काठमाडौ । अप्पर स्याङ्गे हाइड्रोपावरको पुस १७ गते मंगलबार वार्षिक साधारण सभा बस्दैछ । कम्पनीको सभा कुण्डलिनी दरबार ब्यांकेट, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।सभामा आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति संगै पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको र सर्वसाधारण सेयरधनीहरुको लागि प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गर्ने मुख्य प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस २ गते बुक क्लोज गरिसकेको छ ।
काठमाडौँ, सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले...