बजेट विनियोजन नहुँदा शहीद हिरालाल रंगशाला निर्माण ठप्प

 

बारा । नियमित रूपमा खेलकुद गतिविधि भइरहने शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुँदा निर्माण हुन सकेको छैन ।जिल्लामा सानादेखि ठूला प्रतियोगिता हुने मैदान निकै कम भएका कारण तत्कालिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले निजगढमा निर्माण हुने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्र्याकको निर्माणपछि निजगढमा खेल मैदान आवश्यक हुने भन्दै २०७२ सालमा शहीद हिरालाल रंगशालाको निर्माणको घोषणा गरेका थिए ।सोही अनुरुप निजगढ नगरपालिका ९ मा रहेको यस रंगशालाको निर्माण थालनी भएको थियो । जस अन्तर्गत चार किल्ला छुट्टाउने, तरबार गर्न, खेल मैदान बनाउने कार्य भएको थियो र यस रंगशालाको डिपिआर समेत तयार गरिएको थियो तर मन्त्री पौडेलले २०७२ मा मन्त्रालय छाडे पच्यात हाल सम्ममा आठ मन्त्री दुई राज्यमन्त्री र एक सहायकमन्त्री भईसकेका छन तर यस रंगशालामा युवा तथा खेलकुद मन्त्रालयबाट बजेट आउन सकेको छैन जस्का कारण निमार्ण कार्य रोकिएको छ ।ठूला प्रतियोगिता हुन सक्ने रंगशालाको अवस्था दिन प्रतिदिन बिग्रँदो अवस्थामा छ । रंगशालाको मर्मत सम्भार हुँदै गयो भने अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता यहाँ नियमित गर्न सकिन्छ । फुटबल विकासका लागि सम्बन्धित निकायले ध्यान नदिएकाले रंगशाला मैदान खेल्न अयोग्य हुँदै गएको छ । यहीँ मैदानमा खेल खेलेर अन्डर १९ को नेपाली फुटबल टोलीमा समाबेश भएको नेपाली टिमका फरवार्ड समीर तामाङले बताए ।सानादेखि ठूला प्रतियोगिता हुने मैदानमा दुबोसमेत उप्किएर खाल्डाखुल्डी बनेको छ । अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुने भनेर निमार्ण गर्ने भनिएको रंगशालाको अवस्था बिग्रिंदै गए पनि सम्बन्धित निकायको ध्यान भने पुग्न सकेको छैन । खेल पर्यटनको सम्भावना बढ्दै गएको मधेश प्रदेशकै केन्द्र मानिने भनिएको रंगशालाको अवस्था भने खस्कँदै गएको छ ।रंगशालाको बिजोग भएपछि स्थानिएहरुको पहलमा वृक्षरोपण देखी थोपा सिचाई गरी हरीत रंगशाला बनाउने प्रयास गरी रहेका छन । उनीहरुलाई स्थानीए उघोग संचालकहरुले समेत साथ दिदै आएको स्थानीए उघोग संचालक सुर्दशन दर्गालले बताए ।

रंगशालामा नियमित स्थानिए प्रतियोगिता र फुटबल लगायतको खेलको प्रशिक्षणका लागि मैदान प्रयोग हुँदै आएका छन् । नियमित प्रतियोगिता हुने फुटबल मैदान अहिले कुनै पनि ठूला प्रतियोगिता आयोजना हुने अवस्थामा छैन, रंगशालाको यो अवस्थाले खेलप्रेमीलाई समेत चिन्तित बनाएको छ ।स्थानीय, क्षेत्रीयस्तर र राष्ट्रिय प्रतियोगिताका निम्ती खेल मैदान अभाब भईरहेको बेलामा निजगढ उपयुक्त स्थान हो । काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्र्याकको निमार्ण पछि यो राजधानी संग एक घण्टाको दुरीमा सहजै पुग्न समेत सकिने यस रंगशालको निमार्णमा अहिलेसम्म राष्ट्रिय खेलुकद परिषद्ले कुनै रकम छुट्टाएको छैन ।बेलाबेलामा हामीले आन्तरिक र स्थानिए सरकारको सहयोगबाट नै रंगशालाको मर्मत सम्भार गर्दै आएका छौं तर रंगशालाका लागि भनेर राखेपले त अहिलेसम्म कुनै रकम पठाएको छैन । उनले मैदानको तारबार र लेबलिङको काम आन्तरिक स्रोत जुटाएर गरिएको शहीद हिरालाल रंगशालाका अध्यक्ष तथा पुर्व जनप्रतिनिधि जगत बहादुर न्यौपाने गोकुलले बताए ।सम्बन्धित निकायको बेवास्ताका कारण रंगशाला दिन प्रतिदिन बिग्रँदै गएको हो । अहिले मूल आवश्यकता भने रंगशालाको डिपिआर अनुसार निमार्ण गर्ने भए पनि त्यसतर्फ भने कुनै रकम छुट्याइएको छैन । अहिले रंगशालाको मैदानसँगै प्यारापिट निमार्ण नहुँदा मैदान दिन प्रतिदिन जीर्ण बन्दै गएको छ ।झन्डै ३५ बिगाहमा फैलिएको रंगशाला अहिले धुलाम्मे र दुबो केही नहुँदा नियमित परिक्षण गर्ने खेलाडीलाई समेत सकस बनिरहेको छ । खेलकुद विकासका निम्ति रंगशाला निमार्ण हुन सके यस क्षेत्रमा समेत पचुर संम्भावना भएका खेलाडी उत्पादन गर्न सकिने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९