लुम्बिनी शिक्षा निकेतनका १० वर्षिय अफसरले क्रिकेटमा गरे कमाल

भैरहवा। शनिबार भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तर बिद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि खेल भइरहेको थियो । रुपन्देहीको विद्यालय स्तरीय क्रिकेट खेलमा मणिग्रामको श्री शान्ति नमुना र लुम्बिनीको लुम्बिनी शिक्षा निकेतन प्रतिस्पर्धामा थिए तर अधिकांस दर्शकको आखा भने एक मात्रै खेलाडीप्रति रहेको थियो । रहनुको एक कारण थियो ति खेलाडी अरु भन्दा फरक हुनुमा थियाे । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका- ११ मोगलहाका १० वर्षिय अफसर खानको प्रस्तुति ठूला ठूला खेलाडी भन्दा कम थिएन उचाईले सानै भए पनि उन्को क्रिकेट प्रदर्शनले सबैलाई रोमाञ्चक बनाइरहेको थियो । २ नंं. जर्सी भिरेर मैदानमा रहेका उनको क्रियाकलापले सबैको ध्यान तानेको थियो । प्राय कक्षा ८ देखि १० सम्मका खेलाडीहरु मैदानमा हुदा २ कक्षामा पढ्ने अफसरले भने टिमको सबै खेलमा सहभागी भए । ४ वटा खेल खेलेको लुम्बिनीले ती साना खेलाडीलाई सबै खेलमा अवसर दियो, अफसरका लागि पनि ड्युज बलमा क्रिकेट खेल्नु पहिलो अनुभव रहयो । टेनिस बलले क्रिकेट खेल्दै आएका उनले भने पहिलो पटक डयुज बलले खेल्ने मौका पाएका थिए ।राइट आर्म स्पीनर रहेको उनी सानै उमेर देखि बलिङमा रुची राख्दै आएका छन । पढाईसँगै खेलमा रुचि राखेका उन्को लक्ष्य पनि देशको लागि क्रिकेटर भएर देखाउनु रहेको अफसर भन्छन । बुवा गुफरान अहमद बैदेशिक रोजगारीको शिलशिलामा रहेपनि घर परिवारबाट उनले खेलमा पूरा सर्पोट रहेको छ । ३ भाई मध्ये उनी माइलो हुन । दाई आरिफ खान पनि क्रिकेट खेल्दै आएका छन । यो टुर्नामेन्टमा उनले ४ खेल खेलेकोमा पहिलो खेलमा ३ ओभर मा २२ रन दिए, दोस्रो खेलमा ४ ओभरमा १८ रन दिएर २ विकेट लिए, तेस्रो सेमिफाइनल खेलमा २ ओभरमा १२ रन दिएर १ विकेट लिएका थिए भने फाइनल खेलमा उनले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । पढाईमा मध्यम रहेका उनी क्रिकेट खेलमा भने उत्कृष्ट रहेका छन । सानै उमेरमा यति राम्रो प्रदर्शन गर्नुमा लुम्बिनी शिक्षा निकेतनको भुमिका पनि महत्वपूर्ण छ । विद्यालयमै क्रिकेट एकेडमी स्थापना गरी उनी प्रशिक्षण पनि लिदै आएका छन ।

लुम्बिनी शिक्षा निकेतन क्रिकेट एकेडमीका प्रशिक्षक सागर न्यौपानेले विद्यालयमा दैनिक साझ ३ बजे पश्चात क्रिकेटको अभ्यास गराउदै आएको बताए । रुचि भएका साना देखि ठूला कक्षाका विद्यार्थीहरु यहाँ अभ्यास गर्दै आएका छन, हाम्रो धेरै उत्पादनहरुले राष्ट्रिय तथा प्रदेश स्तरको क्रिकेटमा पनि योग्दान दिदै आएका छन । हालै मात्रै अण्डर १६ खेलमा यहाँकै उत्पादन समावेश भएको छ, एकेडमी मार्फत यहाँको टिम क्षेत्रिय र भारतमा पनि प्रतिस्पर्धा गर्देै थुपैँ प्रतियोगितामा उपाधि चुमेको छ ।

 

लुम्बिनी शिक्षा निकेतनले शिक्षामा मात्रै नभई खेलकुद र अन्य क्षेत्रमा पनि विद्यार्थीहरुलाई प्रशिक्षण गराउदै आएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोविन्द ज्ञवालीले भने । हामीले सैधान्तिक शिक्षा सँगै प्रयोगात्मक शिक्षामा ध्यान दिदै आएका छौ भने विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउदै आन्तरिक रुपमा पनि प्रतियोगिताहरु गर्दैै आएका छौ । सबैको सबै क्षेत्रमा दक्षता हुदैन, जस्को जे मा रुची छ सोही अनुसार नै विद्यालयले सहजीकरण गर्दै दक्षता बृद्धि गर्न विद्यालय लागेको छ । हाम्रो क्रिकेट एकेडमी मार्फत धेरै क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य अनुरुप नै ४ वर्ष देखि एकेडमी मार्फत खेलाडीहरु उत्पादन भइरहेको अध्यक्ष ज्ञवालीले भने । यसका खेलकुदका साथै नृत्य, चित्रकारिता, गायन , लेखन, वक्तृत्वकला लगायतको क्षेत्रमा पनि यहाँका विद्यार्थीहरुलाई अतिरिक्त अभ्यास गराइदै विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउदै प्रोत्साहन गर्दै आएको अध्यक्ष ज्ञवालीले भने ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९