दक्षिण प्रशान्त राष्ट्र नाउरुले तोडयो ताइवानसँगको सम्बन्ध, चीनलाइ दियो साथ

यारेन, नाउरू। दक्षिण प्रशान्त महासागरको राष्ट्र नाउरुले सोमबार ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ ।प्रशान्त महासागरको टापु राष्ट्र नाउरुले ताइवानबाट कूटनीतिक मान्यता फिर्ता लिएर चीनसँग सबन्ध जोडिएको बताएको छ। राष्ट्रपति डेभिड अडियाङले आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको राष्ट्रिय सम्बोधनमा उक्त निर्णयको घोषणा गरेका हुन्।एक मिडिया विज्ञप्तिका अनुसार नाउरु सरकारले अब ताइवानलाई ‘पृथक देश तर चीनको क्षेत्रको अभिन्न अंग’ भनेर मान्यता दिने बताएको छ। नाउरुले तुरुन्तै ताइवानसँग ‘कूटनीतिक सम्बन्ध तोड्नेछ’ र ‘ताइवानसँग कुनै पनि आधिकारिक सम्बन्ध वा आधिकारिक आदानप्रदान विकास गर्दैन।’

 

 

कूटनीतिक आधारमा ताइवानलाई आधिकारिक रूपमा मान्यता दिने केही देशहरूमध्ये नाउरु पनि एक थियो। नाउरुको जनसङ्ख्या करिब १२,५०० रहेको रहेको छ । र, यो सँगै ताइवानसँगको लामो समय देखिको सम्बन्धलाई फर्काउने सबैभन्दा नयाँ प्यासिफिक देश भएको छ। सन २०१९ मा सोलोमन टापुहरूले पनि त्यस्तै घोषणा गर्‍यो कि यो ताइवानबाट चीनमा कूटनीतिक मान्यता हस्तान्तरण गर्दैछ।ताइवानमा अमेरिक पक्षधर लाइ चेङ ते बिजयी भए पछि विश्वमा चीन र अमेरिका पक्षमा खुल्ने राष्ट्रहरू क्रमशः बिभाजित भइरहेको बेला नाउरको यो पछिल्लो घोषणा भएको हो ।

 

 

उता, अफ्रिकामा केवल इस्वाटिनीले आधिकारिक रूपमा ताइवानलाई मान्यता दिएको छ जबकि ल्याटिन अमेरिकामा, बेलीज, ग्वाटेमाला, हाइटी र पाराग्वे सहित सातवटा राज्यहरूसँग टापुसँग पूर्ण कूटनीतिक सम्बन्ध रहेको छ।चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ भने ताइवानले यो दाबीलाई अस्वीकार गर्दै आफूलाई छुट्टै राष्ट्रको रूपमा ठान्दै आएको छ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९