कैलाली । कैलालीको दुई पहाडी स्थानिय तह बाहेक ११ पालिकामा गुरही पर्वको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय भएको छ।
थारु समुदायको महत्वपुर्ण चाड गुरही पर्वको अवसरमा कैलालीका स्थानिय तहहरुले भोलि (सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
जिल्लामकाे धनगढी उप- महानगरपालीका लगायत विभन्न नगरपालीका र गाउँपालिकाले एक सूचना जारी गर्दै भोलि आफ्नो मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरुमा स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेका हुन।
धनगढी उप-महानगरपालिका,गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेका छन।
पहाडी भूगोलमा रहेका दुई स्थानिय तह मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाले भने गुरही पर्वको सार्बजनिक बिदा दिने कुनै निर्णय नगरेको गाउँपालिका स्रोतले बताएको छ।






















































































































































