काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले मोन्जामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले मोन्जालाई ५-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मिलानको जितमा हकान कलहानोग्लू र लाउतारो मार्टिनेजले २-२ गोल गरेका थिए भने मार्कस थुरामले एक गोल गरेका थिए ।
त्यसैगरी मोन्जाका लागि एक गोल माटेओ पेस्सिनाले गरेका थिए । यो जितपछि इन्टर मिलानले सिरी ए मा आफ्नो अग्रता बढाएको छ । इन्टर मिलानको २० खेलमा ५१ अंक रहेको छ । त्यस्तै मोन्जाको भने २० खेलमा २५ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।
























































































































































