कञ्चनपुर, १६ असोज । कञ्चनपुरमा सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–३ का मोहन खड्का बुधवार पक्राउ परेका हुन्। खड्कालाई अदालतले १३ दिनको सजाय सुनाएको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए।
खड्कालाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। उनलाई अदालतले सजाय भुक्तानको लागि बिहीवार कारागार चलान गरेको छ।























































































































































