Baigyanik Media

Advertisement

Skip Ad

उद्योग नै बन्द गरी विद्युत् वितरण केन्द्र भैरहवा अगाडि कर्मचारी र संचालककाे विराेध प्रदर्शन

भैरहवा। विद्युत् काटिएका उद्योगहरुको लाइन निशर्त जडानको माग गर्दै रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले लाइन काटिएका उद्योगको विद्युत् लाइन जडान नगरिएसम्म सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित उद्योगहरु संयुक्त रुपमा आ–आफ्नो उद्योग बन्द गरी विरोध सुरु गरेको जनाएका छन् ।आन्दोलनअन्तर्गत आइतबार उद्योगीहरुले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिएका छन् । बुटवल–भैरहवा औद्योगिक सिद्धार्थ राजमार्ग कोरिडोरमा

 

 

सञ्चालित १९ वटा उद्योगहरुको नेपाल विद्युत प्राधिकरण भैरहवा तथा नयाँमिल वितरण केन्द्रले जबरजस्ती न्यायसम्मत नरहेको ट्रकलाइनको छुट बिलिङ गरेकाले कानूनसम्मत नरहेको ‘छुट बील’ को विरुद्ध कानूनी बाटो अवलम्बन गरिएको उद्योगीको भनाइ छ ।उद्योग र विद्युत प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा हाल विचाराधिन रहेकै अवस्थामा तिर्नै नपर्ने रकम असुल गर्न उद्योगहरुको विद्युत लाइन काट्न सुरु गरिएको उद्योगीहरुको आरोप छ ।

 

धर्ना कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ट्रकलाइन र डेडिकेटेड लाइन प्रयोग नगरेका उद्योगलाई पनि महसुल बुझाउन पत्र पठाएकाले आन्दोलनमा उत्रिनुपरेको बताए । विद्युत प्राधिकरणले सप्रमाण विद्युत प्रयोग गरेको प्रमाण उपलब्ध गराए शुल्क तिर्न तयार भए पनि प्रयोग नगरिएको विद्युतको शुल्न तिर्न नसकिने बताए । उनले उद्योगीहरुको आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघको ऐक्यवद्धता रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्राधिकरणले उद्योगी व्यवसायीमाथि अत्याचार गरेको बताए । उनले विद्युत प्राधिकरणले उद्योगको मात्र नभइ थुप्रै श्रमिकको लाईन पनि काटेको बताए । उनले लाइन काट्नु भनेको श्रमिकको रोजगारीमा पनि लाइन काट्नु सरह हुने बताए । उनले प्रयोग नगरिएको कुराहरुमा पनि सेवा शुल्क लिन खोजको बताए ।

 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई किन धरासायी बनाउन खोजेको भन्दै प्रश्न गरे । उनले उद्योगीले पैसा तिर्न नखोजेको भन्ने भ्रम फैलाइएको र यस्ता कुरामा कुनै सत्यता नरहेको बताए ।

 

उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले भने, ‘जसले तिर्नुपर्ने हो, त्यसले तिर्ने र तिर्नु नपर्नेले तिर्दैन । तर, सबैलाई एउटा किसिमले व्यवहार गरेर लाईन काटिएको छ । ’ उनले लाईन काटिएका उद्योगको तत्काल लाइन जडान गर्न माग गरे । उनले समस्याको छिटो भन्दा छिटो समाधान गर्न आग्रह गरे ।

 

घराना फुड्स प्रा.लि.का सञ्चालक विकास गोयनकाले उद्योगहरु पूर्ण सञ्चालन हुन नसकेको अवस्थामा लाईन काटेर के गर्न खोजिएको भन्दै प्रश्न गरे । उनले अहिले आन्दोलनमा कर्मचारीहरु आएको र आगामी दिनमा श्रमिक पनि सडकमा आउन बाध्य हुने बताए । सरकार मौन बसेको उनले आरोप लगाए ।

 

आइतबार उद्योगीले अदालतको फैसला नआउञ्जेल लाइन जडान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ‘नेपाल विद्युत प्राधिकरण भैरहवाले हाम्रो २ उद्योगहरुके विद्युत लाइन २०८० मंसिर १३ मा काटेको कार्यबाट हामी  यस बुटवल भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरु स्तब्ध र त्रसित भएका छौं र यस कार्यको घोर भ्रत्सना गर्दछौं, ’ज्ञापनपत्रमा भनिएको छ ।

 

समस्या समाधान नभए तीनहजार बढी श्रमिकहरुको रोजगारीमा प्रत्यक्ष असर पर्ने, देशमा मालवस्तुको अभाव सिर्जना हुने, राजस्व संकलन प्रभावित हुने लगायत विषयमा विद्युत प्राधिकरण स्वयं नै जिम्मेवार हुने ज्ञापनपत्रमा उल्लेख छ ।

 

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले केही उद्योगहरुको लाइन काटिएको र लाइन जोड्न उद्योगबाट निवेदन आएको बताए । उनले कार्यालयमा आएका ज्ञानपनपत्रलाई तालुक कार्यालयमा पठाइएको र तालुक कार्यालयबाट आएको निर्णय उद्योगीलाई जानकारी गराइएको बताए

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौँ,  सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज...

लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

सिरहा,  पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९