ताइवानको राष्ट्रपतिमा बिलियम लाइ बिजयी, चिनले भन्यो, ‘ताइवान चीनको ताइवान हो’

ताइपेइ । सत्ताधारी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का विलियम लाइ चिङ्ते ले ताइवानको राष्ट्रपति चुनाव जितेका छन्। ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भनी दाबी गर्ने चीनको चेतावनीको बाबजुद पनि चिङतेले राष्ट्रपति निर्वाचनमा जीत हासिल गरेका हुन । हालका उपराष्ट्रपति लाइ सन् २०१९ मा मात्र स्थापना भएको ताइवान पिपुल्स पार्टी (टीपीपी) का कन्जरभेटिभ कुओमिन्ताङ (केएमटी) का हउ यु इह र ताइपेईका पूर्व मेयर को वेन जेसँग तीनतर्फी प्रतिस्पर्धामा थिए।

 

केन्द्रीय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको आंशिक नतिजा अनुसार लाइले ४०.२ प्रतिशत मत ल्याउन सफल भएका छन । विपक्षी हाउले हार स्वीकार गर्दै लाइलाई जितको लागि बधाई दिए। उनले डीपीपी हटाउन नसकेकोमा केएमटी समर्थकहरूसँग माफी पनि मागे र अर्का प्रतिस्पर्धी कोले पनि हार स्विकार गरेका छन् । ‘म ताइवानी जनतालाई हाम्रो लोकतन्त्रमा नयाँ अध्याय लेखेकोमा धन्यवाद दिन चाहन्छु,’ लाइले विजयी भए पछि आफनोभाषणमा भने । उनले सो क्रममा आफ्ना दुई विरोधीहरूलाई आफनो बिजयी स्वीकार गरेकोमा धन्यवादसमेत दिए।

 

‘हामी अन्तर्राष्ट्रिय समुदायलाई लोकतन्त्र र अधिनायकवादको बीचमा, हामी लोकतन्त्रको पक्षमा उभिनेछौं भनेर भनिरहेका छौं।’ बिजयी भए पछि उनले सम्मान र समानतामा आधारित वार्ताको आफ्नो चाहना दोहोर्‍याउँदै चीनसँग स्वस्थ र व्यवस्थित आदान प्रदानमा फर्कने आशा व्यक्त गरेका छन् । उता, लाइ बिजयी भए पछि चीनले पहिलो प्रतिक्रिया दिएको छ । बेइजिङको ताइवान मामिला कार्यालयका प्रवक्ता चेन बिन्हुआले सरकारी समाचार एजेन्सी सिन्ह्वाले जारी गरेको विज्ञप्तिमा ‘ताइवान चीनको ताइवान हो’ भन्ने उल्लेख गरेका छन् । ‘डीपीपीले टापुको मुख्यधाराको जनमतको प्रतिनिधित्व गर्दैन,’ बेइजिङले शनिबारको मतदानमा लाइलाई विजयी घोषित गरेपछि भन्यो, ‘यो भोटले चीनको पुनः एकीकरणको अपरिहार्य प्रवृत्तिलाई बाधा पुर्‍याउने छैन।’

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९