
कायरो । इजरायली हमलामा ध्वस्त भएका गाजाका लागि कतारले ठुलो सहयोग गरेको छ ।जसअनुसार कतारबाट गाजाका लागि सहयोग लिएर तीनवटा विमान इजिप्ट आइ पुगेका छन् । कतारले इजिप्टको एल अरिशमा आइपुगेका तीनवटा विमानमा गाजाका प्यालेस्टिनीहरूका लागि १ सय ३५ टन मानवीय सहायता पठाएको कतारको विदेश मन्त्रालयले जनाएको छ ‘योसँगै कतारले पठाएको कुल विमानको संख्या ५७ पुगेको छ। उनीहरूले करिब १ हजार ७७७ टन मानवीय सहायता बोकेका छन्,’ कतारको मन्त्रालयले टविट गर्दैै जानकारी दिएको छ ।