पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौँ । नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।मंगलबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।कोशी प्रदेशले दिएको १६७ रनको लक्ष्य पछाएको पुलिस क्लबले २३.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।पुलिसको जितमा अर्जुन साउदले अविजित ६२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ३८ रन बनाएका थिए । त्यस्तै दिलिप नाथले ३१, सुनिल धमलाले १६ तथा कुशल भुर्तेलले १२ रन बनाएका थिए ।यस अघि पहिला ब्याटिंग गरेको कोशी प्रदेशले सुजन थपलियाको १०५ रनको शतकीय पारीसँगै  ४८.२ ओभरमा अल आउट हुदै १६६ रन बनाएको थियो ।यो जितपछि पुलिस २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेसले भने लगातार तेस्रो हार बेहोरेको छ ।अब नेपाल पुलिस क्लबले अर्को खेल आगामी आइतबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले विहिबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१