
काठमाडौँ । लिभरपुलले आर्सनललाई पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको छ । योसँगै आर्सनल एफए कपबाट बाहिरिएको छ ।गएराती सम्पन्न तेस्रो चरणको खेलमा लिभरपुलसँग २-० गोल अन्तरले पराजित भएपछि आर्सनल यस बर्षको एफए कपबाट बाहिरिएको हो ।लिभरपुल भने यो जितपछि एफए कपको चौथो चरणमा पुगेको छ ।लिभरपुलको जितमा आर्सनलका जाकुब किवीओरले एक गोल आत्मघाती गोल गरेका थिए भने अर्को गोल लुइस डियाजले गरेका थिए ।