा छन् । साँझ–बिहान यी बाजाका धुनले घर गुञ्जायनमा बन्दछ ।

 

भविष्यमा बाद्यवादनको क्षेत्रमा राम्रो गर्ने उहाँको सोच छ । पोखरेल यस क्षेत्रमा चार वर्षदेखि समर्पित हुनुहुन्छ । यस्तै रामपुरकै शौरभबाबु घिमिरे पनि तीन वर्षदेखि सङ्गीतमै रमाउनुभएको छ । घरमा विस्तारै मादल बजाउन सिक्नुभएका उहाँले आफ्ना साथीसँग यससम्बन्धी ज्ञान आर्जन गरिहनुभएको छ । पढाइ नबिग्रने गरी आफूलाई मनपर्ने बाजा साथीको घरमा गएर बजाउन सिक्ने गरेको घिमिरे बताउनुहुन्छ । पन्ध्र वर्षीय घिमिरेलाई बाद्यवादनप्रति निकै मोह छ । मादल, किबोर्ड र गितारका धुनमा उहाँ खाली समय बिताउनुहुन्छ । सङ्गीतको क्षेत्रमा केही गर्ने मनसाय बोकेर बाद्यवादनलाई निखारता दिन यससम्बन्धी इन्टरनेटलगायतका विभिन्न माध्यममा आवश्यक ज्ञानका कुरा घिमिरेले अध्ययन गर्नुहुन्छ ।

 

 

अहिले अक्टोप्याड, हार्मोनियमलगायत बाजामा उहाँ ताल भर्न सिक्दै हुनुहुन्छ । “घरमा अभिभावकले महत्व दिएर बाद्यवादनका सामग्री खरिदमा सहयोग गर्नुभएको छ, यसले झन् यही क्षेत्रमा केही गर्छु भन्ने उत्साह थपिएको छ, परिवारको सहयोग पाएकाले बाद्यवादन क्षेत्रमै नाम कमाउने धोको छ”, उहाँले भन्नुभयो । सङ्गीतले हरेक उमेरका व्यक्तिलाई तान्ने गर्दछ । मानिसमा भएका तनाव, पिर, दुःख, बोझलाई सङ्गीतको धुनले भुलाइदिएको हुन्छ । साहित्य र सङ्गीतका अनेकौँ रूप छन् । शब्दको सङ्गमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ र सात सुर तथा सरगमको सङ्गमबाट सुमधुर सङ्गीत प्रवाहित हुन्छ । गीत–सङ्गीत–साहित्य मानव जीवनको प्राण नै हो ।

 

मानव मनभित्र पनि एक किसिमको सङ्गीत पैदा भएर तरङ्गित भइरहेको हुन्छ । रामपुरकै अन्जन काफ्ले शारीरिक व्यायाम हुने, मानसिक सन्तुलन राम्रो हुँदै जाने, अल्छीपन हट्ने, तनाव हटेर जाने तथा फुर्सदको समयको राम्रोसित सदुपयोग भएको बताउनुहुन्छ । बाह्र वर्षीय काफ्ले पाँचदेखि सात जनाको समूहमा विद्यालय समयबाहेक अन्य समय मिलाएर घरमा सङ्गीत सिक्ने गरेको बताउनुहुन्छ । उहाँ घरमा बुवा र दाजुबाट सीप सिकेर तीन वर्षयता सङ्गीतमा गीतअनुसारको ताल निरन्तर सिकिरहनुभएको छ । सानो उमेरमा पनि बाद्यवादनको क्षेत्रमा काफ्लेको सौख बढेको छ । सङ्गीतका अलवा उहाँलाई चित्र कोर्न र फुटबल खेल्न औधी रुचि छ । कोरोना महामारीका बेला विद्यालय बन्द हुँदा काफ्लेले सङ्गीत सिक्न थाल्नुभएको हो ।

 

रामपुर नगरपालिकाभित्र बाद्यवादनसम्बन्धी कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट बञ्चित छन् । एक स्थानीय तहमा एउटा विद्यालयमा सङ्गीतसम्बन्धी कक्षा सञ्चालन गर्न यस क्षेत्रमा भविष्य बुन्दै गरेका बालबालिका तथा किशोर किशोरीको माग छ । खासगरी मानिसको प्रत्येक समयको अनुभूतले मनमा त्यस्तै किसिमको सङ्गीत पैदा भइरहेको हुन्छ । दुःख, सुख, हाँसो, आँसु सबै किसिमको संवेग तथा परिस्थितिमा त्यसैमा मेल खाने सङ्गीतको झन्कार मनमा झङ्कृत भइरहेको हुन्छ । त्यसै समयमा मनभित्रको धुनसँग मिल्दोजुल्दो बाहिरी सङ्गीत सुन्न पाइयो भने त्यसले अभैm सार्थकता पाउँछ र गहिरोसँग सङ्गीतले हृदयमा छाप छोड्छ । त्यही बाहिरी सङ्गीत अथवा धुन कालान्तरमा गएर अतितको स्मरणमा सहयोगी सावित हुन्छ । –––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धरान (सुनसरी),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुनसरीको मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ४ अन्तर्गत इनरुवास्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको हो ।   निर्वाचन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय...

कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय

तम्घास (गुल्मी), रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको छ ।   नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेका बेला...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९