सोनिया गान्धीलाइ पशुपतिनाथमा प्रवेश नदिएको घटना पुनः भारतमा चर्चा परिचर्चा

नयाँदिल्ली । भारतीय कांग्रेसले अयोध्यामा राम मन्दिरको उद्घाटनमा सहभागी हुन अस्वीकार गरे पछि उसबिरूद्द भारतीय हिन्दुहरूले निकै हमला गरिरहेका छन । कांग्रेस आइ अध्यक्ष मल्लिकार्जुन खर्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीलगायत पार्टीका सबै नेता रामलिलाको प्राण प्रतिष्ठा कार्यक्रम कार्यक्रममा सहभागी हुने छैनन्। उसको आरोप छ– भारतीय जनता पार्टी (भाजपा)ले राजनीतिक फाइदा लिन यो कार्यक्रम आयोजना गरेको हो । गत बुधबार कांग्रेसले आफ्नो अडान स्पष्ट गरेलगत्तै भाजपा आक्रमणको मोडमा आएको छ भने र कांग्रेसलाई हिन्दू विरोधी भएको आरोप लगाउन सुरु गरेको छ । भारतमा चलिरहेको यो धार्मिक द्धन्द्धको घटनासँगै सोनिया गान्धीलाई नेपालको पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएको बिषय पुनः उठान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

 

 

भारतीय सञ्चारमाध्यमका अनुसार यो सन् १९८८ को घटना हो, सोनिया गान्धीलाई नेपालको पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएपछि तत्कालीन प्रधानमन्त्री राजीव गान्धी र नेपालको सम्बन्ध चिसिन पुगेको थियो ।त्यतिबेला राजीव गान्धी प्रधानमन्त्री थिए र उनको नेपालका पूर्वराजा वीरेन्द्र वीरविक्रम सिंहसँग राम्रो सम्बन्ध थियो । राजीव गान्धी नेपाल भ्रमणमा थिए र सोनिया गान्धी पनि उनीसँगै गएकी थिइन् । गान्धी परिवार पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहन्थे तर सोनिया गान्धी क्रिश्चियन भएकाले उनलाई प्रवेश गर्न दिइएन । यसपछि राजीव गान्धीले नेपालमा नाकाबन्दी लगाए, जसलाई सोनिया गान्धीलाई पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएको बदलाको रूपमा हेरिएको थियो भनेर भारतीय सञ्चारमाध्यमले अहिले लेख्न थालेका छन ।

 

 

 

नोभेम्बर १९८७ मा सार्क शिखर सम्मेलनमा भाग लिए पछि राजीव गान्धीले सन् १९८८ मा पुनः नेपाल भ्रमण गरे । यस क्रममा सोनिया गान्धी पनि उनीसँगै गएकी थिइन् र राजीव गान्धीले उनलाई आफ्नो परिवारसँग पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहेका थिए । यसका लागि उनी राजा वीरेन्द्र विक्रम शाहसँग कुरा गर्न गए । वास्तवमा पशुपतिनाथ मन्दिरमा हिन्दू बाहेक अन्य धर्मका मानिसलाई प्रवेश निषेध छ ।राजा वीरेन्द्रले यस मामिलामा राजीव गान्धीलाई सहयोग गर्न सकेनन् र यस मामिलामा पुरोहितहरूलाई यस्तो आदेश दिन असमर्थता व्यक्त गरे। नेपालकी महारानी ऐश्वर्या शाहको पशुपतिनाथ मन्दिरको व्यवस्थापनमा धेरै प्रभाव थियो र उनले मन्दिरमा गैर हिन्दूको प्रवेश दिने बिषयमा आपत्ति थियो। यो घटनालाई राजीव गान्धीले अपमानको रुपमा लिएर मन्दिरमा गएर पूजा नगरी फर्किएको विश्वास गरिन्छ ।

 

 

यस घटनाको केही समयपछि सोनिया गान्धीलाई मन्दिर प्रवेश गर्न नदिएको बदलाको रूपमा हेरिदैँ नेपालमाथि नाकाबन्दी लगाइएको थियो । तर, नाकाबन्दी हुनुको यो मात्रै कारणा भने थिएन, अर्को एउटा कारण थियो– नेपालले चीनबाट एन्टी एयरक्राफ्ट गन र अन्य हतियार किनेको घटना ।त्यतिबेला नेपाल एक मात्र हिन्दू राष्ट्र थियो र पशुपतिनाथ मन्दिर हिन्दूहरूको पवित्र तीर्थस्थल थियो।सोनिया गान्धीले त्यही समयमा भारतीय नागरिकता लिएकी र उनी पुरीको जगन्नाथ मन्दिर जान चाहन्थे तर पुरीको शंकराचार्यले पनि उनलाई अनुमति दिएनन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९