गाजा, । गाजास्थित अल अहली अस्पतालमा इजरायलले गरेको आक्रामणको विश्वभरीवाट निन्दा भएको छ । गए राती सो आक्रामणमा परी सो अस्पतालमा उपचाररत तथा आश्रय लिएका मध्ये ५०० भन्दा बढीको एकैपटक हत्या भए पछि विश्वभरीका मानवअधिकारवादी संस्थाहरुले निन्दा र भत्सर्ना गरेका छन् । सोही क्रममा ह्युमन राइट्स वाचले अल अहली अस्पतालमा भएको आक्रमणलाई ‘शब्दहरू भन्दा बाहिरको भयानक’ भएको प्रतिक्रिया दिएको छ ।र, उसले गाजामा थप ‘ठूलो मात्रामा अत्याचार’ रोक्न विश्व नेताहरूलाई आह्वानसमेत गरेको छ।‘अस्पतालहरूमा विशेष सुरक्षा हुन्छ। जानाजानी वा लापरवाहीपूर्वक गरिएका गैरकानूनी आक्रमणहरू युद्ध अपराध हुन्,’ अधिकार समूहले सामाजिक सञ्जालमा लेख्यो।
मध्यविन्दु (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको ग प्र ०४–००१ प ९१०६ नं को...
























































































































































