काठमाडौं, १४ कात्तिक । काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपाल र मलेसियाबीच खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको हो । ११ ओभरको पहिलो बलमा मलेसियाका विरनदीप सिंहलाई आउट गराउँदै सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
यसअघि अबिनाश बोहराले पाँचौं ओभरमा नेपालका लागि पहिलो विकेट लिएका थिए । ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए ।मलेसियाले ७ ओभरमा दोस्रो विकेट गुमायो । सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउट भए ।
सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए। यो समाचार तयार पर्दासम्म मलेसियाले १२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९३ रन जोडेको छ ।























































































































































