सोनिया गान्धीलाइ पशुपतिनाथमा प्रवेश नदिएको घटना पुनः भारतमा चर्चा परिचर्चा

नयाँदिल्ली । भारतीय कांग्रेसले अयोध्यामा राम मन्दिरको उद्घाटनमा सहभागी हुन अस्वीकार गरे पछि उसबिरूद्द भारतीय हिन्दुहरूले निकै हमला गरिरहेका छन । कांग्रेस आइ अध्यक्ष मल्लिकार्जुन खर्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीलगायत पार्टीका सबै नेता रामलिलाको प्राण प्रतिष्ठा कार्यक्रम कार्यक्रममा सहभागी हुने छैनन्। उसको आरोप छ– भारतीय जनता पार्टी (भाजपा)ले राजनीतिक फाइदा लिन यो कार्यक्रम आयोजना गरेको हो । गत बुधबार कांग्रेसले आफ्नो अडान स्पष्ट गरेलगत्तै भाजपा आक्रमणको मोडमा आएको छ भने र कांग्रेसलाई हिन्दू विरोधी भएको आरोप लगाउन सुरु गरेको छ । भारतमा चलिरहेको यो धार्मिक द्धन्द्धको घटनासँगै सोनिया गान्धीलाई नेपालको पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएको बिषय पुनः उठान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

 

 

भारतीय सञ्चारमाध्यमका अनुसार यो सन् १९८८ को घटना हो, सोनिया गान्धीलाई नेपालको पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएपछि तत्कालीन प्रधानमन्त्री राजीव गान्धी र नेपालको सम्बन्ध चिसिन पुगेको थियो ।त्यतिबेला राजीव गान्धी प्रधानमन्त्री थिए र उनको नेपालका पूर्वराजा वीरेन्द्र वीरविक्रम सिंहसँग राम्रो सम्बन्ध थियो । राजीव गान्धी नेपाल भ्रमणमा थिए र सोनिया गान्धी पनि उनीसँगै गएकी थिइन् । गान्धी परिवार पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहन्थे तर सोनिया गान्धी क्रिश्चियन भएकाले उनलाई प्रवेश गर्न दिइएन । यसपछि राजीव गान्धीले नेपालमा नाकाबन्दी लगाए, जसलाई सोनिया गान्धीलाई पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएको बदलाको रूपमा हेरिएको थियो भनेर भारतीय सञ्चारमाध्यमले अहिले लेख्न थालेका छन ।

 

 

 

नोभेम्बर १९८७ मा सार्क शिखर सम्मेलनमा भाग लिए पछि राजीव गान्धीले सन् १९८८ मा पुनः नेपाल भ्रमण गरे । यस क्रममा सोनिया गान्धी पनि उनीसँगै गएकी थिइन् र राजीव गान्धीले उनलाई आफ्नो परिवारसँग पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहेका थिए । यसका लागि उनी राजा वीरेन्द्र विक्रम शाहसँग कुरा गर्न गए । वास्तवमा पशुपतिनाथ मन्दिरमा हिन्दू बाहेक अन्य धर्मका मानिसलाई प्रवेश निषेध छ ।राजा वीरेन्द्रले यस मामिलामा राजीव गान्धीलाई सहयोग गर्न सकेनन् र यस मामिलामा पुरोहितहरूलाई यस्तो आदेश दिन असमर्थता व्यक्त गरे। नेपालकी महारानी ऐश्वर्या शाहको पशुपतिनाथ मन्दिरको व्यवस्थापनमा धेरै प्रभाव थियो र उनले मन्दिरमा गैर हिन्दूको प्रवेश दिने बिषयमा आपत्ति थियो। यो घटनालाई राजीव गान्धीले अपमानको रुपमा लिएर मन्दिरमा गएर पूजा नगरी फर्किएको विश्वास गरिन्छ ।

 

 

यस घटनाको केही समयपछि सोनिया गान्धीलाई मन्दिर प्रवेश गर्न नदिएको बदलाको रूपमा हेरिदैँ नेपालमाथि नाकाबन्दी लगाइएको थियो । तर, नाकाबन्दी हुनुको यो मात्रै कारणा भने थिएन, अर्को एउटा कारण थियो– नेपालले चीनबाट एन्टी एयरक्राफ्ट गन र अन्य हतियार किनेको घटना ।त्यतिबेला नेपाल एक मात्र हिन्दू राष्ट्र थियो र पशुपतिनाथ मन्दिर हिन्दूहरूको पवित्र तीर्थस्थल थियो।सोनिया गान्धीले त्यही समयमा भारतीय नागरिकता लिएकी र उनी पुरीको जगन्नाथ मन्दिर जान चाहन्थे तर पुरीको शंकराचार्यले पनि उनलाई अनुमति दिएनन ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९