शुक्रबार, भदौ २७, २०८२

नयाँ सरकारसँग तिक्तता बढे पछि फ्रान्सले बन्द गर्‍यो नाइजेरियाको दुतावास

पेरिस । नाइजेरियामा रहेको फ्रान्सेली दूतावास अर्को सूचना नभएसम्म बन्द भएको छ । फ्रान्सेली विदेश मन्त्रालयले नाइजेरियामा रहेको दुतावास अर्को सुचना नगरेसम्म बन्द भएको जानकारी दिएको हो । फ्रान्सेली बिदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्तिमा भने, ‘पाँच महिनादेखि हाम्रो दूतावास गम्भीर रूपमा बाधा परिरहेको थियो, जसका कारण कूटनीतिक नियोगमा अवरोध पुग्दै आएको थियो ।’

 

‘दूतावास वरपरको नाकाबन्दी लगाइएको थियो, कर्मचारीहरूको लागि यात्रा प्रतिबन्ध थियो र कुनै पनि कूटनीतिक कर्मचारीलाई नाइजरमा यात्रा गर्न अनुमति दिन अस्वीकार गर्नु कूटनीतिक सम्बन्धमा भियना महासन्धिको स्पष्ट उल्लङ्घन थियो,’ विज्ञप्तिमा भनिएको छ । जसका कारण नाइजेरियामा रहेका दूतावास बन्द गर्ने एक अत्यन्त दुर्लभ निर्णय डिसेम्बर २२ मा गरियो र नाइजरमा तैनाथ अन्तिम फ्रान्सेली सैनिकहरूको फिर्तासमेत गर्ने निर्णय लिइएको मन्त्राययले जनाएको छ ।

 

नाइजेरियामा गत जुलाईमा सैन्य कूमार्फत राष्ट्रपति मोहम्मद बजौमलाई हटाइएको थियो । जुलाई २६ मा भएको विद्रोह पछि नयाँ सत्तारुढ सेनाले तुरुन्तै १५ सय फ्रान्सेली सैनिकहरूलाई देश छाड्नु पर्ने सर्त राख्यो र पेरिससँग सो अघि भएका सबैजसो सैन्य सम्झौताहरूको निन्दा गरेको थियो । जसका कारण नाइजेरियाको नयाँ सरकार र फ्रान्स बिच तिक्ता बढन पुगेको थियो, जसको परिणाम अन्तत फ्रान्सले नाइजेरियामा रहेको दुतवास नै अर्को सुचना नभएसम्मका लागि बन्द गर्ने निर्णय लिएको हो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९