सांसद यादवकाे ससुरा मिटरब्याँजी, कारबाही नहुदाँ न्यायको पर्खाइमा रहेका सिरहाका मिटरव्याजी पिडित

सिरहा । सिरहामा मिटरब्याज सम्वन्धी ऐन–कानुन् कार्यान्वनको माग गर्दै मिटर व्याज पीडितहरु फेरी आन्दोलनमा उत्रिन बाध्यय भएका छन्।मिटरव्याज पीडितहरुको लामो आन्दोलन पछि सरकारले कानुन् बनाएपनि कार्यान्वयमा  ढिलासुस्ती र पीडककै हालिमुहाली हुन थालेपछि पीडितहरु पुनः आन्दोलनमा उत्रीन बाध्यय भएका हुन्। पीडितको दवावपछि सरकार कानुन् बनाउन बाध्य भएपनि कार्यान्वयन गर्ने पदाधीकागरीहरु पीडकबाट प्रभावित भएर कानुन कार्यन्वनमा बेवास्ता गरेकाले आफूहरु फेरी सडकमा उत्रनु परेको बताए। आन्दोलनरत्त मिटरव्याजीहरुले सिरहा सदरमुकाममा प्लेकार्डमा ‘मिटरव्याजीको समर्थनमा लागेका सरकारी अधिकारी मुर्दावाद, ‘सिडियो कार्यालयमा गरिने ढिलासुस्ती अन्त्य गर, सुदखोरीलाई कारवाही गर, सुदखोरी विरुद्ध जाहिरी दर्ता गर, भ्रष्ट प्रशासन मुर्दावाद’ लगायतका नाराबाजी गरेर सदरमुकाम परिक्रमा गरेका थिए।

न्यायको पर्खाइमा मिटरव्याज पिडित
सरकारले अनुचित लेनदेन (मिटरव्याज)को कारोवार गर्ने विरुद्ध ऐन पारीत गरेपछि सिरहामा करिव ३७ सय उजुरी दर्ता भएका थिए । मिटरव्याजी पीडितहरुले सुदखोर विरुद्ध उजुरी दर्ता गराएपनि जिल्ला प्रशासनका तोकिएका कर्मचारी र मिटरव्याजी विचको साठगाँठमा करिव ३ सय समान्य लेनिदेनिका मुदाहरु मात्र मिलापत्र भएको पीडितहरु बताउँछन्। जिल्ला प्रशासन कार्यालयले नामुद मिटरव्याज साहुहरुसँगको मिलेमत्तोमा उनीहरुकै बचाउमा हुनेगरी निर्णय गरेको मिटरव्याज पीडितहरुले आरोप लगाएका छन्; धेरै मुद्दाहरु पेन्डिङ्ग बनाएर राखेको पीडितहरुको आरोप छकर्मचारी र सुदखोरको सेटिङ्गले कतिपय मुद्दा पेन्डिङ नै छ, सुनवाही नै अगाडि बढाई रहेका छैनन्; गोलबजार नगरपालिका ८ का मिटरव्याज पीडित विरेन्द्र कुमार यादवले भने, ‘मैले न्यायको लाग जिल्ला प्रशासन कार्यालयमा पहिलो लटमै उजुरी हालेपनि अहिलेसम्म छलफल हुन सकेको छैन। म धेरै पटक जिल्ला धाईसके कुनै सुनवाईनै भइरहेको छैन।’यादवले गत २०६९ साल ५ महिना २० गते आर्नामा गाउँ पालिका १ बुढियाचापका नामुद मिटरव्याजी राम सेवक यादबसँग सैकडा ३ रुपैयाँ (वर्षिक ३६ प्रतिशत) दरले व्याँज तिर्ने सहमतिमा करिव दुइ करोड वरावरको जग्गा पासगरी ५ लाख रुपैयाँ लिएका थिए। उनले करिव १ वर्षको अवधिमा पटक पटक गरी १४ लाख ७५ हजार रुपैयाँ ऋण लिएकोे राम सेवकले नै व्याज सहित हिसाव गरी दिएको हस्तलिखित लेखतमा उल्लेख गरेका छन्। त्यसपछि मिटरव्यज पीडित विरेन्द्रले पछिल्लो ३ वर्षको अवधिमा  राम सेवक यादब (मास्टर)संग पटक–पटक गरी ८१ लाख रुपैयाँ लिएको बताए। यसरी लिएको ऋणको व्याजसहित आफूले ३ करोड नगद बुझाएपनि धितो राखेको जमिन फिर्ता गरेको छैन। उनले भने, ‘ऋण लिएको चार वर्षमा करिव ३ करौड रुपैयाँ बुझाई सके, यो मैले सर्त गरेर लिएको ३६ प्रतिशत व्याजले पनि बढी रकम हो। पछि मैले हिसाव गरौं भन्दा भागेर हिड्ने र धितोको लागि राखिएको ८ करौड भन्दा बढीको करिव २ विघा जग्गा समेत फर्काएनन्। बरु उनले धितोको जमिन पनि बेचे र त्यतिले पनि पुगेन भन्दै अन्त्यमा १८ लाखको कपालि पनि गरायो।’ अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा राम सेवक यादबको नाममा विरेन्द्रसहित १४ वटा भन्दा बढी उजुरी परेको छ। जिल्लाकै नामुद मिटरव्याजीको रुपमा जिल्लामा परिचित यादवको विरुद्ध धेरै उजुरी परेपनि उनी राजनीतिक प्रभावका कारण खुल्लमखुल्ला हिडिरहेका छन्। बरु रामसेवकले उल्टै पीडितहरुलाई धम्याउने गरेको पीडितहरु बताउँछन्। रामसेवक पूर्व मन्त्री तथा वर्तमान सिरहा निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य राजकिशोर यादवका ससुरा हुन्। अर्का पीडित अर्नामा गाँउपालिका १ महनौरकै मायादेव चौधरीले उनै नामुद मिटर व्याजी राम सेवक यादबको चपेटामा परेका छन्। उनले २०५७ सालमा राम सेवकसंग घरखर्चका लागी २५ हजार रुपैयाँ पाचँ रुपैया सैकडा (वार्षिक ६० प्रतिशत) व्याजदिनेगरी लिएका थिए।चौधरीले ऋण लिएको एक दिन अगावै रामसेवककी श्रीमती दौलत देवी यादबको नाममा हालको चलनचल्ती मुल्य करिव २० लाख प्रतिकठ्ठा पर्ने ८ कठ्ठा जग्गा धितोबापत पास गरेको बताउँछन्। चौधरीले थप ११ वर्षको अन्तरालमा पटक पटक गरी ७ लाख ८१ हजार रुपैयाँ ऋण लिएको बताए। उनले भने, ‘मैले ऋण लिएको तिन वर्षपछि व्याज सहित तिन लाख २५ हजार नगदी दिएँ, वाँकी रहेको साँवा र व्याज सहित लिएर म उनको घरमा पुग्दा पैसा लिन मानेनन्।’‘पछि बुझ्दै जाँदा रामसेवकले धितो राखेको जग्गा अरुलाई नै वेचिदिएको कुरा सुने, मालपोतमा जादाँ श्याम सुन्दर कामतीको नाममा पास गरेको रहेछ; उनले थपे, ‘म सोझो मान्छे, मलाई थाहै थिएन। उसले मालपोतमा जानुपर्छ भनेर लिएर गयो। मैले उसले भनेका ठाउँमा ल्याप्चे लगाइदिएँ। आवश्यकपर्दाका बखत मैले उनीसंग नै लेनदेन गर्थे, पटक पटक गरी करिव १ विघा १४ कठ्ठा जग्गा पास गरेछ। अहिले उनले त मलाई उठिवास नै गराइदियो।’

