काठमाडौं, २ कार्तिक । आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँछ । टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल हङकङ बिरूद्द मैदानमा उत्रदैँछ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा सो खेल हुनेछ । सो खेल बिहान ११ बजे सुरु हुदैँछ ।पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो ।टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।
तुलसीपुर (दाङ), तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त हुनुहुन्छ । उहाँ गलैँचा बुनेर घरखर्च चलाउने योजनामा हुनुहुन्छ ।“पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च...






















































































































































