लुम्बिनी कर्पोरेट क्रिकेटः सेमिफाइनल समिकरण पूरा

भैरहवा। लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर सोमबारदेखि दुई दिवसीय कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गरेको हो।प्रतियोगिताको पहिलो दिन भएका खेलमा समूह (क) बाट ए.के. ग्राफिक्स, भैरहवा र बैंकर्स क्लब, भैरहवा सेमिफाइल प्रवेश गरेका छन्। यस्तै, समूह (ख) बाट न्यु सिटीपी प्वाइन्ट, बुटवल र सीता मेडिकल हल, रोहिणी सेमिफाइनल पुगेका छन्। मंगलबार सेमिफाइनल र फाइनल खेल हुनेछन्।सिद्धार्थनगर–९, गोनहियास्थित खेलमैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बैंकर्स क्लबले उद्योग ब्यापार संगठन, रुपन्देहीलाई ३४ रनले पराजित गर्‍यो। निर्धारित ५ ओभरको खेलमा बैंकर्सल ९२ रन बनायो। उसका लागि ध्रुन्थीले ३२ र सुरेन्द्र यादवले १९ रन जोडेबलिङतर्फ संगठनका सचिन रोक्का र प्रियाबन्धु न्यौपानेले १–१ विकेट लिए। जवाफमा संगठन ५८ रनमै समेटियो। उसका लागि प्रियाबन्धु न्यौपानेले १९ र प्रनिल श्रेष्ठले १६ रन बनाए । बलिङमा बैंकर्सका चन्द्रिका केवटले १ विकेट लिए । बैंकर्सका ध्रुव पन्थी म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे।यस्तै, अर्को खेलमा सीता मेडिकल हलले सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुनचाँदी व्यवसायी संघले ४.१ ओभरमा सबै विकेट गुमाउँदै २८ रनमै समेटिएको थियो। उसका लागि दीपेन्द्र लाम्गादेले सर्वाधिक १० रन जोडे । बलिङमा सीता मेडिकलका राजमन चाईले २ विकेट लिए। सामान्य लक्ष्य पछ्याएको सीताले १.४ ओभरमा लक्ष्य भेट्टाउँदै जित निकाल्यो। उसका लागि म्यान अफ द म्याच भएका राजमन चाईले नटआउट १८ रन जोडे।यस्तै, अर्को खेलमा लुम्बिनी प्रेस क्लबले सिद्धार्थ उद्योग बाणिज्य संघलाई ५ विकेटले पराजित गर्‍यो। टस हारेर ब्याटिङ गरेको उद्योग बाणिज्य संघले निर्धारित खेलमा ३ विकेटको क्षतिमा ५४ रन बनायो। उसका लागि अप्रित अग्रवालले सर्वाधिक २१ रन बनाए। बलिङमा लुम्बिनी प्रेस क्लबका जयकेश हरिजन र राधेश्याम विश्वकर्माले समान १–१ विकेट लिए। जवाफमा प्रेस क्लबले ३.१ ओभरमा लक्ष्य भेट्टाउँदै जित निकालयो। उसका लागि सचिन चौधरी र भुवन पाण्डेले नटआउट क्रमशः २५ र १५ रन जोडे। सचिन चौधरी म्यान अफ द म्याच भए।यस्तै, अर्को खेलमा ए.के. ग्राफिक्सले लुम्बिनी प्रेस क्लबलाई ३४ रनले पराजित गरेको छ। टस हारेर ब्याटिङ गरेको ए.के.ले निर्धारित खेलमा ९८ रन बनायो। उसका लागि हृदेश हरिजनले नटआउट ५७ र मोहम्मद रफिकले १६ रन जोडे। बलिङमा प्रेस क्लबका भुवन पाण्डेले २ र भीम भण्डारीले १ विकेट लिए। जवाफमा प्रेस क्लब १ विकेटको क्षतिमा ६४ रन मात्रै बनाउन सक्यो। उसका लागि सचिन चौधरीले नटआउट २८ र भीम भण्डारीले नटआउट १७ रन बनाए।यस्तै, अर्को खेलमा न्यु सिटीपी प्याइन्टले नेपथ्य कलेजलाई ५ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपथ्य ४ ओभरमा ३६ रन बनाउँदै अलआउट भयो। उसका लागि रेजल ढकालले सर्वाधिक १२ रन बनाए । बलिङमा न्यु सिटीपीका सुशील रिजालले २ विकेट लिए। जवाफमा न्यु सिटीपीले २.४ ओभरमा लक्ष्य भेट्टायो। उसका लागि श्रीधर केसी र पवन पौडेलले नटआउट क्रमशः २४ र १४ रन बनाए। न्यु सिटीपीका सुशील रिजाल म्यान अफ द म्याच भए।यसअघि प्रतिययोगिताको उद्घाटन गर्दै समाजसेवी एवं युवा नेता प्रज्वल बोहराले खेलले सबैको मन जोड्ने बताए । उनले पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबले कर्पोरेट संस्थाहरुबीच भाइचारको विकास गर्न गरेको प्रयास सह्रानीय रहेको जनाए। प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, सिद्धार्थनगर–९ का वडाध्यक्ष शेषकान्त भण्डारी, कार्यक्रम संयोजक प्रकाश न्यौपाने, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, उद्योग ब्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले बोल्दै कर्पोरेट संस्थाहरुबीच हुने यस्ता खेलले एकता र भातृत्वको विकास गर्ने जनाए । प्रेस क्लबले समाजलाई सचेतना जगाउनुका साथै एकअर्काबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्न योगदान गरेको बताए।

पुस १० गते मंगलबार प्रतियोगितामा सेमिफाइनल र फाइनल खेल हुने छन्। प्रतियोगिताको विजेता टिमले २५ हजार र उपविजेताले १३ हजार तथा ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिज, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ३ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन्। यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्माले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९