मिटरव्याज पीडित यादवले ऋणीको जग्गा जमिनमात्र हड्पेनन्। अहिले जिल्ला प्रशासनलाई नै प्रभावमा पारेर फर्जि मिलापत्रको निवेदन दिने र मिलापत्र भएको भन्ने हल्ला चाएका छन्। गोलबजार ८ का विरेन्द्र यादवको नामको उजुरीमा एक दिन पनि छलफल नगरी मिलापत्रका फर्जि निवेदन हालेर मिलापत्र गरेको भन्दै प्रशासन नै भनिरहेका छन्। त्यहि आधारमा प्रशासन पनि उनको बचाउँमा लागेका छन्। यस्तो खालको गतिविधिले प्रशासन पनि संकाको घेरामा परेको छ।यता, जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ नरेश कुमार यादवसङ्ग जिज्ञासा् राख्दा ` मिटरब्याजी रामसेवक यादव र पिडित बिरेन्द्र यादवको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ। उनले ` छिटै कुनै निकास निसकिन्छ हामी अनुसन्धानकै क्रममा छौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सुनको विकल्पमा चाँदीलाई मान्यता दिनुपर्ने पत्रकार जोशीको जोड

कैलाली । सुनको मूल्य निरन्तर आकाशिँदै गएपछि विवाहजस्ता सामाजिक संस्कार सामान्य घरपरिवारका लागि ठूलो आर्थिक बोझ बन्दै गएको छ। यही सन्दर्भमा पत्रकार खेमराज जोशीले सुनको सट्टा चाँदीलाई सामाजिक मान्यता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।   जोशीका अनुसार, “हाम्रा पुर्खाले सुनलाई मान्यता दिएर चलन चलाए, तर सुनलाई नै...

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

नेपालगञ्ज, आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।     जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी...

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत,  यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ । यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ ।   जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु २० करोडका...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सुनको विकल्पमा चाँदीलाई मान्यता दिनुपर्ने पत्रकार जोशीको जोड

कैलाली । सुनको मूल्य निरन्तर आकाशिँदै गएपछि विवाहजस्ता सामाजिक संस्कार सामान्य घरपरिवारका लागि ठूलो आर्थिक बोझ बन्दै गएको छ। यही सन्दर्भमा पत्रकार खेमराज जोशीले सुनको सट्टा चाँदीलाई सामाजिक मान्यता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।   जोशीका अनुसार, “हाम्रा पुर्खाले सुनलाई मान्यता दिएर चलन चलाए, तर सुनलाई नै...

सुनको विकल्पमा चाँदीलाई मान्यता दिनुपर्ने पत्रकार जोशीको जोड

कैलाली । सुनको मूल्य निरन्तर आकाशिँदै गएपछि विवाहजस्ता सामाजिक संस्कार सामान्य घरपरिवारका लागि ठूलो आर्थिक बोझ बन्दै गएको छ। यही सन्दर्भमा पत्रकार खेमराज जोशीले सुनको सट्टा चाँदीलाई सामाजिक मान्यता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।   जोशीका अनुसार, “हाम्रा पुर्खाले सुनलाई मान्यता दिएर चलन चलाए, तर सुनलाई नै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

गुल्मी,  छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान (सुनसरी),  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।   यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९