रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि

काठमाडौँ। रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ । गएराती सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको हो ।रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए । उनले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै अर्को गोल रोड्रीगोले गरेका थिए ।

 

त्यस्तै बार्सिलोनाका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए । यस खेलको खेलको ७१औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएर मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । योसँगै रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि १३ पटक जितेको छ । सुपर कोपा सबैभन्दा बढी पटक जित्ने टिम भने बार्सिलोना रहेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको बार्सिलोनाले यो उपाधि १४ पटक जितेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१