भिषा नलागे पछि उधमी बनेका सुर्खेतका थापा घरमै कमाउँछन मनग्गे

सुर्खेत । ठाटीकाँध गाउपालिका वडा नं ६ का लवराज थापा सोच थियो नेपालमा भविष्य छैन । जिन्दगी बदल्न र पैसा कमाउन बिदेश जानुपर्छ भन्ने उनको सोच थियो । त्यही शिलशिलामा काठमाडाैंमा बसेर कोरिया जाने तयारीमा थिए ।करिब एक वर्ष तयारी गरे । पढाईमा त्यति धेरै अब्बल नभएका थापाले कोरिया भाषा परिक्षामा सोचेजस्तो नतिजा आएन । त्यसपछि उहाँलाई युरोपको माल्टा जाने रहर जाग्यो । लामो समयसम्म पनि माल्टाको भिसा आएन् । बिदेशको भिसा नआए पछि झनै मन आत्तिन थाल्यो । घरको एक्लो सन्तान भएकाले पनि जिम्मेवारी धेरै थियो । दिनरात गन्दै बिदेशको भिसा नआएपछि उनले बाटो मोडे  ।

 

बाटो मोडेर बिदेश लगानी गर्ने पैसा स्वदेशमै लगानी गर्ने उनमा नयाँ सोच पलायो । नेपालमा निराशै निराशा भएका बेला पनि नेपालमा लगानी गर्ने बाताबरण थिएन । त्यही पनि पहिलो पटक व्यवसायमा हात हालेका लबराजलाई व्यवसाय सम्बन्धी कुनै अनुभव थिएन । जस्ले गर्दा उनी चिन्तित थिए ।ब्यावसय गर्ने सोच बनाइ रहँदा  सिन्धुपालचोकका कुखुरा व्यवसायी कृष्णा खड्कासँग भेट भयो । दुई जनाले साझेदारीमा कुखुरा फर्म सञ्चालन गर्ने सहमति पश्चात् ब्यावसाय सुरु गरेको लबराज थापा बताउँछन्  । ‘बिदेशको सपना देखेको मैले नेपालमा सम्भावना छैन भन्ने लाग्थ्यो,’ उनले भने, ‘विदेश जान पासपोर्ट र पैसा बोकेर हिडेको थिएँ विदेश जानका लागि तयार गरेको सबै पैसा कुखुरा फर्ममा लगानी गरे ।’

 

त्यतिखेर कोरोना भाइरसको ठुलो त्रास थियो । जतासुकै कोरोना फैलियो । कुखुरामा देखिएको रोगले उनीहरुको फर्म घाटामा गयो । त्यसपछि उनी आफ्नै गाउँ ठाटीकाँध फर्किए  । गाडी भाडा समेत अरुसँग जोहो गरेर घर फर्किएका लवराजसँग व्यवसाय गर्ने आँट थियो, पैसा थिएन्  । केही पैसा विदेश जाने तयारीमा खर्च गरे । केही पैसा कुखुरा व्यवसायमा खर्च भयो । केही नगरी एकछिन पनि बस्न नसक्ने लवराजलाई पैसाको अभावले गर्दा व्यवसाय सुरु गर्न आँट पुगेको थिएन ।

 

कहाँ जाउँ के गरुँ भन्दै आत्तिएका लबराजले सहकार्य परियोजनाले युवा उद्यमीहरुलाई सहयोग गर्ने कार्यक्रमबारे सुचना पाए । गाउँमै बसेर केही गर्न चाहने युवाहरुको लागि सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनासँग युवा उद्यमीहरुलाई सहयोग गर्ने कार्यक्रम थियो । उनी त्यही कार्यक्रममा छनौट भए  । संस्थाले उनलाई अण्डा उत्पादनका लागि २ सय चल्ला उपलब्ध गरायो । अण्डा उत्पादनका लागि ६ महिनासम्म उनले कडा परिश्रम गरे  । उनको दैनिकी कुखुराको हेरचाहबाट सुरु हुन्थ्यो । अण्डाबाट राम्रै आम्दानी गर्न सफल भएका लवराजले बोइलर व्यवसाय र बँगुर पालन पनि शुरुवात गरेको बताए   ।

 

अहिले लबराजसँग ७ सय भन्दा बढी बोइलर छन् । सामान्यतया बोइलर ३ केजी सम्मका बेच्ने गरिन्छ तर पनि  ८ देखि १० केजी सम्मका हुने गर्दछन् । बोइलर जति धेरै ठुलो भयो ग्राहकले त्यति रुचाउने भएको हुदाँ लामो समयसम्म पाल्ने गरेको उनी बताउँछन्   ।

 

केही नयाँ गर्नुपर्छ भन्ने हुटहुटि भएका लबराजलाई नयाँ प्रविधिमा पनि त्यतिकै रुची छ । परम्परागत तरिकाले भन्दा आधुनिक तरिकाले व्यवसाय गर्ने सोच भएको उनको भनाई छ  । कुखुरा फर्ममा आफैले निर्माण गरेको आधुनिक स्वचालित प्रविधि निर्माण गरेको बताए   । जसरी क्रसरले बालुवा र गिट्टी एकै पटक अलग अलग गर्दछ त्यसैगरी अण्डा, पानी, दाना सबै एकै पटक अलग-अलग व्यवस्थापन गर्न सजिलो हुने गरी प्रविधिको विकास गर्दैछु,’ उनले भने, ‘अहिले हामीसँग प्रविधि नहुँदा श्रम बढी लाग्ने र श्रम बढी हुदाँ महंगोमा उत्पादन हुने समस्या रहेको छ ।’ ‘मेरा सफलता अनि असफलताका आफै कथाहरु छन्,’ उनी भन्छन्, ‘आफ्नै कथा अरुलाई सुनाउन पाउँदा आफैलाई खुशी लाग्दो रहेछ । मेरो जिन्दगीका सफलता अनि असफलताहरुको कसैको जिन्दगीका लागि सिकाई हुन सक्दछन् ।’

 

उमेरले २४ वर्ष पुगेका थापाको श्रीमती र एक छोरी छन् । ‘आफूसँग केही गर्नुपर्छ भन्ने हुटहुटी थियो र त आज सफल हुँदै गइरहेको छु,’ उनी भन्छन,  ‘मसँग पहाडलाई अलि परसम्म धकेल्ने साहस छ तर, सहयोग अरुको पनि चाहिन्छ ।’

बिदेश जाने सपना बोकेका लबराजले बिदेशमा बगाउने पसिना स्वदेशमै बगाउदा स्वदेशमै मनग्य आम्दानी गर्दै आएका छन्  । ‘पहिले स्वदेशमा गरेपनि केही हुँदैन भन्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘पहिलो कुरा मेहनत र आफूलाई विश्वास गर्दै म सक्छु भन्ने भावनाका साथ मेहनत गरे सफलतामा पुगिनेछ’ । स्देशमै मेहनत गर्दै परिवारसँग रमाउदै व्यवसाय गर्दै आउनुभएको थापाले वार्षिक ७ देखि ८ लाखसम्म आम्दानी गर्दै आएकाे उनले बताए ।कुखुराको आधुनिक खोर र प्रविधिको प्रयोगमा संस्थाहरुले सहयोग गरेको भए गाउँमै रोजगारीको श्रृजना गर्न सकिने उनी बताउँछन्   ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९