युरोपको माल्टामा नेपाली चर्चित कलाकारको बेजोड प्रस्तुती

माल्टा (युरोप) युरोपको माल्टामा नेपाली चर्चित कलाकारले आफ्नो बेजोड प्रस्तुती दिएकाछन् । ब्लुहर्स इन्टरटेनमेन्टको आयोजनामा शनिबार माल्टामा भएको संगीत र मनोरन्जनको साँझ,हाँस्न र नाँच्नको लागि भन्ने कार्यक्रममा नेपाली चर्चित कलाकारले आफ्नो बेजोड प्रस्तुती दिएकाहुन् । चर्चित गायक रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, हास्यकलाकार जितु नेपाल (मुन्द्रे), गोपाल नेपाल (फिस्टे) र शिवहरी आर्चायले आफ्नो प्रस्तुती मार्फत माल्टामा कार्यक्रममा सहभागी नेपाली दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।कामको व्यस्तताबाट समय निकालेर कलाकारको प्रस्तुती हेर्न आएका दर्शक हाँस्दै नाँच्दै एकआफसमा रमाइ रहेका थिए । रातीको करिब ९ बजिसेकोको थियो । लाईटकोे उज्यालो प्रकाशले रातपनि दिनजस्तै माल्टाको शहर देखिन्थ्यो । रातीको समयमा पनि कलाकारको प्रतीक्षा गरेर बसिरहेका दर्शकको बीचमा एक्कासी हास्यकलाकार जितु नेपाल (मुन्द्रे) मञ्चमा देखिए । उनले जब नमस्कार गर्दै दर्शकलाई स्वागत गरे दर्शक दृघाबाट पनि वेलकम माल्टा भन्दै तालिका पर्रा छुटेका थिए । मुन्द्रले सुरुमा माल्टा देशको नीति नियम र सिस्टम (प्रक्रियाको) प्रशंसा गरेका थिए । यति राम्रो देशमा कामको सिलसिलामा आउने नेपाली झनै राम्रो भएको बताउँदै यो देशको सिस्टम सिकेर भविष्यमा आफ्नै देशमा केही गर्नुपर्ने स्मरण गराएका थिए । उनले भने, “मैले माल्टामा कतैपनि सडकमा प्रहरी देखिन, कतैपनि ट्राफिक जाम देखिन सबै अनुशासनमा आफ्नो कर्तव्य पालना गरेको देख्दा निकै खुसि लाग्यो ।” मलाईत यतापनि बालेन जस्तै व्यक्ति रहेछन् भन्ने लाग्यो । कलाकार मुन्द्रले माल्टामा रहेका नेपालीलाई तिखो व्यंग्यपनि गरे । विकसित देशमा आएका नेपालीहरुले समयको पालना गरी समयमै कार्यक्रम संचालन गर्छन होला सोचेको थिए तर सोचेजस्तो भएन भन्दा दर्शकहरुले नेपाली समय हो भन्दै उल्टै व्यंग्य गरेका थिए । तर कार्यक्रममा सहभागी सामाजिक अगुवा व्यक्ति भने भित्रभित्रै नेपालीको समयको लापारबाही गर्ने यस प्रसङ्ग र प्रवित्तिमा गम्भिर बनेका थिए । मुन्द्रले दर्शकको उपस्थिति थोरै देखेपछि व्यंग्यगर्दै दर्शक थोरै नभएको तर हल ठूलो भएको बताउँदा दर्शक मजाले हाँसेका थिए । अरु देशमा नेतालाई फुल बर्साउछन् हाम्रो देशमा त नेताका गाडी जलाउछन् भनेपछि दर्शकले उर्फिउर्फि हुटिङ गरेका थिए । कलाकार मुन्द्रेको जोडदार प्रस्तुती पछि चर्चित गायक जुनु रिजाल काफ्ले मञ्चमा आईन् । उनले सुरुमै गजलका छापामार भनेर चिनिएका टिकापुरका गजलकार धिरज त्रिवेणीको गलज एक सुन्दर शहर थियो पिपलछेउमै बर थियो, न दोष तिम्रो न दोष मेरो दोषीत हाम्रो नजर थियो भन्ने गजल सुरिलो स्वरमा गाउँदा दर्शकहरुले वावा गर्दै आनन्दले रमाएका थिए । त्यसपछि दोस्रो गीत सपनीमा आयौ प्रदेशी मेरो दाहिने हात समायौ, लगाइतका आधा दर्जनभन्दा गीत प्रस्तुत गरेकी थिइन् । पत्रकार संगको छोटो भलाकुसारीमा गजलकार धिरज त्रिवेणीलाई सम्झदै अहिले गुमनाम भएकोमा निकै दुःख लागेको उनले बताएकी थिईन् । तेस्रो प्रस्तुतीमा हास्यकलाकार शिवहरी आर्चाय र गोपाल नेपाल (फिस्टे)ले नेपालको राजनीतिको बारेमा व्यंग्य गरेका थिए । राजनीतिमा सुधार नआएसम्म जनताको जीवनस्तरमा सुधार नआउने प्रस्तुती देखाएका थिए । अन्त्यमा चर्चित कलाकार रामचन्द« काफ्लेले हिउँचुलिमा घाम लाग्यो घमाईलो, आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनी रमाइलो माया फेवा तालैमा भन्ने गीत गाउँदा दर्शक झुम्मीझुम्मि नाँचेका थिए । करिब एकदर्जन जति गीत गाएका काफ्लेको प्रस्तुतीमा दर्शकले भुरपुर मनोरन्जन लिएका थिए । श्रीमान् रामचन्द« काफ्ले र श्रीमती जुनु रिजाल काफ्लेले संगै गाएको गीतमा दर्शक निकै रमाएको सुदुरपश्चिम सेवा समाज माल्टाका महासचिब शिशिर जनालले बताए ।कार्यक्रममा ६ बर्षकी एलिना भण्डारीले दमदार नृत्य प्रस्तुत गरेकी थिइन भने नेपाल माल्टा व्याण्ड समुहका कलाकारले पनि आफ्नो कला प्रस्तुत गरेका थिए । ब्लुहर्स इन्टरटेनमेन्टको आयोजनामा शनिबार माल्टामा भएको संगीत र मनोरन्जनको साँझ,हाँस्न र नाँच्नको लागि भन्ने कार्यक्रमका संयोजक डिएस राणाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ माल्टाका कार्यवाहक अध्यक्ष मधु घोताने गुरुङ रहेका थिए । असिम लोप्चन तामाङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचिब अमर रावतले राखेका थिए । कार्यक्रम सफल पार्न नेपालबाट आएका कलाकार र अन्य सहयोग गर्नेलाई सम्मान गरेको सन्तोस पाठकले जानकारी दिएकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९