बार्सिलोना स्पेनिस सुपर कोपाको फाइनलमा

काठमाडौँ। बार्सिलोना स्पेनिस सुपर कोपाको फाइनलमा पुगेको छ ।  गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए । अब फाइनलमा बार्सिलोनाको सामना रियल म्याड्रिडसँग हुने भएको छ ।  यस अघि रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई ५-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगिसकेको छ । अब सुपरकोपाको फाइनल एल क्लासिको हुने भएको हो ।  फाइनल खेल जनवरी १४ मा हुदै छ । स्पेनिस सुपर कोपा ला लिगाको विजेता र उपविजेता तथा कोपा डेल रेको विजेता र उपविजेता खेल्ने गर्दछन् । यस सिजनमा रियल म्याड्रिड कोपा विजेता र ला लिगाको उपविजेता भएकाले ला लिगाको तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले खेल्ने अवसर पाएको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१